अनुदित कविताः घटना जो घटिरहेछ

You are currently viewing अनुदित कविताः घटना जो घटिरहेछ

घटना घट्दै आएको हो

र, घटना घट्दै गइरहेको छ

र, घटना घटिरहनेछ बार-बार

यदि यसको विरुद्ध केही गरिएन भने !

स-साना बच्चाहरू केही जान्दैनन्

किनभने उनीहरू स-साना छन् !

गरिबहरू ध्यान दिँदैनन्

किनभने उनीहरू निकै गरिब छन् !

र, धनवान् कोही ध्यान दिइरहेका छैनन्

किनभने उनीहरू निकै धनवान् छन् !

मूर्खहरू खासै चासो दिइरहेका छैनन्

किनभने उनीहरू निकै मूर्ख छन्

र, बुद्धिमानहरू पनि खासै चासो दिइरहेका हुँदैनन्

किनभने उनीहरू निकै बुद्धिमान छन् !

युवायुवतीहरू यसप्रकारको कुराहरू पर्वाह गर्दैनन्

किनभने उनीहरू निकै युवा छन् !

र, वृद्धवृद्धाहरू यसप्रकारको कुराहरू गरेर चिन्तित हुन् चाहँदैनन्

किनभने उनीहरू निकै वृद्ध भइसकेका छन् !

यसकारण यसको विरुद्ध कहिल्यै केही हुँदैन

र, यसकारण केही हुँदै हुँदैन

र, सधैँ यही भइरहन्छ

र, बार-बार भइरहनेछ यही !

मूल कवि: एरिक फ्रेड

अस्ट्रिया

लेखकका अन्य सिर्जनाहरू पढ्न यहाँ क्लिक गर्नुहोस्…#एरिक फ्रेड#राजु झल्लु प्रसाद

(साहित्यपोस्टमा २०८०, आश्विन २५, बिहीवार १२:०१ मा प्रकाशित)

Leave a Reply