म फलानो बोल्दैछु

You are currently viewing म फलानो बोल्दैछु

द मार्जिन नामको अनलाइन पोर्टलमा यो शृंखला बिहानीपख हरेक दिन प्रकाशित गर्ने उद्देश्यले राखिएको थियो, जसले पछि निरन्तरता पाउन सकेन, साप्तहिक जस्तो पनि हुन् पुग्यो । यस शृंखलाको पहिलो अंक ‘‘म अल्बर्ट आइन्स्टाइन बाेल्दै छु (कात्तिक १३, २०७८ शनिबार)‘ हो भने अन्तिम अंक ‘म अब्दुल कलाम बोल्दैछु (पुस १, २०७८ बिहिबार)‘ भन्ने हो । यस ३१ वटा अंकहरूको शृंखला मूलत: पूर्वी, पश्चिमी दार्शनिक, आध्यात्मिक, कवि, साहित्यकार र राजनीतिज्ञहरूको सरसर्ती परिचय सहित उनीहरूका महत्त्वपूर्ण भनाईलाइ संग्रहण गरिएको छ । तत्कालिन समयमा यस अंक एक जागिरदार ‘राजु झल्लु प्रसाद’ले तयार पारेको भएतापनि त्यसमा कहिँ न कहिँ महत्त्वपूर्ण भनाईहरू समेट्न खोजिएको छ, यो बालबालिकाका लागि महत्त्वपूर्ण हुन् सक्दछ । साथै, यस अंकबाट एक खालको विचार निर्माण पनि गर्न सकिएला कि ? किनभने यहाँ अटाएका व्यक्तिहरू ऐतिहासिक भएकाले उनीहरूका विचारहरूलाई एक ठाउँमा राखी अध्ययन अर्नु पनि महत्त्वपूर्ण नै हुन् सक्दछ ! – झल्लु ।

१. म अब्दुल कलाम बोल्दैछु

भारतका एघारौं राष्ट्रपति तथा वैज्ञानिक एपिजे अब्दुल कलामको जन्म सन् १९३१ अक्टोबर १५ मा तामिलनाडुको रामेश्वरममा भएको थियो ‘मिसाइलम्यान’को नामले पनि परिचित कलामको मृत्यु सन् २०१५ जुलाई २७ मा हृदयघातका कारण भएको थियो ।

उनी जीवनभर अविवाहित रहे । अब्दुल कलामको पिता जैनुलाब्दीन न त धेरै पढेलेखेका थिए, न त धेरै धनी नै थिए। उनी एक नाविक थिए र नियमका पक्क थिए । यिनको पिता मछुआराहरूलाई नाऊ भाडामा दिने गर्थे । अब्दुल कलाम सयुंक्त परिवारमा रहन्थे ।

अवुल पकीर जैनुलबीदीन अब्दुल कलाम लाई भारत सरकार द्वारा सन् १९८१ मा प्रशासकीय सेवाका क्षेत्रमा पद्म भूषणबाट सम्मानित गरिएको थियो। डाक्टर कलामलाई भारतका सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट १९९७ मा सम्मानित गरिएको छ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती- ‘म अब्दुल कलाम बोल्दैछु’;

१. यदि तपाईं सूर्यझैं चम्किन चाहनुहुन्छ भने तपाईं पनि सूर्यजस्तै जल्नुपर्ने हुन्छ ।

२. सफल भएका कथाहरु मात्र पढ्यौ भने, तिमीले सन्देश मात्र पाउँछौं । असफलताको कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नो जीवनको सिकाइको लागि महत्वपूर्ण पाठ थाहा पाउन सक्छौं ।

३. ती सपना होइनन्, जो तपाई निद्रामा देख्नुहुन्छ, सपना त ती हुन जसले निदाउन दिँदैन ।

४. सबै चराहरुले वर्षातमा छहारीको खोजी गर्छन् । तर गरुडले त्यसको पर्वाह गर्दैन । किनकी गरुड बादलभन्दा माथि उड्छ ।

५. सपना भनेको तिमी निदाएको बेला देखेको दृश्य होइन । तिमी पूर्ण रुपले जागा भएको बेला देखेको काल्पनिक शक्ति हो ।

६. कसैलाई हराउन एकदम सजिलो हुन्छ तर, कसैलाई जित्न त्यो भन्दा गाह्रो हुन्छ ।

७. महान मान्छेहरुका लागि धर्म मित्रताको मार्ग हो, तर ‘साना’ मान्छेहरु यसलाई लडाइँको साधन बनाउँदछन् ।

८. सबै प्रकारका समस्या निवारण गर्ने तथा सबै प्रकारका घाउहरु निको पार्ने चिकित्सकहरु समय, धैर्य र प्रकृति हुन् ।

९. तिमीले तिम्रो भविष्य परिवर्तन गर्न सक्दैनौ । तर, तिमीले आजको तिम्रो बानी सुधार्न सक्छौ । त्यही सुधारिएको बानीले नै तिम्रो भविष्य परिवर्तन गरिदिनेछ ।

१०. यदि देशलाई भ्रष्टाचारमुक्त र सुन्दर दिमागहरुको राष्ट्र बनाउने हो भने, मलाई लाग्छ समाजका तीनवटा सामाजिक सदस्यले यसका लागि परिवर्तन ल्याउन सक्दछन्, ती हुन् आमा, बुबा र शिक्षक ।

२. म पृथ्वीनारायण शाह​​​​​​​ बोल्दैछु

पृथ्वीनारायण शाहको जन्म सन् १७७९ मा भएको थियो भने मृत्यु सन् १८३१ मा भएको थियो । उनलाई राष्ट्र निर्माताकारुपमा लिने गरिन्छ । उनले स-साना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका थिए, जसलाई केही इतिहासहारहरू ‘गोर्खा राज्य’को विस्तारको रुपमा पनि लिने गर्दछन् ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- ‘म पृथ्वीनारायण शाह बोल्दैछु‘:_

१. खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।

२. अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु ।

३. मुलुकमा अन्याय हुन कहिल्यै नदिनु ।

४. सुरक्षा निकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।

५. जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।

६. सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।

७. नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।

८. काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।

९. सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।

१०. आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।

११. घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।

१२. यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।

१३. राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।

३. म ओशो बोल्दैछु

चन्द्र मोहन जैन (११ डिसेम्बर १९३१ – १९ जनवरी १९९०), आचार्य रजनीश नामबाट परिचित, सन् १९६० देखि १९८० को दशकसम्म भगवान श्री रजनीश र १९८९ देखि ओशोको नामले परिचित, एक भारतीय रहस्यवादी गुरु, आध्यात्मिक व्यक्तित्व तथा ओशो आन्दोलनका सुरुवातकर्ता थिए।

सन् १९६० को दशकमा उनले सार्वजनिक वक्ताको रूपमा पूरा भारतको यात्रा गरेका थिए। उनले राजनीतिज्ञहरू र राजनीतिक विचार, महात्मा गान्धी र संस्थागत धर्म बारेमा गरेको खरो आलोचनाले उनलाई विवादित बनाए जो आफ्नो विवादास्पद नयाँ धार्मिक (आध्यात्मिक) आन्दोलनको लागि चर्चित बनेका थिए। उनी भारत तथा संयुक्त राज्य अमेरिका पनि बसेका थिए। ओशोले प्रचलित धर्महरूको व्याख्या गर्दै प्रेम, ध्यान र खुसीहरूलाई जीवनका प्रमुख मूल्य मानेका थिए।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- ‘म ओशो बोल्दैछु‘:-

१. अज्ञानी बनिरहनु राम्रो हो । कम्तीमा अज्ञान त आफ्नो हुन्छ । यो प्रमाणिक हो, यही सत्य, वास्तविकता र इमान्दारी हो । धेरै सोझा, कम ज्ञानी र बच्चा जस्तै बन्नुहोस् । जीवनलाई रमाइलोको रुपमा लिनुहोस्, किनभने वास्तविकतामा यही जीवन हो ।

२.  कसैसँग कुनै प्रकारको प्रतिस्पर्धा आवश्यक छैन । तपाई स्वयम जस्तो हुनुहुन्छ, त्यो एकदम सही छ । स्वयमलाई स्विकार्नुहोस् ।

३.  मित्रता शुद्ध प्रेम हो । यो प्रेमको सर्वोच्च रुप हो, जहाँ केही अपेक्षा हुँदैन । कुनै सर्त हुँदैन । जहाँ केवल आनन्द हुन्छ ।

४.  यहाँ को हीपनि तपाईको सपना पुरा गरिदिनका लागि होइनन् । सबैलाई आफ्नो भाग्य वा कर्म बनाउनु छ ।

५.  जब प्रेम र घृणा दुवै हुँदैन, हरेक कुरा स्पष्ट र सफा देखिन्छ ।

६.  मूर्ख मान्छे अरुलाई हेरेर हाँस्छ, विद्वान आफैलाई हेरेर हाँस्छ ।

७.  त्यसरी नचल्नुहोस्, जसरी डरले तपाइलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्, जसरी प्रेमले तपाइलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्, जसरी खुसीले तपाइलाई चलाउँछ ।

८.  प्रशन्नता सद्भावको छायाँ हो, त्यो सद्भावको पछि लाग्छ । प्रशन्न रहनुको अर्को कुनै तरिका छैन ।

९.  जीवन कुनै दुखद घटना होइन, यो एक हास्य हो । जीवित रहनुको मतलब हास्यको बोध हुनु हो ।

१०.  अहंकार एक अज्ञान हो ।

११.  यदि तपाई प्रेममा हुनुहुन्छ भने, प्रेममै रहनुहोस् । किनभने तपाई एक महान जिन्दगी बाँचिरहनुभएको छ । प्रेमले नै जिन्दगीलाई महान बनाउने हो ।

१२.  प्रेम त्यसबेला सच्चा हुन्छ जब एकअर्काको व्यक्तिगत कुरामा दख्खल पुग्दैन । प्रेममा एकअर्काले सम्मान गर्नुपर्छ ।

१३.  दु:खमा ध्यान दिनुभयो भने सधै दुख रहन्छ । सुखमा ध्यान दिन सुरु गर्नुहोस् । खासमा तपाई जे कुरामा ध्यान दिनुहुन्छ, त्यही कुरा सक्रिय हुन्छ ।

१४.  जो रचनाशिल छन्, उनीहरु रच्छन् । जो रच्न सक्दैनन्, उनीहरु नष्ट गर्छन् ।

१५.  जीवनलाई प्रेम गरौं । र, अधिक खुसी रहन सिकौं । जब तिमी एकदमै प्रशन्न हुन्छौं, संभावनाहरु उत्तिनै बढी हुन्छ ।

१६.  मानिस कहिलेपनि इश्वरसामु पुग्न सक्दैनन् । तर, जब ऊ जीवनमा तयार हुन्छन्, तब भगवान स्वयम् उसको नजिक आउँछ ।

४. म मुन्शी प्रेमचन्द बोल्दैछु

धनपत राय श्रीवास्तव (साहित्यिक नाम: मुन्शी प्रेमचन्द) एक आधुनिक हिन्दुस्तानी साहित्यकार थिए। प्रेमचन्द भारतीय उपमहाद्वीपका सबैभन्दा प्रसिद्ध लेखकहरू मध्ये एक हुन्। उनी बीसौँ शताब्दीको सुरुवाती समयको अग्रणी हिन्दी लेखकहरू मध्ये एक हुन् भन्‍ने कुरा मानिन्छ।

उनले सुरुमा कलम नाम ‘नवाब राय’बाट लेख्‍न सुरु गरे र पछि मात्र ‘प्रेमचन्द’ नाम ग्रहण गरे, जहाँ ‘मुन्शी’ एक मानद उपसर्ग थियो। उनी हिन्दी भाषाको उपन्यास सम्राटको रूपमा पनि प्रख्यात छन्।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती- ‘म मुन्शी प्रेमचन्द बोल्दैछु“-

१.विद्धान हुँदैमा मानिसले आत्मिक गौरव प्राप्त गर्न सक्दैन । त्यसका लागि सदचरित्र हुनु परमावश्यक छ । चरित्रको अगाडि विद्वत्ताको मूल्य कम छ ।

२.बालकको चरित्र मातापिताको सदाचार, परिवारप्रतिको व्यवहार, घरको पवित्रताबाट निर्माण हुन्छ ।

३.चोर दण्डबाट मात्र बच्न चाहन्न, ऊ त अपमानबाट बच्न चाहन्छ । ऊ दण्डबाट त्यति डराउन्न, जति अपमानबाट डराउँछ ।

४.मानसम्मान त्यतिखेरसम्म छ, जतिखेरसम्म अरूको अगाडि सहयोगका लागि हात थापिन्न ।

५.कसैलाई पनि अर्काको श्रम पचाएर मोटाउने अधिकार छैन । कर्म गर्नु नै प्राणी मात्रको धर्म हो ।

६.विचार र व्यवहारमा सामञ्जस्य नहुनु नै धैर्यता हो, गद्दारी हो ।

७.आफ्नै घरमा जसले सुधार गर्न सक्दैन उसले अरूलाई सुधार्ने चेष्टा गर्नु ठुलो धूर्तता हो ।

८.सानो ठुलोको भेद केवल धनैबाट हुँदैन । मैले ठूलाठूला धनकुवेरलाई भिक्षुका सामुन्ने घुँडा टेकेको देखेको छु ।

९.कर्तव्यले कहिल्यै आगो र पानीको वास्ता गर्दैन, कर्तव्य पालन नै चित्त शान्तिको मूल मन्त्र हो ।

१०.भय जस्तै साहस पनि सङ्क्रामक हुन्छ ।

५. म लाओत्से बोल्दैछु

लाओत्से चिनियाँ दार्शनिक तथा लेखक हुन् । उनलाई ताओ दर्शनका पिता मानिन्छ । उनले पश्चिमी देशहरुको भ्रमणका क्रममा उनले चिनियाँ लिपिमा ताओ ते चिङ ग्रन्थ लेखेका थिए । यो ईसापूर्व तीन सय वर्ष पहिलेको बाँसको कप्टेरो र यलम्वरमा लेखिएको पूरानो लिपि हो । ताओले प्रकृति ब्रह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सुक्ष्म बोधको जीवन र समाज चलाउन सिकाउँछ । इतिहासअनुसार उनको जीवनी सम्बन्धमा अझै विवाद छ । कसैले काल्पनिक व्यक्ति मान्दछन् ।

‘ताओ’ शब्द चिनियाँ वर्णमालाबाट आएको हो, जसको अर्थ हुन्छ, मार्ग । समकालीन समयमा ताओवादी दर्शनले सुदूरपूर्वी देशहरू जस्तै चीन, मलेसिया, कोरिया, जापान, भियतनाम र सिंगापुरमा निकै शक्तिशाली प्रभाव रहेको देखिन्छ । लाओत्सेको ताओवादी दर्शनले पूर्वीय समाजमा भौतिकवादी चिन्तनको विकासमा गुणात्मक प्रभाव पारेको भेटिन्छ ।

ताओ ग्रन्थको ८१ श्लोकमध्ये ३५ श्लोकसम्म ताओपथको बारे र बाँकी प्रकृतिको स्वभावको बारेमा लेखिएको छ । लाओत्सेको दर्शनमा प्रक्रियाको द्वन्द्वात्मकता भेटिन्छ । ताओ दर्शनको मतानुसार – हामी सुख मात्रै चाहन्छौँ, दुःख कोही चाहँदैनौँ । हामी दिन मन पराउछौँ, रात मन पराउँदैनौँ । राम्रो चाहन्छौँ, नराम्रो चाहदैनौँ । लाओत्से भन्छन्, ‘‘यो असम्भव कुरा गर्दै नगर । यो जीवन र जगत तिमीले खोजेजस्तो छँदै छैन । तिमीले सुखमात्रै खोज्यौ भने त्यो मिल्नेवाला छैन । सुख थाहा पाउन पनि दुःख कस्तो हुन्छ त्यो थाहा पाउनुपर्छ । दुःख थाहा भयो भने मात्र सुखको अनुभूति गर्न सकिन्छ । सुख–दुःख, शुभ–अशुभ यी एउटै एउटै सिक्काका विपरित पाटा हुन् । यिनलाई अलग गर्नै सकिँदैन । शुभ एक छेउ हो भने अशुभ अर्को छेउ हो । यिनको सालनाल गाँसिएको हुन्छ । तिमीले दिन मात्रै खोजेर मिल्दैन, दिनसँग रात गाँसिएको हुन्छ । रात बेगरको दिन हुँदै हुँदैन ।’’

चराहरू आकासमा उड्छन् । त्यहाँ कुनै मार्ग छैन । तर, पनि आफ्नो गन्तव्यमा पुग्छन् । यानहरू बिना मार्ग अन्तरीक्षमा उड्छन् । त्यहाँ बाहिरबाट हेर्दा मार्ग छैन । तर, यथार्थमा मार्ग छ । हावामा पनि मार्ग छ, आकासमा पनि मार्ग छ । तर, देखिँदैन । त्यस्तै नदेखिने मार्ग हो– ताओ मार्ग । लाओत्सेको दृष्टि हो – जति गर्यौं, उति बिग्रिन्छ । नगरेर पनि हुन्न, गरेर पनि हुन्न, यो द्वन्द्वात्मक भौतिकवादसँग नजिक छ ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती- ‘म लाओत्से बोल्दैछु‘:-

१. जाे व्यक्ति अरूलाई जिल्छ ऊ बलियो बन्छ तर, जो आफूलाई जिल्छ ऊ शक्तिशाली ।

२. केही नजान्दा पनि मैले जानेको छु भनेर सोच्नु र देखाउनु रोग हो ।

३. मैले गरेको काम देखेर अरूले के भन्लान् भनेर सोच्छौ भने तिमी कैदी जीवन बाँचिरहेका छौ ।

४. अनावश्यक कुराहरू सोच्न छोड्यौं भने तिम्रा धेरै समस्याहरु आफैँ हराए जानेछन् ।

५. सुस्त गोरुभन्दा हिँडिरहेको एउटा कमिलाले धेरै काम गर्न सक्छ ।

६. जो व्यक्ति प्रेरित हुन्छ त्यो व्यक्ति मर्ने हिम्मत गर्नसक्छ भने जो उत्प्रेरित हुन्छ त्यो व्यक्ति बाँचे हिम्मत गर्छ ।

७. समय भनेको आफूले सिर्जना गर्ने कुरा हो । कसैले मसँग समय छैन भन्छ भने यसको अर्थ उसले समय निकाल्न चाहँदैन ।

६. म फ्लोरेन्स नाइटिङ्गेल बोल्दैछु

नर्सिङ व्यवस्थालाई सुधार्नकै लागि आफ्नो सारा जीवन लगाएकी हुनाले नै फ्लोरेन्स नाइटिङ्गेललाई आधुनिक नर्सिंग आन्दोलनको जन्मदाता मानिन्छ । उनको जन्म १२ मई १८२० मा इटली को एउटा सम्पन्न परिवारमा भएको थियो । उनको परिवारमा उनका मातापिता र एकजना बहिनी थिए ।

फ्लोरेन्सका मातापिताले उनलाई नर्स बनाउन चाहेका थिएनन् । तर उनी भने मानिसहरुको सेवाका लागि नर्स बन्न उचित ठान्थिन् । उनलाई ऐस आरामको जिन्दगीसँग खासै लगाव थिएन । 

फ्लोरेन्सकी हजुरआमा बिरामी पर्छिन् र त्यहि बेलामा फ्लोरेन्सले हजुरआमाको रातदिन सेवा गर्ने मौका पाउँछिन् । यो घटनापछि फ्लोरेन्सलाई थप हौसला प्राप्त हुन गई परिवारको विरुद्धमै गएर भएपनि नर्सिंगको पढाई गर्छिन् ।

फ्लोरेन्स नाइटिंगेलले आफ्नो योगदान क्रिमिया युद्धको समयमा दिएकी थिइन् । जब क्रिमिया युद्ध चलिरहेको थियो तब त्यो समय उनले घाइते सैनिकहरुको सेवाका लागि भनेर ३८ जना नर्सहरुको दलसहित तुर्कि गएकी थिइन् । जब चिकित्सकहरु जान्थे तब उनी मैनबत्ती बालेर भएपनि घाइते सैनिकहरुको सेवा गर्थिन् ।

ब्रिटिश सरकारको ‘लेडी विथ द ल्याम्प’ को उपाधी बाट र त्यसैगरी ‘रोयल रेड क्रस’ बाट पनि सम्मानित भएकी फ्लोरेन्स नाइटिंगेलको निधन भने १३ अगस्त १९१० मा भएको थियो ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- ‘म फ्लोरेन्स नाइटिङ्गेल बोल्दैछु’:-

१.मेरो सफलताको सबैभन्दा ठूलो रहस्य यो हो कि मैले कहिल्यै कुनैपनि किसिमको बहानाको सहारा लिइँन ।
२.मलाई पूरा विश्वास छ कि सबैभन्दा ठूलो नायक उही हुन्छ, जो घरेलु कामको साथै आफ्नो ड्यूटी गर्ने गर्छ ।
३.कसैलाई गोली लाग्दछ भने सर्जरीको काम भनेको उसको शरीरबाट त्यो गोली निकाल्ने मात्र हो । उसको घाउ त प्रकृतिले नै ठिक गर्दछ ।
४. मलाई मेरो जीवन धनदौलतका साथ गुजार्नु छैन । किनकी मेरो जीवन त मानिसहरुको भलाईको लागि हो ।
५. नर्सिङ एउटा कला हो यदि यसलाई कला बनाइन्छ भने । यसका लागि पाइन आर्टस् प्रति एकदमै उत्कृष्ट भक्तिको जरुरत हुन्छ ।
६.यदि मैले तपाईंलाई आफ्नो जीवनको जानकारी दिन्छु भने मैले यो देखाउनु पर्छ कि एउटा साधारण क्षमता भएकी स्त्रीले अचम्मको र गाह्रो बाटोको नेतृत्व गरेकी छे ।

७. म कबीरदास बोल्दैछु

बीर दासको जन्म सन् १३९८ भारतको वराणसीमा भएको थियो। । उनी पन्ध्रौँ शताब्दीको भारतीय रहस्यवादी कवि तथा सन्तका रूपमा प्रशिद्ध छन् । उनी जुलाहा थिए । कपडा बुन्ने काम उनको पुर्ख्यौली पेशा थियो । उनी हिन्दी साहित्यको भक्तिकालीन युगमा ज्ञानाश्रयी-निर्गुण शाखा काव्यधारको प्रवर्तक थिए।

कबीरको कवितामा सामाजिक र आध्यात्मिक चिन्तन पाइन्छ । वीजक,साखी, शब्द, रमैनी आदि उनका प्रमुख कृतिहरू हुन् । उनी सिद्ध, गोरखनाथ र रामनन्दबाट प्रभावित बताइन्छ । कबीरपन्थ नामक धार्मिक सम्प्रदाय उनका अनुयायी हुन् । दादु, नानक, पीपा, हजारी प्रसाद द्विवेदी आदि उनको विचारका अनुयायी मानिन्छन् । सन् १४९४ मा भारतको मगहरमा उनको देहावसान भएको थियो ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- ‘म कबीर दास बोल्दैछु’ :

१.चन्चल मनको कुनै स्थिर मत हुँदैन । यसको जुन अज्ञातपूर्ण खराब बानी हुन्छ, स्वअध्ययन–साधनाबाट त्यसलाई छुटाऔं ।

२. सर्पको दाँतमा विष हुन्छ, झिँगाको टाउकोमा र बिच्छुको पुच्चरमा । तर, दुर्जन व्यक्तिको पुरा शरीरमा विष हुन्छ ।

३. ज्ञानले मात्र के हुन्छ, जब उसको आचारणमा स्थिरता छैन भने । जसरी कागजको महल देख्नसाथ भत्कन्छ, त्यसरी नै आचरण नभएको मानिस शीघ्र पतित हुन्छ ।

४. जब तिम्रो जन्म भयो, तिमी रोयौं, जगत हाँस्यो । आफ्नो जीवनलाई यसरी जिउनु पर्छ कि, जब तिमी मर्छौं, दुनिया रुन्छ, तिमी हाँस्छौं ।

५.  कुनैपनि सज्जन वा साधको जात नसोध, उसको ज्ञान सम्झनुपर्छ । सधै तरवारको मूल्य हुन्छ, त्यसलाई ढाक्ने खोलको होइन ।

६. मन रंगिएको छैन, लुगा मात्र रंगायौं । आत्मभित्रको देवलाई छाडेर मन्दिरभित्रको ढुंगा पूज्न थाल्यौं ।

७. यस संसारमा आएर केवल यति सोंच कि  सबैको भलो होस् । यदि संसारमा कैसँग मित्रता छैन भने, दुश्मनी पनि किन ?

८. जसरी पानीको फोका हुन्छ, त्यसैगरी मनुष्यको शरीर क्षणभंगुर छ । जब बिहान हुन्छ, सबै तारा लुक्छ । त्यसैगरी शरीर पनि एकदिन नष्ट हुन्छ ।

९. जब म यस संसारमा खराब खोज्न निस्किएँ, तब खराब केही पाइन । जब मैले आफ्नै मनलाई झपारेर हेरें, तब म भन्दा खराब कोही पाइन ।

१०. ठूल–ठूला पुस्तकको ठेली पढेर यस संसारमा कति मान्छे मृत्युको ढोकामा पुगे, तर सबै विद्वान भएनन् । तर, कोही प्रेम वा प्यारको केवल अढाईं अक्षर राम्ररी पढ । अर्थात प्रेमको वास्तविक रुपले पहिचान गर, साचो ज्ञान त्यही हो ।

११. जे भोलि गर्नुछ, त्यसलाई आज गर । जुन कुरा आज गर्नुछ, त्यो पनि आज नै गर । कुनैपनि घडीमा तिम्रो जीवन समाप्त हुनेछ । त्यसबेला केही गर्नै पाउने छैनौं ।

१२. मनलाई स्थिर राख्दा नै सबैकुरा हुन्छ । यदि कुनै मालीले कुनै रुखलाई जतिसुकै गाग्राी पानिले सिंचित गरेपनि फल त ऋतु आएपछि नै लाग्ने हो ।

१३. कति व्यक्ति लामो समयसम्म मोतीको माला लिएर हातमा घुमाइरहन्छ, तर उनको मनको भाव बद्लिदैन । उसको मनमा जुन हलचल हुन्छ, त्यो शान्त हुँदैन । हातको यी माला घुमाउन छाड, मनलाई मोतीमा बदल्ने प्रयास गर । 

(कबीरदासको परिचय खण्ड जनक कार्कीले लेखेका हुन् ।)

८. म अनुराधा कोइराला बोल्दैछु

नुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । उनले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन् । खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा उनको संस्था कृयाशील छ । यिनले २०१० सिएनएन हिरो को उपाधि पनि पाएकी छिन् ।

मिति २०७४ माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश ३ को प्रमुखमा अनुराधा कोइरालालाई नियुक्त गरेको थियो । २०७६ कात्तिक ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनुराधा लगायत लगायत सातवटै प्रदेशका प्रदेश प्रमुखलाई मुक्त गरिन् ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- ‘म अनुराधा कोइराला बोल्दैछु‘:

कमजोर केटीहरूलाई कुनै पनि प्रकारका यौन दुर्व्यवहार र बलात्कारको शिकार हुन सक्छन्, बेचबिखन अर्थात जेपनि । यदि मैले बढि समर्थन प्राप्त गरे मैले सकेसम्म सहयोग गर्नेछु ।

तिनीहरू घाइते छैनन्, तर तिनीहरू त्रसित छन् ।

कल्पना गर्नुहोस् त के हुन्छ ? यदि तपाईको छोरी त्यहाँ उभिरहेकी छे तपाई के गर्नुहुन्छ, तपाई झगडा गर्नुहुन्छ ? तपाईले प्रत्येक बच्चालाई आफ्नो छोरीको रूपमा लिनुपर्नेछ अनि मात्र तपाईले तिनीहरूको दुःख महसुस गर्नुहुनेछ  । र तब तपाईले उनीहरूको सुरक्षाको लागि बाहिर ल्याउने बल गर्नुहुनेछ ।

म मानव तस्करी मुक्त समाज चाहान्छु । हामी वर्षा र तेजबतासबाट पीडित छौ। डर हामीबाट हटाइएको छैन यो धेरै गाह्रो छ ।

म सबैलाई बेचबिखन मुक्त समाज निर्माण गर्न मसँग सामेल हुन आग्रह गर्दछु । यो हामीले हाम्रा सबै छोरीहरूको लागि गर्नुपर्छ ।

बेचविखन चेलीहरूको लागि वास्तवमै ठुलो दु:ख हो, यो विपत्तिबाट म डराउँदिन किनकि मैले उनीहरूको उद्धार गर्नेछु ।

९. म  माओ त्से तुङ​​​​​​​ बोल्दैछु

माओ जेदोङ वा माओ त्से तुङ एक चिनियाँ क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता थिए जसको नेतृत्वमा चीनको क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए । मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ।आफ्ना सबै काममा आदेशहरुको पालन गर ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रसुती- ‘म  माओ त्से तुङ बोल्दैछु’:

 १.जनताबाट एउटा सियो र धागोको टुक्रासम्म पनि नलेऊ ।

२. कब्जा गरेको प्रत्येक कुरा संगठनलाई बुझाऊ ।

३.नम्र भएर बोल ।

४.आफूले किनेका मालको सुपथ मोल तिर ।

५.आफूले पैचो लिएको प्रत्येक कुरा फर्काऊ ।

६.आफूले बिगारेको जुनसुकै कुराको पनि मोल तिर ।

७.जनतालाई कुटपिट र हप्काउने नगर ।

८.बोली नबिगार स्वास्त्रीमानिसहरुसँग छाडा व्यवहार नगर ।

९.बन्दीहरूसित नराम्रो व्यवहार नगर ।

१०.अन्तरविरोधहरुको विकासले ने समाज अघि बढ्छ ।

११.कुचो नपुगेको ठाउँमा कसिंगर रहन्छ । जहाँ कुची पुग्दैन, त्यहाँको कसिंगर आफै बिलाउँदैन ।

१०. म जोन डेवे बोल्दैछु

जोन डेवे (१८५९-१९५२) एक अमेरिकी दार्शनिक, मनोवैज्ञानिक, र पेडेगोग २० औं शताब्दीको उत्तरार्धमा आफ्नो देशको सबैभन्दा प्रासंगिक दार्शनिक मानिन्छ । उनी व्यावहारिक दर्शनको संस्थापक थिए साथै आफ्नो देशको प्रगतिशील शिक्षाको सबैभन्दा प्रतिनिधिमूलक व्यक्तित्व मध्ये एक थिए ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- ‘म जोन डिवे बोल्दैछु’:

१.शिक्षा जिन्दगीको तयारी होइन, शिक्षा आफूमा नै जिन्दगी हो । 

२.हामी अनुभवबाट सिक्दैनौं, हामी अनुभवको प्रतिबिम्बबाट सिक्छौ ।

३.असफलता शिक्षणमूलक छ, जसले सफलताभन्दा असफलताबाट धेरै पाठ सिक्छ । 

४.विद्यार्थीलाई केही गर्न देउ, केही सिक्न होइन र गर्न त्यो देउ जुन प्रकृतिलाई सोच्न बाध्य तुल्याउँछ, प्राकृतिक ढंगले सिक्दा प्रेरणा दिन्छ ।

५.एउटा समस्यालाई राम्रोसँग बुझ्नु आधा समाधान हो

६.हामी समस्यालाई जब सामना गछौँ, तब मात्र सोच्छौँ ।

७.सबैकुराको तयारी आफैँमा पहिल्यैबाट हुँदैन तर व्यवहारले निरन्तर सिकाइरहेको हुन्छ ।

८.सिमाना बाहिरको कल्पनाले नै विज्ञानमा सबै ठुला अग्रिम खोज खोजिएका छन् ।

९.भोकाउनु हुदैन, तर भोक लाग्नेछ ।

११. म नेपोलियन बोर्नापार्ट बोल्दैछु

नेपोलियन बोनापार्ट (जन्म: नेपोलिओनी दी बुओनापार्ते, अगस्ट १५, १७६९ – मे ५, १८२१) एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्सको सम्राट भए । क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिए। सन् १८१५ को पराजयपूर्व उनले प्राय सबै लडाइँहरू जितेर युरोप महादेशका लगभग पूरै भूभाग आफ्नो कब्जामा राखे। उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरू विश्वभरका सैन्य विद्यालयहरूमा अध्ययन गरिए। उनी युरोपको इतिहासमा लगातार रूपमा सबभन्दा मानिएका तथा विवादमा आएका नेता रहेका छन्।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- ‘म नेपोलियन बोर्नापार्ट बोल्दैछु

१. तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई एउटा असल राष्ट्र दिनेछु ।
२. संसारले दुःख भोग्नुको कारण खराब व्यक्तिको आतंक नभइ असल मान्छेको मौनता हो ।
३. असम्भव भन्ने शब्द मूर्खहरूको शब्दकोशमा मात्र भेटिन्छ ।
४. अवसरविना क्षमता केही होइन ।
५. एउटा साँचो मानवले कसैलाई पनि घृणा गर्दैन ।
६. कल्पनाले नै संसारमाथी शासन गर्दछ ।
७. कुनै पनि कार्य सुसम्पन्न होस् भन्ने चाहन्छौ भने त्यो कार्य तिमी स्वयंले गर ।
८. गरिब नै रहने पक्का उपाय हो, इमान्दार हुनु ।
९. एकजनाले गर्न सक्ने सबै गर्नु मानव बन्नु हो भने एकजनाले इच्छ्याएको जति गर्नु इश्वर बन्नु हो ।
१०. त्यहाँ जम्मा दुइ शक्ति छन् जसले मानवलाई अघि धकेल्दछ, भय र इच्छा ।

१२. म प्लेटो बोल्दैछु

प्लेटो विश्व चर्चित दार्शनिक हुन् । उनी सुकरातका शिष्य र अरस्तुका गुरु हुन् । तर, यी दुईको साथ लिएर प्लेटोले पश्चिमी सभ्यताको बौद्धिक परम्पराको रचना र सुरुवात गरे । प्लेटोको जन्म ईसापूर्व ४२८ मा एथेन्स (युनान) मा भएको हो । यिनको वास्तविक नाम एरिस्टो क्लिज थियो । सुकरातले यिनको नाउँ प्लेटो राखि दिएका हुन् । प्लेटोलाई संसार भर प्लेटोको नामबाटै चिनिन्छ ।

प्लेटोले आदर्श राज्यको कल्पना गरेका थिए । उनको आदर्श राज्यमा व्यक्तित्वको तत्व र समाजको वर्गलाई तीन तहमा बाँडेका छन् । (१) विवेक वा ज्ञान जसलाई स्वर्ण तत्व भनेर भनिन्छ । यसले समाजमा ज्ञानीहरूको शासक वर्गको अर्थात् संरक्षक वर्गको प्रतिनिधित्व गर्दछ । (२) साहस या सौर्य तत्व (रजत तत्व) जसले समाजमा वीर सैनिक वर्गको अर्थात् सहसंरक्षक वर्गको प्रतिनिधित्व गर्दछ । (३) लोभी वा लालची वर्ग (तमगुण तत्व) को प्रतिनिधि गर्छ । दशौं विषयमा व्याख्या गरेका प्लेटोका विभिन्न विषय क्षेत्र अनुसार उनले बोलेका कुरा प्रेरक छन् कतिपय विषय आफ्नो दैनिकी जिवनसँग सम्बन्धित छन् ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती- ‘म प्लेटो बोल्दैछु’

१. आफैमाथि विजय पाउनु नै सही विजय हो । अन्यथा विजयको कुनै अर्थ छैन । संसारै विजय गरे पनि अधुरो र अपूरो नै भइन्छ ।

२. विद्वान् र मूर्खमा यही फरक छ । विद्वान्हरू कसैलाई केही दिनका लागि बोल्छन् । उनीहरूका प्रत्येक बोलीले केही न केही दिरहेका हुन्छन् तर मूर्खहरू केबल बोल्नका लागि मात्र बोल्छन् ।

३.बिना प्रेम कसैसँग पनि मित्रता हुँदैन, हुनै सक्दैन । कसैले गरेको छ भने वा गरेको छु भन्छ भने मात्र त्यहाँ अभिनय भइरहेको हुन्छ ।

४. मानिसको व्यवहार तीन कुराले निर्धारण गरेको हुन्छ, जसमा चाहना, भावना र जानकारी पर्छन् ।

५. सोच्नुको अर्थ आत्माले आफैँसित वार्तालाप गर्नु हो । जति बढी आत्माको आफैँसगको वार्ता घनीभूत हुन्छ त्यति नै महत्वपूर्ण कुरा निसृत हुन्छ ।

६. राम्रो व्यवहार नै जीवनको मूलभूत शर्त हो । यसले सर्वप्रथम आफैँलाई शक्तिवान् बनाउँछ । दोस्रो कुरा अरुलाई पनि त्यस्तै गर्न सिकाउँछ । अन्यथा जीवन रुखो, फोस्रो र बेकार हुन पुग्छ ।

७. कुनै पनि राम्रो निर्णय उसको जानकारीमा निर्भर गर्छ, आँकडा र सङ्ख्यामा होइन । जसले जति जानेको छ निर्णय त्यस्तै हुने हो । यहाँ आँकडा र सङ्ख्याको कुनै अर्थ छैन ।

८. भौतिक सम्पत्ति मात्र सम्पत्ति होइन । कम चीजका साथ जिउनु वा जिउन सक्नु नै सबैभन्दा ठूलो सम्पत्ति हो ।

९. अघि बढ्ने मानिसमा पछि हट्ने कला पनि हुनुपर्छ । प्रकृतिले यी दुई शक्ति यसैका लागि दिएको हो, जो उसैको साथमा हुन्छ ।

१०. शरीरको चिन्ता गर्नु राम्रो हो, गर्नुपर्छ तर हरेक समय यसैको चिन्ता गर्नु भने राम्रो होइन । किनकि जीवनको सबैभन्दा बढी रोकावट भनेकै यही हो । यहीँबाट रोकावटको अध्याय सुरू हुन्छ ।

१३. म विन्स्टन चर्चिल बोल्दैछु

विन्सटन चर्चिल बेलायतका प्रसिद्ध कूटनीतिज्ञ तथा प्रखर वक्ता थिए। यिनी दोस्रो विश्वयुद्ध ताका बेलायतका प्रधानमन्त्री थिए। प्रधानमन्त्रीको रूपमा, चर्चिलले द्वितीय विश्व युद्धमा बेलायतलाई सफलता दिलाए । प्रतिनिधि सदस्य (सांसद) को रूपमा आफ्नो क्यारियरको समयमा चर्चिलले पाँच निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरेका थिए।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुतु- ‘म विन्स्टन चर्चिल बोल्दैछु’:

१. निराशावादी हरेक अवसरमा समस्या देख्दछ भने आशावादी हरेक समस्यामा अवसर देख्दछ ।
२. सफलताका तीन सूत्रहरू छन्- एक, कहिल्यै हरेस नखाउ। दुई, कहिल्यै हरेस नखाउ र तीन कहिल्यै हरेस नखाउ ।
३. यदि हामीले विगत र वर्तमान बिचको विवादलाई हेरिरह्यौ भने आफ्नो भविष्य गुमाएको पाउनेछौँ ।
४. हावाको चाप जती बढी हुन्छ उतीनै चंगा माथी उड्न सक्छ ।
५. हामी अव्यक्त शब्दका मालिक हौं तर ति शब्दहरूको नोकर पनि हौँ, जुन हाम्रो जिब्रोबाट चिप्लिएका थिए ।
६. राजनीति कुनै खेल होइन, यो त कमाइ हुने व्यापार हो ।
७. इतिहास सधैँ विजेताहरूबाट लेखिएको हुन्छ ।
८. एक्लो रूख यदि पूर्णरूपमा उम्रन्छ भने बलियो भएर उम्रन्छ ।
९, युद्वमा तिमी एकपटक मात्र मर्न सक्छौ तर राजनीतिमा, पटकौपटक ।
१०. छोटा शब्दहरू राम्रा हुन्छन र पुराना शब्दहरू सबैभन्दा राम्रा ।

१४. म शुकरात बोल्दै छु

शुकरात प्राचीन दर्शन शास्त्रका एक विद्वान हुन् । इसापूर्व ४७०मा जन्मिएका उने आफ्नो जीवनको ७१ वर्षे उमेरमा पश्चिमा दर्शनशास्त्रलाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले । एथेन्सको धेरै गरिब घरमा जन्मिएका उनी दार्शनिक उपदेश दिन थालेपछि युवालाई बिगार्ने र देवनिन्दा र नास्तिक भएको झूटो दोष लगाएर विष दिएर मारिएको थियो ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति- ‘म सुकरात बोल्दैछु‘:

१.मान्छेले गर्न सक्ने केही कामहरू हुन्छन् । जुन कसैको सहयोग विना नै पनि गर्न सक्छन् ।

२.म कसैलाई केही पनि सिकाउन सक्दिन । म केवल उनीहरूलाई सोच्नेसम्म बनाउन सक्छु।

३.अपमान गर्नेहरूले मलाई कहिलै चोट पुर्‍याउँदैनन् किनभने तिनीहरूले मलाई कहिलै पनि पिट्दैनन् ।

४.जोसँग आफूसित भएको कुरामा सन्तुष्ट छैन, ऊ आफूसित भए हुन्थ्यो भनेर सोचेको कुराबाट पनि सन्तुष्ट हुन सक्दैन ।

५.जहाँ श्रद्धा हुन्छ त्यहाँ डर हुन्छ, तर कतिपय ठाउँमा श्रद्धा नहुँदा पनि डर निम्तिन्छ । किनकि डरको दायरा श्रद्धाभन्दा फराकिलो हुन्छ।

६.मेरो बारेमा एउटा कुरा मलाई मात्र थाहा छ, त्यो हो मलाई केही पनि थाहा छैन। अरूले त मलाई सबै आउँछ भन्ने सोच्छन् ।

७.विवाह वा व्रह्मचर्य, मानिस चाहे जुन बाटो चुनोस् अन्तिममा पछुतो नै हुन्छ ।

८.म राजनीतिज्ञ बन्नुपूर्व एकदमै इमान्दार मानिस थिएँ ।

९.सबैभन्दा न्यानो प्रेमको सबैभन्दा चिसो अन्त हुन्छ।

१०.सबै विवाहमा आधारित हुन्छ । यदि तपाईंले असल श्रीमती पाउनुभयो भने तपाईं सुखद् दाम्पत्य जीवन जिउनुहुनेछ र यदि खराब मान्छे पाउनुभयो भने तपाईं दार्शनिक बन्नुहुनेछ।

११.न्यायभन्दा पहिले कुनै चीजलाई प्राथमिकता दिइनु हुँदैन।

१२.म एथेन्सियाली वा ग्रीक होइन, संसारको एक नागरिक हुँ।

१३.आलस्यमा जीवन जिउनुभन्दा आत्महत्या गर्नु ठीक हो ।

१५. म फ्रान्सिस बेकन बोल्दैछु

फ्रान्सिस बेकन (२२ जनवरि १५६१ – ९ अप्रिल १६२६) अङग्रेजी दार्शनिक,लेखक,बैज्ञानिक,वकील,न्यायधिस तथा राजनितिज्ञ थिए। प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति, ‘म फ्रान्सिस बेकन बोल्दैछु’:

१. आशा एक राम्रो ब्रेकफास्ट हो तर खराब रात्रिभोज ।
२. ज्ञान नै शक्ति हो ।
३. यात्रा, युवावस्थामा, शिक्षाको एक भाग हो भने वयस्क अवस्थामा अनुभवको एक भाग ।
४. एक विद्वान व्यक्तिले आफूले भेट्टाएको भन्दा बढी अवसरहरू सृजना गर्दछ ।
५. श्रीमतीहरू युवा अवस्थाका प्रेयशी, वयस्क अवस्थाका सहयात्री र वृद्ध अवस्थाका नर्स हुन् ।
६. केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, केही पुस्तकहरू निल्नका लागि र थोरै मात्र पुस्तकहरू चपाउन र पचाउनका लागि हुन्छन् ।
७. कहिलेकाहीँ खराब व्यक्तिले असल सुझाव दिन सक्दछ ।
८. हामीले प्रकृतिलाई अनुसरण गर्न बाहेक निर्देशित गर्न सक्दैनौ ।
९. क्षणहरूमा उब्जेका विचारहरू लेखी राख, तिनीहरू जुन अकस्मात् आएका हुन्छन्, महत्त्वपूर्ण हुन्छन् ।
१०. न्यायको क्षेत्र एउटा खोक्रो ठाउँ हो ।

१६. म अरस्तु बोल्दैछु

युनानी दार्शनिक अरस्तु प्लेटोका शिष्य र सिकन्दर महान्का गुरु थिए । उनका दर्शनले मध्ययुगीन शिक्षालाई व्यापक प्रभावित गरेको छ । यसबाट मध्ययुगमा ईश्लाम र यहुदी विचार बढी प्रभावित थिए भने क्रिश्चियन खासगरी रोमन क्याथोलिक मत आज पनि  उत्तिकै प्रभावित हुँदै आएको छ ।

प्रस्तुत छ,  महान वाणीहरूको बुँदागत प्रस्तुती- ‘म अरस्तु बोल्दैछु’: 

१. हामी त्यहीँ बन्छौँ जुन कुरा लगातार गर्दै रहन्छौँ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
२. आशा जागा अवस्थाको सपना हो ।
३. सबैको लागि साथी कसैको पनि साथी होइन ।
४. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधैँ मिठो हुन्छ ।
५. हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।
६. म त्यसलाई बहादुर मान्छु, जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रुलाई जित्दछ ।
७. साहस विना यस संसारमा तिमीले केही पनि गर्न सक्नेछैनौ । साहस नै सफलताको कसी हो ।
८. केही पागलपनको मिश्रण बिना कोही पनि महान विद्वान बन्न सक्दैन ।
९. असल सुरुवात आधा काम सम्पन्न गर्नु हो ।
१०. हामी शान्तिसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ ।

१७. ‘म सत्य साई बोल्दैछु

सत्य साई (सन् १९२६–२०११) धेरै अनुयायीहरू भएका एक धर्मगुरु हुन । यी धर्मगुरु बास्तबिक नाम सत्यनारायण राजु हो । उनी आफूलाई शिरडि साइको अवतार मान्छन् ।

पुट्टपर्तिको मजदुरी गरेर घर चलाउने एउटा गरीब परिवारमा सन् १९२६ नोभेम्बर २३ मा उनका जन्म भएको थियो। परिवारका कान्छा छोरा कान्छा थिए उनी । विद्यालयका कालमै उनका परिर्वतन भएर १४ वर्षमा उनले शिर्डी साई बाबाका नयाँ अवतार भएको भनि सनसनी मच्याएका थिए ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती ‘म सत्य साई बोल्दैछु’:

१. सेवा प्रेमको अर्को रूप हो ।

२. माननव सेवा नै कुनै भगवानको सेवा हो ।

३. भगवान आफैभित्र हुन्छ ।

४. कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।

५. आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड ।

६. अरूबाट प्रतिष्ठा र आदर पाउने इच्छा नराख ।

७. ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।

८. बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुदैन ।

९. बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ ।

१०. सधै अरूको विचार र दृष्टिकोणलाई आदर गर ।

१८. म महात्मा गान्धी बोल्दैछु

मोहनदास करमचन्द गान्धी (जन्म: २ अक्टोबर १८६९ – ३० जनवरी १९४८) भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता थिए। उनी विश्वका महापुरूषहरू मध्ये गनिन्छन्।

बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको थियो। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई संयुक्त राष्ट्रसङ्घले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ। उनी सत्याग्रहका अग्रणी नेता थिए जसको अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ। उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन्, जुन नाम उनलाई विश्वकवि साहित्यकार रवीन्द्रनाथ ठाकुरले दिएका थिए। जसको संस्कृत भाषामा महात्मा अथवा ‘महान आत्मा’ एक सम्मान सूचक शब्द हो। उनलाई सरकारी रूपमा भारतको राष्ट्रपिताको सम्मान दिइएको छ र २ अक्टोबरको दिन अथवा उनको जन्म दिनमा भारतमा बिदा दिइन्छ। यो दिन गान्धी जयन्तीको रूपमा मनाइन्छ र संसारभरी यस दिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइन्छ।

गान्धीले बेलायत सरकारद्वारा भारतीयहरू माथि लगाइएको नुन करको विरोधमा सन् १९३० मा नुन सत्याग्रह र त्यसपछि सन् १९४२ मा भारत छोड आन्दोलन सुरुवात गरेर भारतीयहरूको नेतृत्व गरी लोकप्रियता प्राप्त गरेका थिए। उनले दक्षिण अफ्रिका र भारतमा विभिन्न समयमा कयौँ वर्षसम्म कारागारमा बस्नुपरेको थियो। गान्धीले सबै परिस्थितिहरूमा अहिंसा र सत्यको पालन गरे र सबैलाई यसको पालन गर्नको लागि उत्साहित पनि गरेका थिए। उनले साबरमती आश्रमको आत्म-निर्भरता आवासीय समुदायमा आफ्नो जीवनको धेरै समय व्यतित गर्दै परम्परागत भारतीय धोती र सूतबाट बनेको गम्छा लगाए जसलाई उनी स्वयंले चर्खामा सूत काटेर हातैले बनाएका थिए। सन् १९४८ जनवरी ३० मा गान्धीको गोली हानी हत्या गरिएको थियो ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती ‘म महात्मा गान्धी बोल्दैछु’:

१. जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुँदैन ।
२. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।
३. पुस्तक र मोतीमा यत्ति फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।
४. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो ।
५. पहिला तिनीहरूले बेवास्ता गर्नेछन्, त्यसपछि तिमी उपर हाँस्नेछन्, त्यसपछि लड्नेछन्, र अन्त्यमा तिमीले जित्नेछौ ।
६. तिमीले संसारलाई जस्तो प्रवर्तित रूपमा देख्न चाहन्छौ पहिला तिमी स्वयं परिवर्तन हुनुपर्नेछ ।
७. यसरी बाँच कि तिमी भोलि नै मर्दैछौ । तर यसरी सिक कि तिमी सधैँभरि बाँच्दैछौ ।
८. मानिस आफ्नै सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे ऊ सोच्दछ ।
९. यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य हो ।
१०. मेरो अनुमति विना कसैले पनि मलाई पीडा दिन सक्दैन ।

१९. म विश्वेश्वर प्रसाद कोइराला बोल्दैछु

विश्वेश्वर प्रसाद कोइराला (इ.सं.१९१४ – २१ जुलाई १९८२) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार थिए । उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे । उनका नरेन्द्र दाई,तीन घुम्ती,बाबु आमार छोरा,हिटलर र यहुदी, मोदी आइन,सुम्निमा, दोषी चस्मा जस्ता धेरै पुस्तकहरु प्रख्यात छन् ।

https://www.facebook.com/v3.2/plugins/page.php?app_id=2167983046752330&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df7a2a941af364bce3%26domain%3Dthemargin.com.np%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fthemargin.com.np%252Ff8557ff232db319e0%26relation%3Dparent.parent&container_width=0&height=80&hide_cover=true&href=https%3A%2F%2Fwww.facebook.com%2Fthemarginofficial&locale=en_US&sdk=joey&show_facepile=false&small_header=true&width=200

सन् १९४७ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्‍यो । इ.सं. १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे। अक्टोबर १९५१ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने। इ.सं. १९५९ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेसले विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरे । उनको सरकार १८ महिना मात्र सरकारमा रह्यो ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती, ‘ विश्वेश्वर प्रसाद कोइराला बोल्दैछु’:

१. समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यक्ता पर्दछ ।

२. कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले केहि अर्थ राख्दैन, यथार्थमा संस्कृति भनेको मानवको व्यवहार हो ।

३. म युनिभर्सल कल्चर (विश्व संस्कृति) मा विश्वास गर्दछु ।

४. साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ ।

५. साहित्य सभ्यताको प्रतिक हो ।

६. संगीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम दर्शन नै साहित्य हो ।

७. धर्मको विरुद्धमा म पटक्कै छैन, छँदै छैन, तर सबैलाई थाहा छ म धर्मको अभ्यास गर्दिन ।

८. तानशाही व्यवस्थालाई प्रजातान्त्रीक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्ने प्रयत्न गर्नु हो ।

९. म कुनै आर्थिक विशेषज्ञ होइन,तर जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ त्यो विकास विकास नै होइन ।

१०. देश भन्नुहोस् वा राष्ट्र,त्यो भूगोल होइन,त्यो यथार्थमा जनता हो ।

११. समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन ।

१२. हामीले आफ्ना विरोधीहरुलाई सिद्धान्तको आधारमा जित्नुपर्छ ।

१३. हाम्रो विरोध कटुताहिन र सैद्धान्तिक हुनुपर्छ,तर व्यक्तिगत हुनुहुँदैन ।

१४. हामीले आफ्नो सिद्धान्त त्यागेर कोहिसँग पनि सम्झौता गर्नुहुँदैन ।

१५. प्रजातन्त्र नभए देश रहँदैन,राजा रहँदैनन्, हामीहरुको त कुरै भएन ।

१६. मलाई विश्वास छ नेपालमा फेरी प्रजातन्त्र आउँनेछ ।

१७. प्रजातन्त्र बिना देश रहँदैन ।

१८. राष्ट्रियता माटो होइन,जनताको सामूहिक भावना र विचार हो ।

१९. राष्ट्रियता र प्रजातन्त्र अविभाज्य छन् ।

२०. जीवन नै एक सुनिश्चित जोखिम हो ।

२१. मेरो राजनीतिक जीवन खुलेको पाना हो ।

२०. म रवीन्द्रनाथ टैगोर बोल्दैछु

रवीन्द्रनाथ टैगोरको जन्म मे ७ मा १८६१ मा देवेन्द्रनाथ टैगोर र शारदा देवीको सन्तानको रूपमा कोलकताको जोडासाको ठाकुरबारीमा भएको थियो। उनलाई गुरुदेव भनेर पनि चिनिन्छ।

https://www.facebook.com/v3.2/plugins/page.php?app_id=2167983046752330&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Dfa44940a7c34bde99%26domain%3Dthemargin.com.np%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fthemargin.com.np%252Ff2715c23e7c109260%26relation%3Dparent.parent&container_width=0&height=80&hide_cover=true&href=https%3A%2F%2Fwww.facebook.com%2Fthemarginofficial&locale=en_US&sdk=joey&show_facepile=false&small_header=true&width=200

उनी विश्व प्रसिद्ध कवि, साहित्यकार, दार्शनिक र भारतीय साहित्यको नोबेल पुरस्कार विजेता हुन् । बंगाली साहित्यको माध्यमबाट भारतीय सांस्कृतिक चेतनामा नयाँ दर्शन आएको थियो। उनी एशियामा पहिलो नोबेल पुरस्कार विजेता हुन्। ठाकुर विश्वका एकमात्र त्यस्ता साहित्यकार हुन् जसका दुई रचना दुई छुट्टा छुट्टै देशका राष्ट्रगान बने । भारतको राष्ट्र-गान जन गण मन र बङ्गलादेशको राष्ट्रिय गान आमार सोनार बाङ्गला ठाकुरकै रचना हुन् ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती ‘म रवीन्द्रनाथ टैगोर बोल्दैछु’:

१.त्यहाँ धेरै अनुहारहरू छन् तर सत्य मात्र एक छ।

२. म यस जीवनलाई माया गर्दछु र मलाई थाहा छ कि म आफ्नो मृत्युलाई पनि प्रेम गर्दछु। बच्चा रुन्छ जब आमाले उसलाई दाहिने स्तनबाट टाढा लैजान्छ, र दोस्रो पल्ट आमाले बच्चालाई देब्रे स्तनमा ल्याउँदा उनले सान्त्वना पाउँदछन्।

३. खुसी रहन धेरै सरल छ, तर सरल रहन धेरै गाह्रो छ।

४. यदि तपाईँ रुनुहुन्छ किनभने सूर्य तपाईँको जीवनबाट बाहिर गयो भने, तपाईँको आँसुले तपाईँलाई ताराहरू हेर्नबाट रोक्नेछ।

५. मैले खतराबाट बच्नको लागि प्रार्थना गर्नु हुँदैन, तर उनीहरूको सामना गर्न निडर हुनुपर्छ। मलाई मेरो पीडा कम होइन अरूको मन जित्नको लागि आशीर्वाद चाहिन्छ ।

६. तपाईँलाई फूलहरू सङ्कलन गर्न नरोकिनुहोस्। बढिरहनुहोस्, अगाडि बढ्नुहोस्, फूलहरू तपाईँको बाटो हेरिरहेका हुनेछन् ।

७. तपाईँ किनारमा उभिएर, पानी हेरेर समुद्र पार गर्न सक्नुहुन्न।

८. मैले निदाएपछि देखेको सपनामा जीवन आनन्दित थियो। मैले उठेँ र देखेँ कि जीवन सेवा हो। मैले अभिनय गरे र हेरे, सेवा खुसी थियो।

९. तपाईँले केही चिज प्राप्त गर्दै हुनुहुन्छ भने त्यसको पूर्ण मूल्य चुकाउनुपर्नेछ ।

१०. यदि तपाईँले सबै गल्तीहरूका लागि ढोका बन्द गर्नुभयो भने सत्य छोडिनेछ।

११. हामी यस संसारलाई केवल तब मात्र बाँच्नेछौँ जब हामी यो संसारलाई माया गर्छौँ।

१२. भाडामा राखिएको पानी सधैँ चम्किन्छ जबकि समुद्री पानी सधैँ गाढा हुन्छ । लघु सत्यका शब्दहरू मात्र स्पष्ट रहन्छन्, जबकि महान् सत्य सधैँ मौन हुन्छ।

१३. एक उच्च तहमा जानुहोस्, किनभने ताराहरू तपाईँभित्र लुकेका छन्। प्रत्येक सपनाको लागि, लक्ष्यको लागि सपना देख्नुहोला।

१४. व्यक्तिसँग ज्यादै धेरै चीजहरू छन् र डराउनुपर्ने थुप्रै कारणहरू छन्।

१५. सानो ज्ञान भनेको गिलासमा भरिएको पानीजस्तै हो जुन स्पष्ट, पारदर्शी र शुद्ध छ, जबकि ठुलो ज्ञान समुद्रमा भरिएको पानी जस्तो छ जुन अन्धकार, रहस्यमय, अभेद्य हो।

२१. म स्वामी विवेकानन्द बोल्दैछु

हिन्दु दर्शनका प्रसिद्ध विद्वान स्वामी विवेकानन्द (नरेन्द्रनाथ दत्त)को जन्म १२ जनवरी सन् १८६३ मा भएको थियो । साथै उनको मृत्यु ४ जुलाई सन् १९०२ मा भएको थियो । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको ‘विश्व धर्म सभा’मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधि थिए। उनले सनातन धर्मको आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमा नै पुर्याएका थिए। उनले गुरु रामकृष्ण परमहंसबाट शिक्षा ग्रहण गरेका थिए ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती- ‘म स्वामी विवेकानन्द बोल्दैछु’:

स्वामी विवेकानन्दका २० जीवनोपयोगी भनाई

१. यदि धन कसैलाई सहयोग गर्न प्रयोग हुन्छ भने मात्र त्यसको मूल्य छ,नत्र यो मात्र एउटा दुष्टको थुप्रो हो ।

२. उठ,जाग र तिमी तबसम्म नरोक्केउ जबसम्म तिम्रो लक्ष्य पुरा हुँदैन ।

३. आफूलाई कमजोर सम्झिनु सबैभन्दा ठूलो पाप हो ।

४. बस उनीहरु नै जिउँछन्, जो अरुको लागि जिउँछन् ।

५. हामी त्यो हौँ जो हाम्रो सोचले बनाएको छ,त्यसैले आफूले सोच्ने कुराको ध्यान देउ ।

६. तिमी आफूलाई बलवान सोचे बलवान बन्छौ र कमजोर सोचे कमजोर बन्छौ ।

७. त्यो हामी नै हौँ, जो आफ्नो आँखामा हात राखेर अँध्यारो भयो भन्छौँ ।

८. एक समयमा एउटै काम गर, त्यो काम गर्दा सबै ध्यान त्यसमै लगाएर अरु भुलिदेउ ।

९. सबैभन्दा ठूलो धर्म आफ्नो स्वभावप्रति सच्चा हुनु हो, त्यसैले आफूप्रति विश्वास गर ।

१०. दिल र दिमागको टक्कर भयो भने तिमी दिलले भनेको सुन ।

११.  कुनै दिन तिम्रो सामु कुनै पनि समस्या आउँन छोड्छ भने सोच तिमी गलत बाटोमा छौ ।

१२. कुनै पनि देशको विकासका लागि युवाहरुको त्यागको आवस्यकता पर्दछ, तर ध्यान देउ त्यो त्याग पशुहरुको होइन ।

१३.  मुक्ति त्यसको लागि हो,जसले अरुको लागि आफ्नो सबै त्याग गर्दछ ।

१४. केहि पनि नमाग्नु र सहयोग गरेबापत केहि आशा पनि नराख्नु ।

१५. त्याग बिना कुनै पनि महान कार्य सफल हुन सक्दैन ।

१६. प्रेम नै जीवनको एक मात्र नियम हो ।

१७. विकास जीवन हो भने विनाश मृत्यु हो ।

१८. यदि हामी भगवानलाई अभिभावक मान्ने तर दैनिक जीवनमा प्रत्येक मनुष्यलाई आफ्नो दाजुभाई मान्दैनौ भने प्रार्थनाको केहि अर्थ हुँदैन ।

१९. प्राचीन धर्ममा भगवानको विश्वास नगर्नेलाई नास्तिक भनिन्छ तर नयाँ धर्ममा स्वयंको विश्वास नलाग्नेलाई नास्तिक भनिन्छ ।

२०. कुनै समयमा मानिसले अनुभव गर्नेछन्, सानै भएपनि मानव जातीलाई गरिएको सहयोग लाखौँ पटक गरिएको जप ध्यान भन्दा धेरै हुन्छ ।

२२. म लक्ष्मीप्रसाद देवकोटा बोल्दैछु

महाकवि लक्ष्मीप्रसाद देवकोटा (१९६६-२०१६) पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेश्रा छोरा थिए।देवकोटा बहुमुखी प्रतिभका धनी एवम् असाधारण लेखक थिए; जसले आफ्नो दस वर्षको उमेरदेखि कविता लेखनको शुरूवात गरी छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन।

देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल महाकाव्य जस्ता अद्वितिय कृतिहरू लेखेका छन् । विशेष गरी देवकोटाको मुनामदन लोकप्रिय भएको थियो ।  वियोगान्त नाटक ´मुनामदन` यिनी मरेको पाँच दशक पछिसम्म पनि साझा प्रकाशनद्वारा अत्यधिक बिक्री हुने कृतिमा पर्दछ। ´मुनामदन` नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो।

नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखन स्वच्छन्दवादका श्रीगणेश भए। साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो। देवकोटा चौध भाषा बुझ्थे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू ´शारदा` मासिकमार्फत जनमाझ पनि आए।

प्रस्तुत छ, महानव वाणीहरूको बुँदागत प्रस्तुती ‘म लक्ष्मीप्रसाद देवकोटा बोल्दैछु’:

१. मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।

३.  खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।

४.दर्शन भय हो भने कविता सत्य हो ।

५.घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।

६.जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।

७.शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।

८.संसार अँध्यारो समान हो ।

९.मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।

१०. चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।

२३. म मदन भण्डारी बोल्दैछु

मदनकुमार भण्डारी (वि.सं. २००९-२०५०) नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का नेता थिए। जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारीद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गर्ने काम भण्डारीबाट भएको थियो ।

मदनकुमार भण्डारीको जन्म २००९ साल आषाढ १४ गते (जून २७, १९५२) मा पूर्वाञ्चलको ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा भएको हो। पिता देवीप्रसाद भण्डारी र माता चन्द्र कुमारीको माहिँला छोराको रूपमा क्षेत्री परिवारमा भण्डारीको जन्म भएको थियो ।  बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। जीवराज आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो। यो घटनाको छानबिन गर्न धेरै आयोग बनेपनि तीनले पनि वास्तविकता बाहिर ल्याउन सकेनन् ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती ‘ म मदन भण्डारी बोल्दैछु’

१. सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्दछ ।

२. पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण होइन ।

३. अनुशासनबिनाको स्वतन्त्रता स्वेच्छचारिता हुन्छ, स्वतन्त्रता बिनाको अनुशासन निरंकुशता हुन्छ ।

४. क्रान्ति यथास्थितिको मात्रात्मक विकल्प होइन, त्यो गुणात्मक विकल्प हो ।

५. क्रान्तिले पुरानो समाजको आधारलाई तोड्छ र नयाँ समाजको संरचनालाई सुदृढ बनाउँछ ।

२४. म महागुरु फाल्गुनन्द बोल्दैछु

महागुरु फाल्गुनन्द लिङदेन (वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) हाङ्सम साम्यो या किराँत धर्मका महागुरु तथा समाज सुधारक थिए। उनका बाबु जगनबाज लिम्बु, लिङदेन र आमा हंसमती लिम्बु थिए। आमा बाबूका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेका नाम भने नरध्वज लिङदेन थियो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाईदिनाले ठीक हुन्छ भनेकाले उनका हातमा फलामका चुरा लाई एको थियो। त्यही चुराबाट उनको नाम फलामसिंह रहन गएको थियो। गाउँका अन्य युवाहरू जस्तै उनी पनि बेलायती फौजमा भर्तीमा जाँदा उनको नाम फलामसिंबाट फाल्गुनन्द बन्न पुग्यो।

आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने, नारीजाती सृस्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चो सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकि चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्न पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको दीब्य ज्योती प्राप्त गर्नुभएका फाल्गुनन्द लिङदेनले सेनामा रहदा पनि सांझ बिहान पूजा पाठमा लीन रहने गरेका हुनाले उनलाई ‘ध्यानी’ ‘योगी’ ‘तपस्वी’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो। लडाईबाट बिश्व शान्ति स्थापना हुन नसक्ने कुरोको बोध गरेका फाल्गुनन्द अन्तत् बेलायती सेनाको जागीरबाट राजिनामा गरी आफ्नो ज्ञान तथा समस्त किंराती जातीहरूका मौलिक धर्म संस्कृतिको प्रचार गर्दै उनी भारतका विभिन्न भाग लगायत भुटान हुदै पूर्वी नेपालको ईलाम आफ्नो जन्मस्थल ( इभाङ ५ चुक्चिनाम्बा, इलाम) आइपुगे।

आफ्नो गाँउ,ठाँउ आफ्नो जात तथा विशेष गरी किराँती जातिका लिम्बु समुदायमा सामाजिक विसंगति, विकृतीले गांजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ बैशाक २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’ का समाजका वरिष्ठ ब्यक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा हामी आफ्नो वास्तविक धर्मबाट अञ्जान रहेको, जांड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिबाह भोज गरी आर्थिक रूपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरी पछि परेको हुनाले अब उप्रान्त हामी सबैले यी सबै विसंगति , विकृती र कुरितीहरूबाट मुक्त हुने र आ-आफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिक्ताको पहिचान गराउने, भनी दश बुंदे लिखित मुचुल्का जसलाई ‘सत्यहाङमा मुचुल्का’ पनि भनिन्छ, बनाइयो र करीब हजारौका संख्यामा उपस्थितहरूले आ-आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृति तथा दश बुंदे मुचुल्काको प्रचार प्रसार गर्ने वचन बाँधेर छुट्टिए।

फाल्गुनन्नदले धर्म प्रचार प्रसार वा साँझ बिहान आ- आफ्नो घरमा युमा साम्माङको ‘माङसेवा’ गर्ने र सामुहीकरूपमा पनि ‘माङ सेवा’ गर्नका लागि मेची र कोशी अञ्चलका विभिन्न स्थानमा ७ वटा माङहिम (मन्दिर) बनाएका छन। र उनले कुम्भकर्ण हिमाललाई किँरातीहरूका पवित्र धार्मिक तथा तिर्थ स्थल मान्दै त्यहाँ पनि एक ‘माङहिम’ बनाए। र उक्त कुम्भकर्ण हिमालको फेदीमा रहेको माङहिममा भक्तजनहरू ‘माङसेवा’को लागि जाने क्रम दिनानुदिन वृद्धि भइरहेको छ।

फाल्गुनन्दले यसरी ‘सत्यहाङमा मुचुल्का’ मात्र बनाएनन् समय समयमा लिम्बुबान क्षेत्रका हरेक गाँउ,गाउँमा निरिक्षण पनि गर्दै रहे, त्यसैक्रममा उनी पटक पटक आफ्ना चेला भुलाहरूसगं कुम्भकर्णका फेदीसम्म पनि पुगेका छन् र जंहा महिनौ दिनसम्म ध्यान तपस्या पनि गरेका छन्।

यसरी धर्म प्रचार तथा मौलिक्ताको पहिचान गराउदै हिड्दा तत्कालीन राणा सरकारले यसले राजनीति गरी राणा शासनको बिरोधमा जन्ताहरूलाई जागरुक तुल्याउदै छ कि भन्ने आशंकामा राणा शासकका तत्कालिन धनकुटा जिल्लाका बडा हाकिमको निर्देशनमा उनलाई काठमाण्डौमा पुर्याई सोधपुछ पनि गरिएको थियो।

त्यसैले आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुन हुदैन, मदिरा सेवनगरी असामाजिक क्रियाक्लाप गरी मति भ्रष्ट हुनु हुदैन, बिबाहमा आफ्नो आर्थिक गच्छे भन्दा अत्याधिक तडक भडकसँग खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न हुन्न, समाजका जननी ‘युमा साम्माङ’ नै नारी भएका हुनाले समाजमा नारीलाई उच्चो स्थान दिनु वा सम्मान गर्नु पर्दछ, ‘मेजमान’ तथा खानका लागि पशु, प्राणीको हत्या गर्नु हुन्न, अन्नबाली होस, चाहे जस्तो सुकै खाने कुरा पनि ‘हिम साम्माङ’, ‘युमासाम्माङ’लाई नचढाइ खानु हुन्न, ‘हिम साम्माङ’ तथा ‘युमासाम्माङ’लाई पशुबली चढाउदा उनी खुशी हुदैनन् त्यसैले पशुबली नगर्नु, त्यसको अलवा फलफूल, नैबेद्ध, चढाएर मात्र ‘माङसेवा’ गर्नु भन्दै सामाजिक चेतना फैलाउने फाल्गुनन्नदलाई महान धार्मिक तथा समाज सुधारक, आफ्नै मौलिक भाषा, लिपीको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योती अनि तत्कालिन सामाजिक अर्थ ब्यावस्थालाई राम्ररी आंकलन गरी समाजलाई आर्थिक दलदलबाट उकास्न समाजका लागि ब्यावहारीक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थबिदको रूपमा पनि लिन सकिन्छ। दोस्रो विश्वयुद्धमा तत्कालिन ब्रिटिश साम्रज्यका सिपाहीका रूपमा भारत लगायत बर्मामा लडाई लड्दा लड्दै यो लडाईबाट विश्वमा शान्ती स्थापना गर्न नसकिने यसले झनै रक्तपात, हत्या र हिंसामात्र निम्त्याउने वास्तबिक शान्ति भनेको शिक्षा,ध्यान, तप र धर्म तथा मौलिक्ताको पहिचान भएमा मात्र आउछ भन्ने कुराको ज्ञान उनले बाँडेका थिए। महागुरु फाल्गुनन्दले पाँचथर जिल्लामा गरेको धार्मिक भेलामा जम्मा भएका मानिसहरूलाई विभिन्न सुझावहरू दिए । ती मध्ये केहि निम्न छन् :-

युमाठेवाको आराधना गर्ने,

श्रीजंगा लिपिमा अध्ययन गराउने,

नैवेध तथा फूलपातिबाट पूजापाठ गर्ने,

माङहिङ निर्माण गर्ने,

मादक पदार्थ सेवन नगर्ने,

छोराको बिहेमा दाम नलिने,

स्वदेशी कपडा लगाउने,

छोरा र छोरीलाई समान शिक्षा दिने,

मृतात्मालाई अदुवा, चामल तथा फलफुल चढाउने ।

महागुरु फाल्गुनन्द आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ती किराँ त धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहे। यस बिच उनले देशद्रोहीको अभियोग पनि खेप्न परेको थियो। वि.सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत सङ्घ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छ। वर्तमान अवस्थामा महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य धर्म मुचुल्का’को नीति विश्व समुदायले अनुसरण गर्न थालेका छन्। महागुरु फाल्गुनन्दलाई वि.स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरिएको थियो।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती ‘म महागुरु फाल्गुनन्द बोल्दैछु’

१.अपराधिक सोँचले नाश होइन्छ ।

२.सबै मानिसलाई मानवका रुपमा हेर्ने, चिन्ने र व्यवहार गर्ने गर्नु पर्दछ ।

३. एकताले भाग्योदय हुनेछ ।

२५. म नेल्सन मन्डेला बोल्दैछु

अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति बनेका नेल्सन मन्डेला दक्षिण अफ्रिकाको रंगभेदी शासन अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका व्यक्ति हुन् । उनलाई सन् १९९३ मा नोबल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो।  उनको आकर्षक व्यक्तित्व, रसिकपन र कठोर दुर्व्यवहार गर्नेहरुलाई समेत प्रतिशोधपूर्ण भावना नराख्ने बानीका साथै अदभूत जीवन कथाले आंशिक रुपमै भएपनि उनको विश्वस्तरीय छविको व्याख्या गर्छ।

सन् १९९९ मा राष्ट्रपतिको जिम्मेवारी छोडे यता मण्डेला दक्षिण अफ्रिकाका सबैभन्दा सम्मानित व्यक्तित्व थिए। उनले एचआइभी/एड्स विरुद्धको अभियानमा र आफ्नो देशलाई सन् २०१० मा विश्वकप फुटबल खेल आयोजना गर्ने अधिकार दिलाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। पछिल्ला वर्षहरुमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट ग्रस्त मण्डेला द्वन्द्वग्रस्त प्रजातान्त्रिक गणतन्त्र कंगो, बुरुण्डी, अफ्रिकाका अन्य देशहरु र अन्यत्रका शान्ति वार्ताहरुमा संलग्न थिए।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती ‘म नेल्सन मन्डेला बोल्दैछु’

१. मैले यो जाने कि साहस भनेको नडराउनु मात्र रहेनछ, डर माथि विजय पाउनु पनि रहेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो- जो डरको बाबजुद अघि बढ्दछ।
२. चाहे त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीबाट जातिवाद घृणित कार्य हो, यो एक बर्बरता हो ।
३. एउटा ठुलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।
४. स्वतन्त्र हुनु मात्र जन्जिरलाई उतार्नु होइन बल्की यस्तो जीवन जिउनु हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।
५. जबसम्म काम समाप्त हुँदैन तबसम्म त्यो असम्भव लाग्दछ ।
६. जब कुनै खुसीयाली मनाइन्छ तब आफू पछि र दोस्रोलाई अघि राख्नु पर्दछ । जब खतराको समय आउँदछ तब आफू अघि र दोस्रोलाई पछि राख्नुपर्दछ । तब मात्र जनताले तपाईँको नेतृत्वको प्रशंसा गर्नेछन् ।
७. शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ ।
८. अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।
९. एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधैँ विजयलाई जोडिरहेका हुन्छन् ।
१०. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।

२६. म बुद्धिसागर बोल्दै छु

बुद्धि सागर नेपाली साहित्यका उपन्यासकार हुन् । उनी कर्णाली ब्लुज उपन्यासद्वारा चर्चामा आएका थिए । उनको ‘फिरफिरे’ नामक दोस्रो कृति प्रकाशित छ ।

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती ‘म बुद्धी सागर बोल्दै छु’:

१. असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ । खराब शिक्षा त्यो हो जसले उत्तर रट्न सिकाउँछ ।
२. अरूले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्त्वपूर्ण होइन । आफूले ‘आफ्ना’ बारेमा के सोचिन्छ, त्यो महत्त्वपूर्ण हो ।
३. एसएमएस जस्तो स्वाट्ट आउने र फ्याट्ट जाने कुरा नगर । कुरा गर त, चिठीजस्तो । ढिला आउने, पढिरहूँ लाग्ने ।
४. त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्नसक्छ ।
५. अहिलेका पीडाहरू नै पछि गएर जीवनका अमूल्य सम्पत्ति हुनेछन् ।
६. बाटो ओरालो लागेर पातालै पुगे पनि एक न एकदिन उकालो लाग्छ । त्यसैले हिँड्न छाड्नु हुँदैन ।
७. सबैभन्दा ठुलो वरदान- काम गरिगरी कामले नै थाक्नु । सबैभन्दा ठुलो श्राप- आराम गरिगरी आरामले नै थाक्नु ।
८. शिशिरमा झरेको अन्तिम पातले वसन्तमा फूलहरूको लस्कर लिएर आउँछ । आँसु त्यतिकै खसेको होइन …
९. फूलको काम फुल्ने हो, फुलिरहन्छ । मेरो वासनाको ‘मूल्याङ्कन’ भएन भनेर कचकच गर्दैन।
१०. एकपल्ट आफूले दिएका आँसु पुछि दिएर त हेर, फेरि अरूलाई रुवाउन मन मान्दैन ।
स्रोत : बुद्धिसागरको फेसबुक पेज

२७. म माया एन्जेलो बोल्दैछु

माया एन्जेलो (१९२८-२०१४) अमेरिकी अश्वेत लेखक, कवि र सामाजिक कार्यकर्ता हुन् । उनको सात वटा आत्मकथाहरू, निबन्धका तीन पुस्तकहरू सहित कविताका पुस्तकहरू प्रकाशित छन् ।  उनले दर्जनौं पुरस्कार र ५० भन्दा बढी सम्मानित डिग्री पाएकी छिन् । 

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती ‘म माया एन्जेलो बोल्दैछु’

१. तिमीले जीवनका सबै घट्नाहरूलाई नियन्त्रण त गर्न नसकौला तर तिमीले त्यसबाट पतन नहुने निर्णय लिन सक्छौ ।
२. मेरो जीवनको उद्देश्य जीउनु मात्र होइन, केही लगाव, केही बाध्यता, केही रमाइलो र केही तरिकाका साथ जीवनमा अघि बढ्नु पनि हो ।
३. कसैको जीवनको बादलमा इन्द्रेणी बन्ने प्रयास गर्नु ।
४. हामीले थुप्रै असफलताहरू भेटौला तर हामी स्वयं असफल भने हुनुहुँदैन ।
५. आफैँ भित्रबाट चम्कने प्रकाशलाई कसैले मधुरो बनाउन सक्दैन ।
६. प्रेमले कुनै बन्धन चिन्दैन । यो बाधाहरूबाट हाम्फाल्दछ, पर्खालहरूमा उफ्रन्छ, पर्खाल नाघ्दै यो पूर्ण आशाका साथ आफ्नो गन्तव्यसम्म पुग्दछ ।
७. मैले यो जाने की, तिमीले भनेको र गरेको मानिसले बिर्सिनेछन्, तर तिमीले उनीहरूमाथी पारेको प्रभाव कहिल्यै बिर्सनेछैनन् ।

२८. म मदर टेरेसा बोल्दैछु

मदर टेरेसा (२६ अगस्ट, १९१० – ५ सेप्टेम्बर, १९९७)को जन्म अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, अटोमन साम्राज्य (आजको सोप्जे, मेसेडोनिया गणराज्य)मा भएको थियो । मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो। उनले सन् १९५० मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन । ४५ वर्षसम्म गरीब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मद्दत गरिन र मिशनरीज अफ च्यारिटी प्रसारलाई पनि मार्ग प्रशस्त गरिन ।

उनलाई १९७९मा नोबेल शान्ति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो । मदर टेरेसाको जीवनकालमा मिशनरीज अफ चेरिटीको कार्य लगातार विस्तृत भइरह्यो र उनिलाई मृत्युको समय सम्म उनी १२३ देशमा ६१० मिशन नियन्त्रित गरिरहेकी थिइन् ।

प्रस्तुत छ, महानवाणीहरूको बुँदागत प्रस्तुति ‘म मदर टेरेसा बोल्दैछु’:
१.तिमी कति काम गर्छौ यो(सफलताको लागि) महत्त्वपुर्ण कुरा हुँदै हैन, तिमी आफ्नो कामलाई कति प्रेमपुर्ण गर्छौ यही सफलताको मापदण्ड हो ।
२. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।
३. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाऊ ।
५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।
७. हामीसँग शान्ति छैन किनभने हामीले यो बिर्सियौँ की हामी एक अर्काका लागि हौँ ।
८. अनुशासन लक्ष्य र उपलब्धि बीचको पुल हो ।
९. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न बिर्सन्छौ ।
१०. प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

२९. म ओस्कार वाइल्ड बोल्दैछु

आयरिश कवि र लेखक, नाटककार ओस्कार वाइल्डले लेखेको एउटा नाटक पहिलो प्रदर्शनमा नै फ्लप भयो । नाटकको समाप्तिमा पत्रकारले उनको प्रतिक्रिया बुझ्नको लागि सोधे, ‘भन्नुस्, कस्तो रह्यो तपाईंको नाटक ?’ वाइल्डले पुरा आत्मविश्वसले मुस्कुराउदै भने, ‘नाटक त एकदम सफल भयो तर दर्शक असफल भए ।’

प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुति ‘म ओस्कार वाइल्ड बोल्दैछु’:

१. हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।
२. साँचो मित्रले सधैँ तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।
३. एउटा साधारण व्यक्ति र सन्तमा यत्ति फरक हुन्छ कि सन्तसँग उसको विगत रहेको हुन्छ भने व्यक्तिसँग उसको भविष्य ।
४. अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।
५. महिलाहरू प्रेमका लागि बनेका हुन्, बुझ्नका लागि होइन ।
६. हामी सबै नालीमा बाँचिरहेका छौं तर कोही कोहीको नजर चम्किला ताराहरूप्रति छ ।
७.राज्यले हाम्रो अधिकारको रचना गर्दैन, केवल अधिकारलाई स्वीकृति प्रदान गर्दछ ।
८. सत्य दुर्लभ रूपमा सत्य हुन्छ तर साधारण कहिल्यै हुँदैन ।
९. यदि कुनै पुस्तक पटक पटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।
१०. व्यक्ति जसले आफ्नोबारे सोच्दैन, उसले सबैथोक सोचिरहेको हुँदैन ।

३०. म बब मार्ली बाेल्दै छु

ब मार्ली (१९४५-१९८१)  अर्थात् ‘बफेलो सोल्जर्स’, ‘नो वुमन एण्ड मेन क्राय । बाबा मार्ली अर्थात् समानताका कुरा गर्ने गायक । बब मार्ली अर्थात् एक क्रान्ति ।

नेष्टा रोबर्ट मारले, उनको वास्तविक नाम । उनी  उत्तर र दक्षिण अमेरिकी महादेशबीचको टापु वेष्ट इन्डिज समुद्रको बीचमा पर्ने जमाइकाको राजधानी किङ्गस्टनमा जन्मेका हुन् । बब आफू काला जाति भएकै कारण काला जातिले चलाएको मुक्ति संग्राममा सक्रिय सहभागिता जनाउँदै मुक्तिसंग्रामका अनुभूति नजिकबाट भोग्ने मौका पाए । 

उनले सानैदेखि जातीय उत्पीडनविरुद्ध गीत गाउन थाले । उनको औपचारिक गायनयात्रा भने जिम्बाबेका जनताले चलाएको मुक्तियुद्धको पक्षमा गीत गाएपछि सुरु भएको हो । उनले ‘भोले बम बम’ भन्ने हिन्दू भजन समेत गाएका छन् ।  प्रस्तुत छ,  महान वाणीहरूकाे बुँदागत प्रस्तुतिकरण ‘म बब मार्ली बाेल्दै छु’:

१. आखाँ खोल र आफैलाई हेर, के तिमीले जिइरहेको जिवनप्रति तिमी सन्तुष्ट छौ ?
२. प्रत्येक व्यक्तिलाई आफ्नो भाग्य चुन्ने अधिकार छ ।
३. संगितको बारेमा एउटा राम्रो तथ्य के हो भने जब यसले हिर्कौछ तब कुनै पीडा हुँदैन ।
४. थोरै मानिसले मात्र वर्षातको अञुभूत गर्दछन्, बाँकी रूझ्दछन् ।
५. आफ्नो इतिहास नबिर्स न त भाग्य नै ।
६. आणविक ऊर्जासँग नडराउनुहोस्, किनकी ति अस्त्रले समयलाई रोक्न सक्दैनन् ।
७. यदि युद्ध गरेर शान्ति जित्न सकिन्छ भने त्यो उत्तम कुरा हो ।
८. जुन कुराले तिमीलाई खुसी बनाउँछ, सो कुरा कहिल्यै गलत हुन सक्दैन ।

३१. ‘म अल्बर्ट आइन्स्टाइन बाेल्दै छु

२० औं शताब्दीका महान् व्यक्ति अल्बर्ट आइन्स्टाइन (१४ मार्च १८७९- अप्रिल १८, १९९५) एक सैद्धान्तिक भौतिकविद थिए । आइन्स्टाइनको जन्म जर्मनीमा वुटेमबर्गको एक यहूदी परिवारमा भएको थियो।उनको मातृ-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सिके । उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc को लागि चिनिन्छन् । उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा नोबेल पुरस्कार प्रदान गरियो । । यसै नियमको प्रयोगबाट नै सोलार सेल (Solar Cell) को विकास भएको हो र सौर्य ऊर्जालाई आजको वैकल्पिक ऊर्जाको रूपमा लिन सकिएको हो । 

प्रस्तुत छ, आइन्स्टाइनका महान वाणीहरूकाे बुँदागत प्रस्तुतिकरण ‘म अल्बर्ट आइन्स्टाइन बाेल्दै छु:’

१. ज्ञान भन्दा कल्पना धेरै शक्तिशाली हुन्छ ।
२. एकमात्र सच्चा मूल्यवान चिज आत्मज्ञान हो ।
३. म भविष्यको बारेमा उस्तो सोच्दिन किनभने यो छिट्टै आउदछ ।
४. धर्म विना विज्ञान लंगडो र विज्ञान विना धर्म अन्धो हुन्छ ।
५. हामीले बलद्वारा शान्ति प्रप्त गर्न सक्दैनौ । मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।
६. गणित गाह्रो लाग्छ भनेर चिन्तित नहोऊ । तिम्रो मस्तिष्क अझै पनि महान् छ ।
७. यदि A सफलता हो भने, सूत्र हुन्छ A=X+Y+Z । जहाँ X भनेको कार्य, Y भनेको मनोरञ्जन र Z भनेको आफ्नो मुख बन्द राख्नु हो ।
८. हिजबाट सिक, आजँका लागि बाचँ र भोल्का लागि आशा गर । सबैभन्दा महत्वपूर्ण कुरा हो, प्रश्न गर्न बन्द नगर्नु ।
९. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन ।
१०. ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उती नै मुर्ख थियौ ।

Leave a Reply