पर्खाइ (कविता)

You are currently viewing पर्खाइ (कविता)

तिमी आयौँ मलाई भेट्न !

म पनि त आउँदै थिएँ तिमिलाई नै भेट्न !

म तिमीलाई पर्खाइरहेँ !

तिमि मलाई पर्खिरह्यौ !

मैले आउन ढिलो गरेँ- तर आएँ !

तिमीले जान हतार गर्‍यौँ – र गयौ !

म हतारमा हुँदा तिमी फुर्सदमा हुन्थ्यौ !

म हतारमा छु भन्थेँ, तिमि फुर्सदिलो भएको बत्ताउँथ्यौ !

र, पनि भेट्न खोज्थ्यौ हामी !

-कुराइरहन्थ्यौँ एकअर्कालाई !

हामी आइरह्यौँ …,फेरि गै’रह्यौँ !

भेट्दै नभेटी हामी बारम्बार छुट्टिइरह्यौँ !

Leave a Reply