कौसी पुग्नुस्, डार्क कमेडी ‘बकम्फुसे अभिभावक’ नाटक हेर्नुस्

You are currently viewing कौसी पुग्नुस्, डार्क कमेडी ‘बकम्फुसे अभिभावक’ नाटक हेर्नुस्

Raju Jhallu Prasad

दुई परिवार आ-आफ्ना बच्चाहरोको सामन्य झगडा मिलाउन वार्ताको माध्यम अपनाउँछन्, तर नाटक अघि बढ्दै जाँदा अभिवावकहरूबीच नै द्वन्द सिर्जना हुन्छ ।

image

काठमाडौं । टेकुस्थित कथा घेरा (कौसी थिएटर)मा हास्यव्यंग्यात्मक नाटक (डार्क कमेडी) बकम्फुसे अभिभावक (GOD OF CARNAGE) चलिरहेको छ । माघ २७ गतेदेखि सुरु भएको नाटक फाल्गुन ७ गतेसम्म चल्ने थिएटरले बताएको छ ।

सतिश प्रसाईको निर्देशन रहेको यस नाटकमा रीमा मिधुन मगर, सविना गोपाली, सरोज श्रेष्ठ र विम्व अधिकारिको अभिनय कुशलता देख्न सकिन्छ । दुई परिवार आ-आफ्ना बच्चाहरोको सामन्य झगडा मिलाउन वार्ताको माध्यम अपनाउँछन्, तर नाटक अघि बढ्दै जाँदा अभिवावकहरूबीच नै द्वन्द सिर्जना हुन्छ ।

१ घण्टा ३० मिनेटको यस नाटकले सुसंस्कारित र सभ्य समाजको कल्पनामा अभिभावक अहम भूमिका हुने प्रष्टाउदै प्रशस्त्र मात्रामा विसंगत सामाजिक यथार्थतालाई चित्रण गरेको छ । शिष्टाचार, अतिथि देवो भव: जस्ता मानवीय संवेदनाहरूबाट सुरु गरिएको नाटकका सुरुवाती संवादहरूले एक-पछी अर्को मानवीय झुटहरूको पोल खोल्दै अन्त्यमा आइपुग्छ ।

गह्रौँ नेपाली शब्दहरूको प्रयोगले नाटकलाई केहि बोझपूर्ण बनाएता पनि बकम्फुसे अभिभावक हेर्नलायक नाटक बनेको छ । नाटकमा प्रयोग गरिएको रंग संयोजन र थिएटर सेटअप मनपसन्द देखिन्छ तर प्रप्सहरूको प्रयोगमा भने कन्जुस्याई गरिएको प्रतित हुन्छ । बक्स थिएटरलाई कभरअप गर्ने मामलामा एवम् दर्शकसँग कनेक्ट हुने सवालमा नाटकको सिमितिता देखिन्छ । विदेशी नाटकलाई एपलई रुपान्तरण गर्ने सवालमा नेपालीपनको अझ खाँचो भएको महसुस दर्शकहरू गर्नेछन् ।

गड अफ कार्नेज यास्मिना रेजाको नाटक हो, जुन पहिलो पटक २००८ मा प्रकाशित भएको थियो ।

फोटो: राजु झल्लु प्रसाद/हिमाल दर्पण

फोटो ग्यालेरी :

(हिमाल दर्पणमा प्रकाशित)

Leave a Reply