सन् १९२१ मा भियाना, अष्ट्रियामा जन्मिका एरिस फ्रेडले जर्मनी भाषमा आफ्ना कविताकृतिहरू प्रकाशित गरेका छन् । उनले अंग्रेजी भाषामा लेखिएका रचनाहरूलाई जर्मनी भाषमा अनुवाद गर्ने कामसमेत गरेका छन् । मुख्यत: विलियम शेक्सपियरका कृतिहरूको जर्मनी भाषमा अनुवादको श्रेय जान्छ । उनका जर्मनी (१९४४), आस्ट्रिया (१९४५), एण्ड भियतनाम एण्ड (१९६६) लगायतका कृतिहरू प्रसिद्ध छन् । कविताको अलावा उनले रेडियो नाटक र उपन्यासहरू पनि लेखेका छन् । प्रस्तुत छ, द मार्जिनका लागि राजु झल्लु प्रसादले अनुवाद गरेका उनका पाँच कविताहरूः
१. बिमार
जसले कहिल्यै तोडेको छैन
यस समाजको नियमहरू,
कहिल्यै
तोड्ने पनि छैन,
र, न कहिल्यै
तोड्न चाहन्छ,
ऊ बिमार छ ।
२. यथास्थिति
जो चाहन्छ-
संसार जस्तो छ, त्यस्तै रहिरहोस्
ऊ चाहदैन
कि संसार बाँकी रहोस् ।
३. स्वतन्त्रता
यो बताउनु
कि यहाँ स्वतन्त्रता छ,
मेसा एक गल्ती हुनेछ
या एक झूठ
स्वतन्त्रताले
कहिल्यै शासन गर्दैन ।
४. घटना जो घटीरहेछ
घटना घट्दै आएको हो
र, घटना घट्दै गइरहेको छ
र, घटना घटीरहनेछ बार-बार
यदी यसको विरुद्ध केही गरिएन भने ।
स-साना बच्चाहरू केहि जान्दैनन्
किनभने उनीहरू स-साना छन् ।
गरिबहरू ध्यान दिदैनन्
किनभने उनीहरू बहुत गरिब छन् ।
र, धनवान कोही ध्यान दिइरहेका छैनन्
किनभने उनीहरू बहुत धनवान छन् ।
मूर्खहरू खासै चासो दिइरहेका छैनन्
किनभने उनीहरू बहुत मूर्ख छन्।
र, बुद्धिमानहरू पनि खासै चासो दिइरहेका हुँदैनन्
किनभने उनीहरू बहुत बुद्धिमान छन् ।
युवायुवतीहरू यसप्रकारको कुराहरू प्रवाह गर्दैनन्
किनभने उनीहरू बहुत युवा छन् ।
र, वृद्धवृद्धाहरू यसप्रकारको कुराहरू गरेर चिन्तित हुन् चाहदैनन्
किनभने उनीहरू बहुत वृद्ध भइसकेका छन् ।
यसकारण यसको विरुद्ध कहिल्यै केहि हुँदैन
र, यसकारण केही हुँदैहुँदैन
र, सधैं यही भइरहन्छ
र, बारबार भइरहनेछ यही ।
५. यो त्यही हो
विवेक यसलाई ‘मूर्खता’ भन्छु,
प्रेम भन्छ, ‘यो त्यही हो, जो यो हो ।’
अनुमान यसलाई ‘दुर्भाग्य’ भन्छ,
डर भन्छ, ‘दर्द बाहेक यो केही होइन ।’
सहजबोध यसलाई ‘भविष्यहीन’ भन्छ,
प्रेम भन्छ, ‘यो त्यही हो, जो यो हो ।’
अहंकार यसलाई ‘हास्यास्पद’ भन्छ,
सतर्कता भन्छ, ‘लापरवाह ।’
अनुभव यसलाई ‘असम्भव’ भन्छ,
प्रेम भन्छ, ‘यो त्यही हो, जो यो हो ।’