विज्ञानमाथि यत्रो लगानी कसले गरिरहेछ, किन गरिरहेछ?

You are currently viewing विज्ञानमाथि यत्रो लगानी कसले गरिरहेछ, किन गरिरहेछ?

हामी वैज्ञानिक युगमा जीवनयापन गरिरहेका छौँ। कयौँ मानिस आज यस कुरालाई चुपचाप स्वीकारीरहेका छन् कि विज्ञान एवं र प्रविधिसँग हाम्रो सम्पूर्ण समस्याहरूको समाधान मौजूद छ। हामीलाई सिर्फ वैज्ञानिक एवं प्राविधिकहरूलाई उनीहरूको काम गर्न दिनुपर्छ। उनीहरू पृथ्वीमा नै स्वर्ग निर्माण गर्न सक्छन्। तर, विज्ञान कुनै यस्तो उद्यम होइन, जो बाँकी सम्पूर्ण मानवीय गतिविधिहरूभन्दा माथि नैतिक या आध्यात्मिक स्तरमा खडा हुन् सकोस्। हाम्रो संस्कृतिको तमाम दोस्रो अंगहरू जस्तै नै यसको रूपाकार पनि आर्थिक, राजनैतिक एवं सामाजिक हितबाट नै तय हुने गर्छ।

प्रथमत: विज्ञान निकै खर्चिलो मामिला हो। मानवको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) लाई बुझ्ने कोसिसमा लागेको एक जीव-वैज्ञानिकलाई प्रयोगशाला, सहायक कर्मचारी, टेस्ट-ट्युब्सहरू, प्लम्बरहरू एवं क्लिनरहरू त आवश्यक पर्छ नै साथसाथै उसलाई इलेक्ट्रोसियन्सहरू, रासायनिक पदार्थहरू, इलेक्ट्रोन माइक्रोस्कोपहरूको पनि जरूरत पर्दछ। क्रेडिट मार्केट्सको मोडल तयार गर्ने कोसिसमा लागेको एक अर्थशास्त्रीलाई कम्प्युटर खरिद गर्नु, विशाल डेटा बैंक स्थापित गर्नु एवं सुरक्षित किसिमको डेटा-प्रोसेसिङ प्रोग्राम विकसित गर्नु अनिवार्य हुन् आउँछ; जून स्वभावतः खर्चिलो छ। आदिम शिकारी (भोजन संग्रहकर्ताहरू) को व्यवहारलाई बुझ्नको लागि इच्छुक पुरातत्वविद्ले दोस्रो देशहरूको भ्रमण गर्नु, प्राचीन खण्डहरहरू खन्नु एवं जीवाश्मकृत हाडखोरहरू तथा वस्तुहरूको काल निर्धारित गर्नु अनिवार्य हुन आउँछ। यो सब गर्नको लागि पैसा अत्यावश्यक पर्दछ।

पछिल्लो पाँच सय वर्षको अन्तरालमा वैज्ञानिक अनुसन्धानको लागि ज्यादातर सरकार, व्यापारिक घराना, फाउन्डेसन एवं निजी दाताहरूद्वारा अर्बौं डलरको आपूर्ति जारी राख्न तत्परता देखाएका कारण आधुनिक विज्ञानले विस्मयकारी उपलब्धी हासिल गरेको छ। यी लाखौँ डलरले ब्रम्हाण्डको रूपरेखा तयार गर्ने दिशातर्फ, ग्रह एवं ताराहरूको मानचित्र तयार गर्ने दिशातर्फ, प्राणीहरूको साम्राज्यको क्याटलग तयार गर्ने दिशातर्फ निकै गुणा बढी काम गरेको छ। जति ग्यालिलियो ग्यालीली, क्रिस्टोफर कोलम्बस एवं चार्ल्स डार्बिनले गरेका थिए। यदी यस्ता खास विलक्षण प्रतिभाहरू पैदा भएका हुँदैन थिए भने पनि यिनीहरूको अन्तरदृष्टिहरू सायद दोस्रो मानवको माध्यमबाट सामुन्ने आइसकेको हुने थियो। तर यदि समूचित निकायहरू उपलब्ध हुँदैन थियो भने कयौं विलक्षण बौद्धिक प्रतिभाहरू यसै खेर जान्थे- आवश्यक संसाधनको अभावमा। 

उदाहरणको लागि, यदि डार्बिनको जन्म भएको थिएन भने आज हामी ‘विकासवाद सिद्धान्त’को श्रेय अल्फ्रेड रसेल वालेसलाई दिइरहेका हुन्थ्यौँ। वालेस डार्बिनभन्दा स्वतन्त्ररूपमा प्राकृतिक वरणको बाटोमा विकास-प्रक्रियाको विचारलाई हिँडाउने चिन्तक थिए। तर यदि युरोपेली शक्तिहरूले सम्पूर्ण दुनियाँको भौगोलिक, जीववैज्ञानिक एवं वनस्पतिशास्त्रमा पैसा लगाएका हुन्न थिए भने डार्बिन या वालेस कसैको पनि विकासवासको सिद्धान्त उद्घाटित् हुनको लागि आवश्यक अनुभवपरक आँकडा उपलब्ध हुँदैन थियो। अझ यो पनि सम्भावना छ कि उनीहरूले यस्तो सिद्धान्त उद्घाटन गर्नतर्फ सोच्ने नै थिएनन्।

के कति कारणले सरकार एवं व्यापारिक घरानाको ढुकुटीबाट अर्बौं डलर बगेर प्रयोगशाला तथा विश्वविद्यालयहरूमा पुगिरहेको छ? यो महत्वपूर्ण प्रश्न हो। एकेडेमिक समुदायमा यस्ता कयौं ‘भोलाभाला’ व्यक्तिहरू छन्, जो अरू केही पनि नसोची सरासर विज्ञानप्रति विश्वस्त छन्। उनीहरूकाअनुसार सरकार एवं व्यापारिक घरानाहरू प्रयोगशाला तथा विश्वविद्यालयहरूलाई उनीहरूको मनमर्जी मुताबिक अनुसन्धानको लागि निःस्वार्थ भावले पैसा दिने गर्दछन्। यहीँनेर भोलाभोला व्यक्तिहरू वैज्ञानिक फन्डिङको असली यथार्ततालाई बयान गर्न असमर्थ छन्।

ज्यादातर वैज्ञानिक अध्ययनहरूको आफ्नो निति उपलब्ध गराउनुको प्रमुख ध्येय हो- यस अध्ययनले कुनै पनि राजनैतिक, आर्थिक एवं सामाजिक लक्ष्यहरू हासिल गर्नमा मद्दत पुर्याउनेछ भनेर विह्स्वास दिलाउनु। उदाहरणको लागि, सोह्रौं शताब्दीका सम्राट एवं बैंकरहरूले सम्पूर्ण दुनियाँको भौगोलिक खोज-अनुसन्धान अभियानको लागि आवश्यक धन उपलब्ध गराएर हरसम्भव बाटो खोलिदिए तर बाल-मनोविज्ञानको अध्ययनको लागि एक पैसा पनि छुट्टाएनन्। यो यसकारण गरिएको थियो कि सम्राट एवं बैंकरहरू नयाँ भौगोलिक ज्ञानको खोजले उनीहरूलाई नयाँ मुलुकमाथि विजयी हासिल गर्न एवं त्यहाँ आ-आफ्ना साम्राज्य खडा गर्न सजिलो पार्थ्यो। जबकी बाल मनोविज्ञानमा पैसा लगाउँदा उनीहरू आफ्नो फाइदा भेटिरहेका थिएनन्।

इस्वीको १९४० मा अमेरिका एवं सोभियत युनियनले जलमग्न पुरातत्व (अन्डरवार्टर आर्कियोलोजी) को साटो परमाणु भौतिकी अध्ययनको लागि प्रचुर मात्रामा संसाधन उपलब्ध गराएको थियो। उनीहरू यो मानिरहेका थिए कि परमाणु भौतिकीकाे अध्ययनले परमाणु हतियार विकसित गर्न सक्षम बनाउनेछ। जबकि जलमग्न पुरातत्वबाट युद्ध जित्नको लागि अनेकन् नयाँ मोडहरू भेटिने थियो। 

वैज्ञानिक स्वयं यस्ता अनेकन् राजनैतिक, आर्थिक एवं सामाजिक स्वार्थहरूप्रति सजक हुँदैनन्; जसले पैसाको प्रवाहलाई नियन्त्रीत गरिरहेको छ। ज्यादतर वैज्ञानिक आफ्नो विशुद्ध बौद्धिक जिज्ञासाका कारण काम गरिरहेका हुन्छन्। यसकारण पनि वैज्ञानिक कार्यसूचीलाई वैज्ञानिकले नै तय गरिरहेको कम भेटिन्छ।

यहाँसम्म कि यदि हामी राजनैतिक, आर्थिक एवम् सामाजिक स्वार्थहरूदेखि मुन्टो मोडेर विशुद्ध विज्ञानमा पैसा लगानी गर्न चाहन्छौँ भने पनि त्यो सायद नै सम्भव हुन पाउँछ। हाम्रो संसाधन पनि त आखिर सीमित नै छ। 

अमेरिकी कंग्रेसको कुनै पनि सदस्यबाट प्रारम्भिक अनुसन्धानको लागि नेशनल फाउन्डेसनलाई थप १० लाख दिनको लागि भनियो भने ऊ सो पैसा लगाउनको लागि फाउन्डेसनसँग अनेक स्रोतहरू भएको बताइहाल्छ। ऊ प्रश्न गर्नेछ, ‘के यो पैसा अध्यापाकहरूको प्रशिक्षणमा लगाउन सकिन्न? के यो पैसा उसको जिल्लाको करिबन बन्द हुने अवस्थामा पुगिसकेको फ्याक्ट्रीलाई जरुरी ट्याक्स तिर्नको लागि दिन सकिन्न?’

‘सबैभन्दा महत्वपूर्ण के हो’ र ‘योभन्दा राम्रो के हो?’, यसप्रकारको प्रश्न वैज्ञानिक प्रश्न नै होइन। विज्ञान यो सम्झाउन सक्दछ कि ‘दुनियाँमा कुन चीजको अस्तित्व छ, त्यो चीज कसरी काम गर्दछ र त्यो चीजको भविष्य कस्तो छ?’ स्वभावत: उसको यो जान्ने कुनै पनि महत्वकांक्षा हुँदैन कि भविष्यमा के हुनेवाला छ? सिर्फ ऊ सामाजिक एवं वैचारिक क्षेत्र नै यस्ता प्रश्नहरू गर्ने गर्दछ।

एकपटक यो असमञ्जस्यता माथि विचार गरौँ। एकै विभागमा, एकै प्रकारको पेशेवर दक्षता भएको दुई जीव-वैज्ञानिकहरूले आफ्नो ताजा अनुसन्धात्मक परियोजनाहरूका लागि १० लाख डलर भुक्तानी पाउनको लागि आवेदन दिएका छन्। प्रोफेसर स्लगहार्न त्यो रोगको अध्ययन गर्न चाहन्छन्, जसको संक्रमणका गाईको थुन खराब भएको छ। जसले दूध उत्पादनमा करिब १० प्रतिशतले कमी ल्याइरहेको छ। प्रोफेसर स्प्राउट यस कुराको अध्ययन गर्न चाहन्छिन् कि गाईलाई उसको बाछाबाछीबाट अलग गरिदिएपछि के ऊ मानसिक यातना झेलिरहेकी हुन्छे? यो स्वीकारौँ की पैसाको मात्रा सीमित छ र दुवै अनुसन्धनात्मक परियोजनाहरूका लागि आवश्यक धन जुटाउन असम्भव छ। अब कुन परियोजनाका लागि पैसा दिइनेछ होला?

यस प्रश्नहरूको कुनै वैज्ञानिक जवाफ छैन। यसको केवल राजनैतिक, आर्थिक एवं सामाजिक जवाफ छ। आजको दुनियाँमा यो मामुली कुरा हो कि स्लगहार्नको पैसा मिल्ने सम्भवना प्रबल छ। स्लगहार्नलाई पैसा यसकारण मात्रै मिलिरहेको छैन कि थुनको रोग वैज्ञानिक दृष्टिले गाईको मनस्थितिभन्दा दिलचस्पी छ बरू यसकारण कि डेरी उद्याेगको राजनीतिक एवं आर्थिक प्रतिष्ठा एवं प्रसिद्धी पशु हकसँग जोडिएको जनमतभन्दा निकै बढी छ। डेरी उद्याेग यस अनुसन्धानबाट लाभान्वित हुने सम्भवना अधिकतर छ।

सायद हिन्दु समाज (जहाँ गाइको पूजा गरिन्छ) को एक व्यक्ति या पशुहरूको हकप्रति प्रतिबद्ध कुनै पनि समाजमा प्रोफेसर स्प्राउटको परियोजना ज्यादा महत्वपूर्ण हुन् सक्दछ। तर प्रोफेसर स्प्राउट एक यस्तो समाजमा पुग्दछन्, जहाँ दूधको वाणिज्य सम्भावानाहरू र आफ्ना समाजका व्यक्तिहरूको स्वास्थ्य गाईको भावनाभन्दा ज्यादा महत्वपूर्ण मानिन्छ भने उनीसँग एउटा सम्भावना रहन्छ कि उनी आफ्नो अनुसन्धानको प्रस्ताव यसप्रकार लेख्न बसुन्, जो ती धारणाहरूसँग मेल खान्छ। उदाहरणको लागि- उनी यसप्रकार लेख्न सक्छन्, ‘यसले कमजाेर हुँदै गएको दूध उत्पादन क्षमतामा कमी ल्याउँछ। यदि हामी डेरीको गाईहरूको मानसिक दुनियाँलाई ठिकठिकसँग परख गर्दछौँ भने हामी यस्तो साइक्याट्रिक औषधिहरू तयार गर्न सक्छौँ। जो गाईको मनस्थितिमा सुधार ल्याउन सक्दछ। अझ औषधीको कारण दूध उत्पादनमा १० प्रतिशतसम्मको बढोत्तरी पनि हुन सक्छ। मेरो आंकलन छ कि गाईहरूलाई साइक्याट्रिक औषधिले वार्षिक २,५०० मिलियन डलरको वैश्विक बजार उपलब्ध गराउनेछ।’

विज्ञान स्वयं आफ्नो प्राथमिकताहरू तय गर्न असमर्थ छ। ऊ यो कुरा निर्धारण गर्न असमर्थ छ कि ऊ आफ्नो खोजीको साथ के गरोस्? उदाहरणको लागि, वैज्ञानिक दृष्टिकोणले यो कुरा अस्पष्ट छ, जेनिटिक्सतर्फको हाम्रो बढिरहेको उत्तरोत्तर बुझाइलाई हामीले कसरी उपयोग गर्नुपर्दछ? यो ज्ञानको उपयोग हामी क्यान्सरको चिकित्सा प्रणालीको लागि गर्ने हो? या जेनेटिक परिवर्तनबाट निर्मित सुपरम्यानको प्रजातिको रचना गर्नका लागि गर्ने हो? या, ठूला-ठूला थुन भएका डेरी गाईहरू तयार गर्नको लागि गर्ने हो? यो पक्का कुरा छ, एक उदारतावादी सरकार, एक साम्यवादी सरकार, एक नाजी सरकार र एक पूँजीवादी औद्योगिक कर्पोरेसन; यस वैज्ञानिक खोजको उपयोग अलग-अलग उद्देश्यका लागि गर्नेछन्। र, कुनै एक उपयोग र दोस्रो उपयोगलाई वरियता क्रममा राख्नुको कुनै वैज्ञानिक कारण छैन। यसैले त्यसो नगरौँ।

संक्षेपमा, वैज्ञानिक अनुसन्धान कुनै पनि सामाज वा विचारधारासँग गठबन्धन गरेर नै फल्न-फूल्न सक्दछ। अनुसन्धानको लागतको औचित्य विचारधाराले तय गर्दछ।  बदलामा, यो विचारधारा वैज्ञानिक कार्यसूचीमाथि प्रभाव पार्नेछ र यो तय गर्नेछ कि खोजको उपयोग कहाँ गर्न सकिनेछ। यसकारण यो बुझ्न जरूरी हुन्छ, असंख्य वैकल्पिक गन्तव्यहरूमध्ये अलामोर्गेडो एवं चन्द्रमासम्म कसरी पुगेको छ? यो प्रश्नको जवाफ भेट्न भौतिकवीदहरू, जीववैज्ञानिकहरू एवं समाजशास्त्रीहरूको उपलब्धिहरूको सर्वेक्षण मात्र काफी छैन। यसको लागि हामीलाई ती विचारधारात्मक, राजनैतिक तथा आर्थिक शक्तिहरूप्रति पनि पारख गर्नुपर्दछ। जसले भौतिकी, जीवविज्ञान तथा समाजविज्ञानको अनुहार बनाउँदै ती अनुहारलाई खास दिशातर्फ धकेलिरहेका छन्। दोस्रो दिशालाई अनदेखा गरिरहेका छन्।

दुई शक्ति (साम्रज्यवाद र पूँजीवाद) हरू प्रायजसो यस्तै नै हुने गर्छन, जसतर्फ हामीले ध्यान दिनु आवश्यक छ। विज्ञान, साम्राज्य एवं पूँजीको प्रतिक्रिया-चक्र (फिडब्याक लूप) पछिल्लो पाँच सय वर्षमा तर्कसंगत ढंगबाट इतिहासको मुख्य इन्जिन बन्दै आइरहेको छ। 

युभाल नोहा हरारीको पुस्तक ‘सेपियन्स’बाट  (अनुवाद: राजु झल्लु प्रसाद)

Leave a Reply