कविता : पराजित मानिस

You are currently viewing कविता : पराजित मानिस

खोला बगिरह्यो,
मानिसले उसको बहाव रोक्न बाँध बाध्यो,
किनारा खुम्चायो, बालुवा खनायो,
तर, अहँ नदी रोकिएन !
नदी अविरल गति समातेर झरिरह्यो ।
नदी बनिरह्यो । समुन्द्र बनिरह्यो ।

पहाड अडिग रहिरह्यो,
मानिसले उसको कद तिखा¥यो,जग प्वाल पा¥यो ।
शिर छेदन गर्यो, पालुवा निमोठ्यो,
तर, अहँ पहाड रोकिएन !
पहाड अदम्य साहसको साथ उभिइरह्यो ।
जंगल हुर्काइरह्यो, झाँडी बढाइरह्यो ।

चरा चिर्बिराइरह्यो,
मानिसले उसको घाँटी अट्ठायो, ठुँड भाच्यो,
पिजडाको डर देखायो, प्वाँख कुज्जायो,
तर अहँ चरा रोकिएन,
चराले पनि मानिसलाई टेरेन ।
चिर्बिराउँदै गुँड बनाइरह्यो, बचेरा हुर्काइरह्यो ।

जीवजन्तू, कीटपतंगं कसैले मानिसलाई सुनेनन् !
ढुङ्गा, माटो, चट्टान कसैले मानीसलाई मानेनन् !
हावा, प्रकाश र मेघ गर्जन कसैले मानिसलाई स्विकारेनन् !

पराजयको सिलसिलेवार श्रृङ्खलाले मानिसको सत्तोपरान उड्यो र उडिरहेछ !
हरेकपटक
लाजले शीर,
डरले काँध,
र, निराशताले आँसु झरिरह्यो !

मानिस आफ्नो लाज लुकाएर,
आफ्नो काँध बचाएर,
आफ्नो दाँत चम्काएर,
अग्ला–बलिया महल ठडाएर घर भित्र लुक्यो , तर भुइँचालो र सुनामीले मानिसको सातो लिइदियो ।

सुकिला, चिल्ला–चिप्ला मोटर र जहाज बनाएर दौडियो,
तर झरी, बादल र पहिरोले मानिसको खुट्टा समाइदियो ।

मानिसले अन्तरीक्ष यान बनायो, रकेट लिएर भाग्न खोज्यो,
तर प्रकाश, अक्सिजनले मानिसको ओठ सुकाइदियो, घाँटी अठ्ठाइदियो !

यो सिलसिला लगातार चलिरह्यो,
मान्छेले तरबार बनायो, बंकर र युद्धपोत खडा ग¥यो,
तर हरिया पालुवाहरू फेरि देखिए, दुबोले कुरुक्षेत्र फेरि हरियो देखियो !
र, फेरि अर्कोपटक
मानिस पराजित भइरह्यो !
पटक पटक आफ्नो लाज लुकाइरह्यो !

तब न मानवले निम्तायो,
धर्मयुद्ध,
विश्वयुद्ध,
तब न मानवले निर्माण ग¥यो,
ग्यास च्याम्बर,
तरबार,
र, रोबर्ट !
तब न मानवले मच्चायो,
कोकोहोला,
रगतको नदी
र मानव संहार ।

र, फेरि अर्कोपटक
मानिस पराजित भइरह्यो !
पटक पटक आफ्नो लाज लुकाइरह्यो !

मानिसले गमला बनायो, तर फूल फुलाइरहन सकेनँ !
मानिसले प्लास्टिकको फूल सार्यो, तर सुगन्ध बसाँआइरहन सकेन !
अत्तर छर्कियो, तर भमरा डाकीरहन सकेन !

कारणहरू धेरै छन्,
परिमाणहरू धेरै छन् !

तर एउटा कुरा सधै पक्का छ,
र, फेरि अर्कोपटक
मानिस पराजित भइरह्यो !
पटक पटक आफ्नो लाज लुकाइरह्यो !

मलाई पनि त
यतिखेर ऐनासामुन्ने उभिन लाज लागिरहेको छ ।। !

(प्रकाशन मिति: १२ माघ २०७८, बुधबार १८:०६, रेडियो बिहानी)

This Post Has One Comment

  1. Manoz Lohaar

    Thorai padhiyo aaj thorai voli voli padhnu xa

Leave a Reply