उजाले अपनी यादों के हमारे साथ रहने दो
न जाने किस गली में ज़िन्दगी की शाम हो जाये !’
कोई हाथ भी न मिलाएगा जो गले मिलोगे तपाक से
ये नए मिजाज का शहर है, जरा फ़ासले से मिला करो ।’
यी सेरहरूले भोपालको सायरलाई दुनियाँभरमा पुर्यायो । यी सेरहरू आज पनि मानिस गुनगुनाइरहेका छन्, महेफिलमा गुन्जीरहेको छ । त्यो व्यक्ति जो यी सेरहरू पढ्दै महफिल गुल्जार गरि हिँड्ने गर्दथे, सोही व्यक्ति मकबूल सायर पद्मश्री बशीर बद्र (सैयद मोहम्मद बशीर) साहब आज भोपालमा डिमेन्शिया नामक रोगसँग जुधिरहेका छन् । मानिसको मनका अवयवहरू र भावनाहरू सधैँ स्मृतिमा नहुनु डिमेन्शिया रोगको विशेषता हो ।
बशीर साहबलाई कुनै एक भाषाको सायर बताउन या कोहीसँग दाँज्न मुस्किल छ । उनी न मीरजस्ता देखिन्छन्, न गालिब जस्ता । उनी ‘बशीर’ जस्तै छन् । उनको आफ्नै अलग उपस्थिति छ ।
सर झुकाओगे तो पत्थर देवता हो जाएगा
इतना मत चाहो उसे वो बेवफा हो जाएगा
हम भी दरिया हैं हें अपना हुनर मालूम है
जिस तरफ भी चल पड़ेंगे रास्ता हो जाएगा
बशीर साहेब ‘आसान लफ्जों’मा ‘गहरी बात’ भन्नका लागि माहिर छन् । आफ्नो गजलमा ‘आम आदमीको एहसास’ र ‘दौरे हालात’ बयान गर्नका लागि उनी खप्पिस देखिन्छन् । यसकारण भन्न सकिन्छ- ‘बशीर साहब ‘आम आदमी के शायर’ हुन् ।’ जिन्दगीको साना-मसिना कुराहरूलाई ‘बेहद खुबसूरती’ र ‘सलिके’ सहित आफ्नो गजलमा उतार्नु बशीर साहबको ‘खासियत’ हो । उनीमार्फत उर्दू गजलले ‘एक नया लहजा’ पाएको छ ।
***
१५ फेब्रुअरी १९३६ मा अयोध्यामा जन्मिएका बशीर साहेबको बचपन कानपुरमा बित्यो । आलिगढमा पढे । बचपनदेखि नै ‘आजादी का दिवाने’ बशीर साहेबले भारत-पाक विभाजनको दर्द देखे ।
दुश्मनी जम के करो लेकिन ये गुंजाइश रहे
जब कभी हम दोस्त हो जायें तो शर्मिंदा न हों
यस पंक्ति बशीर साहबले मुलुक विभाजनपश्चात लेखेका थिए, जसलाई १९७२ मा सिमला सम्झौता (बंगलादेश पाकिस्तानी शासनदेखि मुक्त भएको समय)को दौरान जुल्फिकर अलि भुट्टोले इन्दिरा गान्धीलाई सुनाएका थिए । एउटा सेर ऐतिहासिक कालखण्डको साक्षी भएको थियो, यसले सेरको आयू बताउँछ । पछि, उनले मेरठको साम्प्रदायिक हिंसा (१९७८) पनि व्यहोर्नुपर्यो । जसको चर्चा नगरी बशीर साहेबलाई पढ्नु ‘न-इन्साफी’ हुन्छ ।
मेरठ हिंसा
बशीर साहब त्यस समय मेरठ कलेजमा पढाउने गर्दथे । उनको परिवार मेरठकै शास्त्रीनगरको विकास कलोनीको घर नम्बर १२० मा रहन्थ्यो । त्यस समयलाई बताउने हालतमा उनी छैनन् तर उनको छिमेकी अनिल त्यागी त्यस समयलाई याद गर्दै भन्छन्, ‘पुरै शहरमा हिंसा भड्किएको थियो । मानिसहरूको एकअर्काको रगतको प्यासी बनेका थिए ।’
मेरठमा अप्रिल १९८७ मा हिंसा शुरु भएको थियो, जो तीन महिनासम्म चल्यो । यस हिंसामा १०० भन्दा बढी मानिसको हताहती भएको थियो भने १५०० भन्दा बढी व्यक्ति घाइते भएका थिए (इन्डिया टुडे) । हिंसाको शुरुवातमै बशीर साहब आफ्नो इष्टमित्रको घरमा आफ्नो बसेरा बोकेर गएका थिए । तर, दुर्भाग्यको कुरा, घरमा उनको सानो छोरा (बिनु) छाडिएका थिए । उनी छोरालाई लिन आउथे होला तर स्थिति सहज रहिदिएन । पछि बिनुलाई त्यागीले आफ्नो घरमा राखे ।
अनिल त्यागी भन्छन्, ‘घटना हुने दिन बिहान अचानक कोलनीको दक्षिण भागबाट केही अन्जान व्यक्तिको भिड हामीतर्फ आयो । बिहानको समय थियो, प्रायः मानिसहरू आ-आफ्नै घरमा थिए । यसैले आ-आफ्नै घरमा बन्द भए । तर, कोलनीमा छिरेका उपद्रवीहरूले बशीर बद्रको ‘मकान’मा हमला बोलिदिए । तर, सौभाग्यको कुरा यो रह्यो कि घरमा कोही पनि थिएन । बिनु त्यतिबेला बाहिर पार्कमा खेलिरहेको रहेछ ।’ त्यागीका अनुसार, बशीर साहबको घरमा तोडफोड एवं आगजनी गरिएको थियो । केही सामानहरू लुटिएको पनि थियो । यस हिंसापश्चात उनले लेखेका थिए:
लोग टूट जाते हैं एक घर बनाने में,
तुम तरस नहीं खाते बस्तियाँ जलाने में
यी दुई पंक्तिले त्यो सब कुरा बोलेको छ, जो सो हिंसात्मक दंगामा फसेका व्यक्तिहरू बोल्न सकिरहेका थिएनन् । यो सेरले त्यो घटना कति हिंसात्मक थियो उल्लेख गर्दछ ।
मेरठको दुई कोठे ‘कमारा’ जलेपश्चात् बशीर साहब मेरठदेखि दूर भए । उनी भोपाल (१९८८) आइपुगे । आज भोपालको ईदगाह हिल्सको १२ कोठा भएको हवेलीमा आफ्नो रोगसँग लडिरहेका छन् । तर, उनमा ‘सायरी की जज्बा’ बरकरार नै थियो । यसैले त भन्दैछन्ः
मैं ने इक नॉवेल लिक्खा है आने वाली सुब्ह के नाम
कितनी रातों का जागा हूं नींद भरी है आंखों में
***
मै कमजोर शायर हुँ……
कहने वाले दो मिसरों में सारा किस्सा कहते हैं
नाच नहीं आता जिनको वो आंगन टेढ़ा कहते हैं
यो सेर समकालीन सायरहरूमाथि व्यंग्य मात्रै थिएन, समकालीन हिन्दी-उर्दू गजलमा देखिएको विसंगतिको चित्रण पनि थियो । लामा-लामा सेर-सायरी गर्दा पनि खासै केही कुरा गर्न नसक्नेहरूमाथि बशीर साहबको चुनौती थियो । उनी आफ्नैबारे दुई वाक्यमा भन्ने गर्छन्, ‘यस देशको हरेक पाँचौं आदमीलाई मेरो सेर याद छ, यस्तोमा म मेरैबारे के तारिफ गरौँ ? गजलमा अहिले जो धुँवा उठेको छ, चिराग जलाउनेमध्ये एक म पनि हुँ ।’ यो घतलाग्दो कुरा हो कि, खुलमखुला उनी आफ्नोबारे तारिफ गरिरहेका भेटिन्छन्, त्यो चाहे किताबको भूमिकामा होस् या मन्चमा या कुनै अन्तर्वार्तामा ।
बशीर साहबका अनुसार, अरबी, फारसी या उर्दू ‘लफ़्ज़ों के इस्तेमाल’ले मात्रै सायरी हुँदैन । जमिनदेखि उम्रिएको जुबान हुनुपर्दछ, जो पढ्ने (सुन्ने)हरूको हृदयमा हुर्किन्छ, त्यो गजल हो । उनका गजल आज अनेकन हृदयमा हुर्किरहेका छन्, फुलिरहेका छन्, मगमगाइरहेका छन् । पंक्तिकार समकालीन साहित्यिक गल्लीहरूमा हिँडिरहँदा कहिलेकसो ‘बशीर साहब’ जस्तै ‘महक’ भेट्दछ । ‘अनन्त अनुराग, निरज भट्टराई, दिनेश राज ज्ञवाली, मुल्ला नशुरुद्दीन, एमपी केयरलेस या रसिक राज’ केही यस्ता ‘महक’का नाउँ हुन् ।
बशीर साहब आफैँ पनि भन्छन्, ‘थोडा सा और, आपको मेरी मद्दत करनी पडेगी । मे कमजोर शायर हुँ, जब तक लोग मुझे मोहब्बत से याद नही करते, मेँ बाहर नही निकलता ।’
बे-वक़्त अगर जाऊंगा सब चौंक पड़ेंगे
इक उम्र हुई दिन में कभी घर नहीं देखा
यसमा लामो बहस आवश्यक नै छैन- एउटा सर्जक आफ्नो कतिवटा सिर्जनाले बाच्दछ भन्दा पनि कुन सिर्जनाले बाच्दछ भन्ने कुरा महत्वपूर्ण हो । अनेकौँ गीत गाउनेहरूको सामुन्ने थोरै गीत गाएका नारायण गोपाल, भक्तराजहरू किन भारी पर्छन्रु पंक्तिकारको मनमा आकस्मिक घट्न आइपरेको प्रश्नको जवाफमा बशीर साहब भन्दछन्, ‘मीर ताकी मीरका गजललाई ‘खुदा’सम्म भन्ने गरिन्छ । उनले १८ हजार भन्दा ज्यादा सेर लेखेको भएता पनि मानिसहरूलाई ७०-७२ सेर मात्रै याद छ । गालिबको १,४०० सेरहरूमध्ये मानिसहरूलाई १४-१५ सेर याद होला । बाँकी शायरहरूलाई एउटा-दुइटा सेरले नै ‘मशहुर’ बनाएको हो । कतिवटा होइन कस्तो लेखेँ भन्ने कुरा महत्वपूर्ण हो ।’
बशीरका सेर सार्वजनिक कार्यक्रमहरूमा पनि पढिए….
सबकी पूजा एक सी अलग-अलग है रीत
मस्जिद जाए मौलवी कोयल गाए गीत
जगजित सिंहले एक अन्तर्वार्तामा भनेका थिए, “डा. बद्र सीधासाधा लेख्छन् । सरल भाषा प्रयोग गर्दछन् । यसकारण उनको सेरहरूलाई धुनमा बाँध्न र डुबेर गाउन ‘अच्छा’ लाग्छ । जब उनी रोमान्टिक हुन्छन् पूरै रोमान्टिक हुन्छन् । जब उनी फिलोसफिकल हुन्छन् पूरै फिलोसफिकल हुन्छन् । ” ‘सोचा नही अच्छा बुरा, तेरे अलवा याद हमे’ लगायतका गजल जगजितले गाएका छन् ।
उनका सेरहरू पटकपटक विभिन्न व्यक्तिद्वारा सार्वजनिक कार्यक्रममा पढिएको छ । उदाहरणस्वरूपः
उजाले अपनी यादों के हमारे साथ रहने दो
न जाने किस गली में जिंदगी की शाम हो जाए
यही सेर लेखेर इन्दिरा गान्धीले आफ्नो सहेली रिता शुक्लालाई एक चिठी लेखेकी थिइन् । यहि सेर सुप्रसिद्ध अभिनेत्री मिना कुमारीले ‘स्टार एण्ड स्टाइल’मा आफ्नो हातमा उर्दू लबजमा लेखेकी थिइन् । यहि सेर राज्य सभामा नारायण दत्त तिवारीले रिटायर हुने बखत पढेका थिए ।
कोई हाथ भी न मिलाएगा जो गले मिलोगे तपाक से
ये नए मिज़ाज का शहर है ज़रा फासले से मिला करो
यस सेर मिस वर्ल्ड सुष्मिता सेनले पनि पढेकी थिइन् ।
***
आफ्नै सेर आफ्नै पाठ्यक्रममा आफैँले पढेका बशीर ।
मैं चुप रहा तो और ग़लत फ़हमियाँ बढ़ीं
वो भी सुना है उसने जो मैं ने कहा नहीं
बशीर साहबले अलीगढ विश्वविद्यालय (एएमयु)बाट ४६ साल पश्चात पीएचडीको डिग्री प्राप्त गरेका छन् । उनले जुन विश्वविद्यालयबाट जीवनको पछिलो समयमा पीएचडीको डिग्री प्राप्त गरे, सोही विश्वविद्यालयसँग जोडिएको एउटा रमाइलो प्रसंग छ, जसलाई सविस्तार यसरी बताऊँः
बशीर साहबले १९७३ मा पीचडी गरेका थिए । उनको विषय थियो- ‘आजादी के बाद की गजल का तनकीदी मुताला ।’ यसै शीर्षकमा उनले आफ्नो थेसिस एएमयुमा बुझाएका थिए । थेसिसमा उनले १९७० सम्म शायरहरूलाई सामेल गरेका थिए । रमाइलो कुरा, यस थेसिसमा उनकै ८७ वटा सेरहरू रहेका छन् । यो उनले खुद गरे या कसैको आग्रहमा गरे यसबारे उपयुक्त कथन भेट्न पंक्तिकार असमर्थ छ ।
थेसिस बुझाएपश्चात बशीर साहब अध्यापन र सेर-सायरीमा रमाए । पीएचडीको डिग्री लिएकै थिएनन् । गत जनवरी (२०२१) मा अलीगढ मुस्लिम युनिभर्सिटीले बशीर साहबलाई सो डिग्री दिएको छ । बशीर साहबकी पत्नी डा. राहत बद्र और छोरा तैयब बद्रलाई यस डिग्री पाप्त गर्नका लागि थुप्रैपटक एएमयुकहाँ पुगेका थिए । “डिग्रीलाई उनले छातीमा राखे र निकै खुसी भएँ’, डा. राहत भन्छन् ।
बशीर साहब दस वर्षको मात्रै थिए, उनको ‘वालिद’को मृत्यु भयो । उनको एकातर्फ पढाइ चलिरहेको थियो भने अर्कोतर्फ जीवन धान्नुपर्ने बाध्यता थियो । उनी काम गर्ने, पढ्ने र सेर-सायरी सबै एकैसाथ गरिरहेका थिए । जब उनले अलीगढ मुस्लिम युनीभर्सिटीमा एडमिशन लिए र, सेर-सायरीको क्लासमा पुगे तब उनी अचम्मित भए । कारण थियो, उनको सेर सिलेवशमा थियो, बकाइदा पढाइ हुन्थ्यो । छोरा तैयबका अनुसार, ‘अब्बासँग अब्बाकै सेरको बारेमा प्रोफेसरले प्रश्न गरेका थिए र अब्बाले सेरको व्याख्या पनि गरेका थिए । तर प्रोफेसरले यो सेरले त्यसो नभएर यसो-यसो भनेको हो भनेर अब्बाकै सामुन्ने बताएका थिए अरे । तैयब भन्छन्, “अब्बा यो किस्सा मलाई खुब सुनाउने गर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो कि ‘आफ्नो रचनाको बारेमा सर्जक भन्दा दोस्रो व्यक्ति नै सहि हुने गर्दछ ।’ म प्रोफेसरको व्याख्याले खुसी हुन्थे ।”
त्यो सेर यो थियो,
‘अब मिले हम तो कई लोग बिछड़ जाएंगे,
इंतजार और करो अगले जनम तक मेरा ।’
१९६९ मा बशीर साहबले एएमयुबाट स्नातकोत्तरको उपाधि लिएका थिए । उनले १२ अगस्ट १९७४ मा लेक्चररको रूपमा मेरठ कलेजको उर्दू विभागमा प्राध्यापन शुरु गरेका थिए । यस कलेजमा उनी १९९० सम्म रहे । १९७४-१९९० को समयकाल नै बशीर साहबको ‘समयकाल’ थियो, यहि समयमा उनले चर्चाको शिखर चुमेका थिए ।
आफ्नै सेर ‘कसको हो भन्दैछन्’ बशीर साहेब ।
“तर, आजभोलि चाहिँ उहाँ (बशीर साहब) अघिल्लो पंक्ति भनेको खण्डमा दोस्रो पंक्ति भन्ने गर्नुहुन्छ, धेरै कुरा बिर्सिंदै गइरहनुभएको छ,” छोरा तैयब भन्छन्, “अब्बालाई आफ्नो एउटा सेर निकै मनपर्छ । उनी अघिल्लो पंक्ति मलाई भन्न ल्याउछन् र दोसो पंक्ति आफै पुरा गर्छन् । त्यो सेर हो-
उजाले अपनी यादों के हमारे साथ रहने दो,
न जाने किस गली में जिंदगी की शाम हो जाए ।
बशीर साहबको छोरा तैयब र पत्नी राहत
तैयब अगाडि भनछन्, “मलाई बुबाको एउटा सेर निकै मनपर्छ । उहाँलाई सुनाइराख्छु । वाह वाह गर्नुहुन्छ तर लगत्तै प्रश्न गर्नुहुन्छ, ‘यो कसको सेर हो ?” म यो तपाईंकै हो अब्बा भन्छु तब उहाँ हास्नुहुन्छ । हाम्रो दिन यसैगरी बितिरहेको छ ।
तैयबको मनपसन्द सेर होः
कोई फूल धूप की पत्तियों में, हरे रिबन से बंधा हुआ,
वो ग़ज़ल का लहजा नया-नया, न कहा हुआ न सुना हुआ ।”
***
बशीर साहबलाई बुझ्नका लागि उनका एक-दुई सेर पढेर हुँदैन । पंक्तिकार यहाँनेर आइपुग्दा आफूलाई निकै कमजोर र पुड्को पाउँदछ । ‘झरीको मजा छाता ओढेर कहाँ आउँदछ ? रुझे पो आउथ्यो’, पंक्तिकार यतिखेर यहीँ लागिरहेछ । उसो त, बशीर साहब खुद भन्छन्,
यूं ही बे-सबब न फिरा करो, कोई शाम घर में भी रहा करो
वो ग़ज़ल की सच्ची किताब है, उसे चुपके-चुपके पढ़ा करो ।
बशीर साहब गजलको त्यो किताब हुन्, जसलाई एकपटक पढेर थन्काउनु हुँदैन, पटकपटक पढिरहनुपर्छ । ‘बशीर नामको गजल’ किताब र्याक, मञ्च या व्याख्याको लागि बनेकै होइन । बशीर व्याख्यातीत शायर हुन, शब्दातीत ‘इन्सां’ हुन् ।
‘मोहब्बत की सेर-ओ-सायरी’ कुरा गर्ने नै हो भने ‘बशीर साहब’लाई छुटाउनु हुँदैन भन्ने पंक्तिकारको जिकिर हो ।बशीर साहब पनि आफूलाई ‘तरक्कीपसन्द’ शायरको रूपमा नभई ‘मोहब्बत के शायर’को रूपमा याद गर्न जोड दिन्छन् । उनका अनुसार ‘जहाँ मोहब्बत छ, त्यहीँ तरक्की छ- चाहे त्यो मानिस-मानिसबीच होस् या समाज-समाज बीच ।’
‘उर्दू अदब’का यस सायरले शब्दहरूलाई ‘कुछ इस तरह पिरोया है’-
मुझे तुमसे मोहब्बत हो गई है
ये दुनिया ख़ूबसूरत हो गई है
मुझसे बिछड़ के ख़ुश रहते हो
मेरी तरह तुम भी झूठे हो
ये फूल कोई हमको विरासत में मिले हैं
तुमने मेरा कांटों भरा बिस्तर नहीं देखा
कुछ तो मजबूरियां रही होंगी
यूं कोई बेवफ़ा नहीं होता
मिल भी जाते हैं तो कतरा के निकल जाते हैं,
हाय मौसम की तरह दोस्त बदल जाते हैं
हम भी दरिया हैं हमें अपना हुनर मालूम है
जिस तरफ़ भी चल पड़ेंगे रास्ता हो जाएगा
एक दिन तुझसे मिलनें ज़रूर आऊंगा
ज़िन्दगी मुझको तेरा पता चाहिये
हर धड़कते पत्थर को, लोग दिल समझते हैं
उम्र बीत जाती है, दिल को दिल बनाने में
तमाम रिश्तों को मैं घर पे छोड आया था
फिर इसके बाद मुझे कोई अजनबी ना मिला
मुझे इश्तहार-सी लगती हैं, ये मोहब्बतों की कहानियां
जो कहा नहीं वो सुना करो, जो सुना नहीं वो कहा करो