‘जियान’: एक पखेटा र एक आँखा भएको चिनियाँ पौराणिक पक्षी

You are currently viewing ‘जियान’: एक पखेटा र एक आँखा भएको चिनियाँ पौराणिक पक्षी

जियान’:  एक पखेटा र एक आँखा भएको चिनियाँ पौराणिक पंक्षी  ‘जियान’ नामक पक्षी चिनियाँ पौराणिक पक्षी हो, जसको स्वाभाविक रूपले मात्र एउटा पखेटा र एउटा आँखा हुन्छ ।

यद्यपि यस चरालाई यो हदसम्म अप्राकृतिक र अविकसित रुपमा किन वर्णन गरियो भनेर बरोबर प्रश्न उठिरहने गर्दछ । तर यस चरालाई पौराणिक पंक्षी मानिदिँदा यावत प्रश्नहरू छुट्कारा भने मिलिरहने गर्दछ । तर यहाँ, जियान चराबारे यथासम्भव तथ्यहरू केलाउने जर्मको भने गरिनेछ ।

पूर्वकथन:

केही पूर्वकथनहरू भूमिकास्वरूप बाधौँ, यसो गर्दा कथ्यलाई सरासर अघि बढाउन सजिलो हुनेछ ।

पहिलो कुरा के भने, एउटा पंक्षीसँग एउटा मात्र पखेटा र एउटा मात्रै आँखा हुने भएकाले यसलाई अप्राकृतिक जीवनको रूपमा व्याख्या गर्न सकियो । 

दोस्रो, वर्तमान कालखण्डमा जियान पंक्षीको अस्तित्व देखिँदैन, न यस जाति-प्रजातिको पंक्षीको अवशेषहरू नै सुरक्षित भेटिने गर्दछ । 

तेस्रो, प्रत्येक जियान चराको जोडी अर्थात् अर्को आधा-अपुरो जियान चरा हुने विश्वास गरिन्छ ।  आधा-आधा भाग एकसाथ् अस्तित्वमा आउने गर्दछन् भने मान्यता राखिने गरिन्छ । यस भाष्यले प्रत्येक जियान चरा अर्को जियान चराको आधा हुने विश्वासनियता प्रदान गर्दछ ।

चौथो, यस प्रजाति पंक्षीमा  शारीरिक सुविधा (मतलब एक पखेटा र एक आँखाको गतिशीलता) सीमित भएकाले व्याख्यानकारहरूमान्दछन कि यिनीहरू (जोडीहरू) एक अर्काको निकट एवं नजिक नै जन्मिने गर्छदन् ।

कथन:

अब कथनहरू सुरु गरौं । माथि उल्लेख गरिएझैं, यी पंक्षीहरू एकल रहनैको लागि सृष्टि गरिएको बताईन्छ ।

क. जियान चराको उत्पत्ति :

चिनियाँ पौराणिक कथाको माध्यमबाट सिर्जना गरिएको हुनाले जियानलाई पौराणिक प्राणी मान्दा कुनै गाह्रो-साह्रो पर्ने भएन। यसबाहेक यस चराको  उत्पतिबारे थप कथनहरू पंक्तिकार भेट्न असमर्थ छ । यी चराहरू कुन प्रक्रियाबाट जन्मने गर्दथे र यिनलाई जन्माउने सृष्टिकर्ताहरू के-कस्ता थिए ? यस चराहरूको उमेर कति रहन्थ्यो ? कस्ता देखिन्थे ? आहार-विहार के-कस्तो रहन्थ्यो लगायतका प्रश्नहरू बस् प्रश्नकै रुपमा अल्झीरहेका छन् । 

ख. के यो वास्तविक हो ?

व्यक्तिगत एवं सामाजिक जागरुकताका निमित्त यस्ता कथाहरूलाई ऐतिहासिक, सांस्कृतिक, धार्मिक एवं सामाजिक प्रसंगहरूसँग सहज/असहज दुवै रुपमा जोड्न मिल्ने सुविधा पौराणिक कथ्यहरूलाई प्राप्त छ । मानव समाजको प्रारम्भिक ज्ञान, कला र सौन्दर्यको मापदण्ड (सुझबुझ), तात्कालिन समयको प्राकृतिक गतिविधि, तात्कालिन समाजको  वस्तुस्थिति एवं तात्कालिन मानवको भावनात्मक डिजाइन लगायतका  कुराहरू यस्ता कथाहरूबाट वर्तमान समयमा बुझ्ने चेष्टा गरिन्छ । यसकारण पनि यी-यस्ता कथाहरू समयक्रमअनुसार जीवित, पुनर्जीवित  होइरहने गर्दछन् ।  मानवीय कल्पनाको भू-क्षितिज, मौखिक परम्पराको नियमितता, मानव जिज्ञासाको निरन्तरता साथै मनोवैज्ञानिक एकताको संरक्षण लगायात विभिन्न पाटोहरूबाट यस्ता कथाहरू व्याख्या/पुनर्व्याख्या होइरहेको पाइन्छ । 

अझ अर्को कुरा, कथा छ भनेपछी घटना पनि छ भन्ने गरिन्छ । यसो हुँदा हामी केही हदसम्म स्वीकार्न बाध्य हुन्छौं कि- जियान चराको उपस्थिति इतिहासको कुनै कालखण्डमा हुनु नै पर्दछ ।  कल्पनाको नाम दिएर यसबाट पर हट्ने सुविधा त यद्यपी छंदै छ तर कुनै पनि व्यक्तिको कल्पना कमसेकम उसको लागि केही प्रहरकै लागि साँचो हो भन्ने भाष्य पनि हामीकहा स्थापित नै छ । ब्रह्माण्डको उत्पत्ति जति जटिल छ, ब्रह्माण्डको रहस्य पनि उत्तिकै जटिल छ । अलौकिक शक्ति वा दिव्यताहरूको हस्तक्षेपलाई प्रमाणित गर्न विज्ञान लागिरहेको समयकालमा जियान चराको अस्तित्वलाई पनि विज्ञानले प्रमाणित गर्ला भनेर आशावादी हुँदै बाँकी कथन अघि बढाऔँ । 

भनिहालियो, हामीले यसलाई पौराणिक प्राणीको रूपमा परिभाषित गरिसकेका छौं । तर यहाँ अझ रमाइला कथाहरू छन्, जसले  जियान पक्षीलाई चिरस्थायी र प्रभावशाली चिनियाँ मिथक बनाएका छन।

ग. जियान चराको पौराणिक कथाले के बताउन खोज्दैछ ? 

१. जियानको पौराणिक कथाले यो बताउछ कि चीन सांस्कृतिक रुपमा धनि हुनुमा यस देशका यी-यस्तै पौराणिक कथाहरूको भूमिका ठुलो छ।

२. जियान चराको जोडीलाई केवल सम्भोग जोडीको रूपमा मात्रै सिर्जना गरिएको मानिदैन । विश्वास गरिन्छ कि जोडी प्राप्त गर्न  अर्थात् भेट्नको लागि दुवैले आ-आफ्नो कर्तव्य पूर्णरुपमा निर्वाह गर्नुपर्छ । एक आँखा र एक पखेटा मात्र एक जियान चराको स्वामित्वमा रहनुको मतलब एकल जियान चरा न त उडान भर्न सामार्थ्यवान छ, न कुशलताका साथ हेर्न एवं  सक्षम जीवनयापन गर्न नै। यसर्थ, जियान चराले सामुहिकता एवं एकताको पक्षतर्फ इशारा गर्दछ । 



३. मानिलिऊ, जियान चराहरूले आ-आफ्नो कर्तव्य निर्वाह गरेको खण्डमा मात्रमा  एक-अर्कालाई भेट्न सक्नेछन् । अर्थात्, कर्त्यव निर्वाहाको पक्षलाई यहाँ जोड दिएको पाइयो ।  यस कथाले पछाडी एउटा कथन जोड्छ, जसअनुरुप् यदी उनीहरू दुवैको भेट भएपश्चात उनीहरू एक सिङ्गो पंक्षीको स्वरूप लिनेछन् र   आफूले चाहेको उचाइमा उड्न सक्नेछन्। अझ, उनीहरूले आफूले चाहेको हरेक दिशामा हेर्न (नियाल्न) सक्नेछन् । यसरी हेर्दा, के कुरा भेट्न सकिन्छ भने एउटा जियान चराको सफल हुनु भनेको अर्को जियान चरा पनि सफल हुनु हो (र यसको विपरित पनि) ।

४. मिथकले यो पनि इशारा गर्दछ कि,  निकै गाह्रोसँग मिलन हुने यी पंक्षीहरूबीच जोडा मिलेको खण्डमा सम्बन्ध अनन्तकालसम्म रहनेछ । र, त्यसो हुन् नसकेको खण्डमा एउता पखेटा र एउटा आँखाको  कारण निकट भविष्यमै एक्ला-एक्ला पंक्षीहरूको इहलिला समाप्त हुने छ । यहाँनेर प्रश्न गर्ने सुविधा छ, जियान चराहरू वर्तमान समयमा नदेखिनुको कारणहरू मध्ये एक उनीहरूले आ-आफ्नो जोडा भेट्टाउन नसक्नु हो त् ? अत: एउटा जियान पंक्षीले आफ्नो वास्तविक जीवनसाथी भेटेको खण्डमा उनीहरू अनन्तकालसम्म जीवित रहनु र भेट्न असमर्थ रहेको खण्डमा निकट भविष्यमै मर्नुले कुन दार्शनिक पक्षहरू उजागर गर्न खोज्दै छ ? 

घ. बाँकी प्रसंगहरू :

१. चिनियाँ पौराणिक कथामा, यस पौराणिक पक्षीलाई यसको असक्षमताको कारण अवहेलित भावनाले कदाचित हेरिएको छैन। बरु यसलाई जीयान-जियान(Jian-Jian)को रुपमा देखिएको छ।  यस जियानको जोडीको मिलाप हुनुलाई ईश्वरीय चमत्कारको रुपमा व्याख्या गरिएको छ । 



यसै कारण पनि, यस पौराणिक पक्षीले चिनियाँ परम्परागत विवाहमा गहन प्रभाव पार्दै आइरहेको छ। जियान-जियानबीचको बन्धनलाई प्रतिक मानेर श्रीमान्- श्रीमती बीचको सम्बन्धलाई पनि सोहि अनुरुप हेर्ने गरिन्छ । चीनमा जियान-जियान  चरालाई विवाह प्रतीकको रूपमा प्रयोग गरीन्छ। चीनको प्राचिन गाउँहरूमा विवाह भएका केटीकेटी (श्रीमान्- श्रीमती) लाई जियान-जियान चराको रुपमा अर्थाउने गरिन्छ । विवाहित जोडीतर्फ इशारा गर्दै  भनिन्छ, ‘ हेर, हेर,..जियान चराहरू उडे । सुखी रहुन् । अनन्त कालसम्म उडीरहून् ।” 

ङ. कविता

जियान चराको बारेमा थप कुराहरू खोज्दै जाने क्रममा पंक्तिकार माशा कालेको एक कविता पुगेर रोकिएको छ । हिन्दी भाषामा अनिल जनविजयलले अनूदित गरेका कविता हुबहु यहाँ राखिएको छ;

(नेपालीमा)

शीर्षक : ‘जियान’

एकपटक मैले पढेको थिएँ-
जियान चराको बारेमा,
चीनको एक पौराणिक पंक्षी
सिर्फ एक पखेटा भएको
र, जोडामा रहन्थ्यो जो 

दूर..भू-क्षितिजमा उडिरहने गर्दछ,
जियान चराका बथानहरू

जियानको हमेशा
जोडी नै उड्न सक्दछ

एक्लो जियान 

जमिनमा थेचारीरहन्छ, थेचारीरहन्छ..

ए मेरो आत्मा !
तँ जब छाडीदिनेछस् मलाई
जियान जस्तै
म पनि गुडहरूमै बाधिनेछु ।

(अनु : राजु झल्लु प्रसाद)

(हिन्दीमा)

शीर्षक : ‘पिही’

एक बार मैंने पढ़ा था पिही के बारे में
चीन का एक पौराणिक पक्षी
सिर्फ़ एक पंख वाला
और जोड़े में रहता है जो

दूर क्षितिज पर उड़ता

पिही का झुण्ड दिखाई देता है

पिही का हमेशा

जोड़ा ही उड़ सकता है

अकेला पिही
ज़मीन से चिपक जाता है

पिही की तरह

मैं भी घोंसले से बँध जाऊँगी
ओ मेरी आत्मा !
तू मुझे छोड़ देगी जब

(अनु : अनिल जनविजयल)

(मूलत : यस कविता अष्ट्रियायाकी कवि माशा कालेको (Mascha Kaléko)ले सन् १९१३ आसपास लेखेकी हुन् ।  अंग्रजीमा ‘जियान’ नाम दिइएको यस चरालाई ‘पिही’ बताएर अनिल जनविजयलले कालेको’को कविता अनुवाद गरेका हुन् । यस अर्थमा, प्रस्तुत कविता जर्मन भाषाबाट रसिया, रसियाबाट हिन्दीसम्म आइपुगेको हुनुपर्दछ । )

(मूलभाषा : जर्मनमा  )

Vom Vogel Pihi hab ich einst gelesen,

Dem Wundertier im Lande der Chinesen.

Er hat nur einen Fittich: Stets in Paaren

Sieht man am Horizont der Pihi Scharen.

Zu zweien nur kann sich das Tier erheben;

Im Singular bleibt es am Boden kleben.

Dem Pihi gleich, gekettet an das Nest,Ist meine Seele, wenn du mich verläßt.



रसियन कवि : माशा कालेको (Mascha Kaléko- ; 7 June 1907 – 21 January 1975)

कविता स्रोत : कविताकोशमा
कथ्य स्रोत : अनलाइन

Leave a Reply