तिम्रो गालामा च्वाप्प म्वाई खाएँ !

You are currently viewing तिम्रो गालामा च्वाप्प म्वाई खाएँ !

ओइ ब्रो,

‘तिमी साँच्चिकै सुत्यौ कि नाटक मात्र गरिरहेकी छौ?’

मलाई थाहा छ, भर्खरै तिमीले मलाई त्यो नेटफ्लिक्सको थ्रिलर मुभीको भिलेनले जस्तो ‘कामुक’ आँखाले हेरेर भनेकी थियौ- ‘डियर बोयफ्रेन्ड, कमन, सेक्स गरौँ न हो! यो  चिसो रातमा कति लिटरेरी गफ हानेर बसेको? तिम्रो देश तिम्रो कथा, निबन्ध र उपन्यासले बन्ने हो र?’ 

तिम्रो ओठको त्यो गाढा म्याक लिपस्टिकको अमिलो सुगन्ध र तिम्रो जिउबाट निस्किएको त्यो जङ्गली, रसिलो बैँसको बाफ अझै मेरो गालातिरटाँसिएर मलाई जिस्काइरहेछ। तिमीले मलाई तान्न खोज्दा तिम्रा ती उचालिएका ताता स्तनहरू मेरो नाङ्गो पाखुरामा घस्रिएका थिए। तिम्रो यो जङ्गली शरीरको भोक कस्तो थियो भने, तिम्रो पसिनाले मेरो ओछ्यानका पुराना मोजा र च्यातिएका किताबका पानाहरू समेत अचानक ‘उत्तेजित’ भएर यताउता उड्न थालेका थिए। 

तर मलाई हेर त, म कस्तो अचम्मको ‘मेन्टल्ली ड्रेन’ भइसकेको विक्षिप्त प्राणी! तिमी मेरो छातीको लामो रङ नमिलेको रौँहरू मुसार्दै मुसार्दै, मेरो सस्तो ब्रान्डको झुम्रा जस्तो टिसर्टभित्र आफ्नो तातो, कामुक सास छोड्दै भर्खरै निदायौ। तिम्रो श्वासप्रश्वासको यो असह्य साइलेन्सभित्र म भने काठमाडौँको यो सबैभन्दा कुरुप, भाडा सस्तो र भूतहरूले पनि ‘डिप्रेसन भयो’ भनेर छोडेर गइसकेको ओसिलो कोठामा बसेर आफ्नै दिमागको ‘कालो सुरुङ’सँग लडिरहेछु। 

तिम्रो कम्मरको गोलाइ र आधा ओढिएको कम्वलभित्रको त्यो मखमली नितम्बको रापले मेरो कोठाको भुइँमा छरिएका चाउचाउका खाली प्लाष्टिक र कफीका कचेराहरू पग्लिएर बिस्तारै रगत जस्तै बग्न थालेका छन्। कसम, यो कोठाको भाइब्स नै यस्तो औडाह खाले छ कि यहाँ तिम्रो यो कामुक निमन्त्रणा पाउँदा पनि रोमान्स होइन, सिधै छतबाट खसेर आत्महत्या गर्ने सोच मात्र आउँछ! जतिखेरै त्यस्तै, एकदमै त्यस्तै आल्तुफाल्तु र कुरुप सोच मात्र आउँछ। 

ब्रो, हामी अहिले कुन पातालमा छौ, तिमीलाई थाहा छ? चोभार त अहिले पूरै आउट भइसक्यो, त्यहाँ त अब सुक्खा डाँडा र सिमेन्ट फ्याक्ट्रीको पुरानो डिप्रेस्ड भूतबाहेक केही बाँकी छैन। हामी काठमाडौँको यस्तो कुरुप कुनामा छौ कि, जहाँ वाग्मतीको कालो पानी सडिसकेर गन्हाएको गन्धको एउटा छुट्टै ‘डिक्टेटरसिप’ (साम्राज्यवाद) चल्छ। त्यो कुरुप, लेदो गन्ध झ्यालका बुट्टाहरूबाट साङ्लाहरू जस्तै लाइन लागेर भित्र छिर्छ र हाम्रो ओछ्यानका मैला तन्ना, तिम्रो यो आधा नग्न छाती र मेरो कपालमा समेत कडा शासक जस्तै जबरजस्ती श्रीपेच लगाएर बसिदिन्छ।

बाहिर हिमालबाट आएको त्यो चिसो सिरेटो जब यो कोठाको च्यातिएको प्लाइउडको ढोकामा ठोक्किन्छ, तब यस्तो हर्ट-ब्रेकिङ आवाज आउँछ नि, मानौँ कुनै आतङ्कित, तर डिप्रेस्ड पूर्व-लडाकुले अझै पनि पड्कन बाँकी रहेको खिया लागेको ग्रिनेड हातमा लिएर ‘मेरो क्रान्ति कहाँ गयो?’ भन्दै रोइरहेछ। उसको आँसु झ्यालको ऐनाबाट भित्र खसेर भुइँमा बिस्तारै बारुद बनिरहे जस्तो लाग्छ। यो कोठाभित्रको ‘औडाह’ कस्तो छ भने नि ब्रो, लाग्छ बाहिर आकाशबाट पानी होइन, कालो मट्टितेल र सुकेको सल्लोको पात बर्सिरहेछ र त्यो मट्टितेल तिम्रो नाङ्गो कम्मरको गोलाइ र मेरो सस्तो कट्टुमा ट्युबलाइटको प्रकाश जस्तै हरियो-नीलो भएर टल्किरहेछ।

भित्ताको रङ उक्किएर यस्तो कुरुप र भद्रगोल बुट्टा बनेको छ नि, जहाँ जंगबहादुर राणाको जुँगा र प्रचण्डको चस्मा एकापसमा ‘मर्ज’ भएर एउटा नयाँ शासक जन्मिएको छ। अनि यो नयाँ शासक भित्ताको प्लास्टरबाट बाहिर मुन्टो निकाल्दै, म्याक लिपस्टिक लगाएको तिम्रो ओठ र मेरो नाकको बीचमा आएर “ओई गोल्साक ब्रो! हामीलाई गुन्द्रुकको अचार देऊ, नत्र तिम्रो यो रोमान्स चपाएर खाइदिन्छौँ” भन्दै कडासँग कराइरहेछ। कसम ब्रो, मलाई यो सब देखेर वाक्कै लाइरहेछ, भित्रैदेखि बान्ता आउला जस्तो भइरहेछ!

मेरो टेबलमा एउटा थोत्रो डटपेन छ, तर त्यसको रिफिलभित्र मसी होइन, तिमी र मैले हिजो भर्खरै गरेको त्यो अपूरो, लज्जास्पद यौनको ‘गिल्ट’ (पश्चाताप), सडकमा कुहिएर छरिएको काँचो आँपको अमिलो रस, र यो देशका असंख्य आन्दोलनहरूमा बगेको मान्छेको रगत मिक्स भएको एउटा ‘जादुई मसी’ भरिएको छ। त्यो मसी डटपेनबाट आफैँ उम्लिएर टेबलभरि फैलँदै छ र हाम्रा पुराना मोजा र कफीका कचेराहरूलाई स्तब्ध पारिदिँदै छ। कसम प्रिया, मेरो दिमागको यो एङ्जाइटी, मेरो यो मानसिक रोग यति कडा, यति आल्तुफाल्तु लेभलको छ नि, यो कोठाको कफीको कचेरा र वाग्मतीको सडेको गन्ध सुँघ्दै जाने हो भने संसारको जुनसुकै कुल र सद्दे मान्छेको पनि पाँच सेकेन्डमै ‘भित्री फ्युज’ उड्छ! जतिखेरै त्यस्तै फ्युज उडाउने औडाह मात्र छ यहाँ!

प्रिया, तिमी त निदायौ क्यारे ब्रो, तर म यहाँ यो चिसो भइसकेको कालो कफीको लेदो जस्तो कप समातेर एउटा यस्तो कडा खालको मास्टरपिस उपन्यास लेख्न खोज्दै छु नि, जसले नेपाली आख्यानको सिङ्गो माहोललाई नै क्र्यास गराइदियोस्, पूरै डाउन गरोस्!

मेरो यो दिमागभित्र एउटा यस्तो पागल लेखक लुकेको छ ब्रो, जो यो कुरुप देशको राजनीति, यो सडेको समाज, न्याय र स्वतन्त्रताको पूरै ‘ड्यूअलिटी’ (द्वैधता) लाई पानामा उतार्न हतारिरहेछ। तिम्रो यो तातो, कडा जाँघ मेरो खुट्टामाथि फ्याँकेर तिमी मज्जाले घुरिरहँदा मभित्रको त्यो ‘विद्रोही इञ्जिन’ कति तातो भइरहेछ थाहा छ? लाग्छ, मभित्र अहिल्यै एउटा नयाँ बिग ब्याङ हुन्छ र म यो बेडसिटमाथि, तिम्रो यो रसिलो र कामुक शरीरकै छेउमा एउटा नयाँ ब्रह्माण्ड जन्माइदिन्छु!

***

मेरो दिमागमा पहिलो आइडिया आउँछ- म एउटा ‘भात र जात’को ठिमाहा र कुरुप कथा लेख्छु। एउटा यस्तो दुर्गम, भोकले हरिबिजोग भएको पहाडी गाउँ, जहाँ चामलको सेतो सुख्खा भात खान पाउनु भनेको वर्ग-सङ्घर्ष र क्रान्ति जित्नु जस्तै हो। त्यहाँ एउटा तल्लो जात भनिएको केटाले उपल्लो जातको कुरुप साहुको घरको भान्सामा जबरजस्ती पसेर, आफ्नो खस्रो हत्केलाले चामलको सेतो भात मात्र छुँदैन, उनीहरूको वर्षौँ पुरानो खोक्रो सामाजिक मर्यादालाई नै लुगा फुकालेर नाङ्गो पारिदिन्छ।

म त्यसमा म्याजिकल रियलिज्मको यस्तो बुस्टर डोज हाल्छु नि ब्रो! जस्तो कि, त्यो केटाले  छुने बित्तिकै ताप्केको त्यो सेतो भात अचानक रातो तातो रगत र बारुदमा परिणत हुन्छ! भातका सिताहरू आफैँ बन्दुकका गोली जस्तै हावामा तैरिन थाल्छन्। अनि त्यो रगत जस्तो विद्रोही भात गाउँका ती भुँडीवाल सामन्त साहुहरूले निल्ने बित्तिकै उनीहरूको स्मृति पूरै गायब हुन्छ! उनीहरूले आफ्नै स्वास्नी, आफ्नो सम्पत्ति र आफ्नै नाम समेत बिर्सिएर जङ्गलतिर बहुलाउँदै दौडिन्छन्!

म यो सोच्छु र मेरो सस्तो कट्टुभित्र एउटा अनौठो, तीव्र कामुक उत्तेजना चल्छ। मेरो सास फुल्छ। म काँप्दै त्यो थोत्रो, टोकिएको प्लास्टिकको डटपेन (जसको तिखो रातो टुप्पो मलाई यो अँध्यारोमा ठ्याक्कै तिम्रो त्यो कडा र उत्तेजित निप्पल जस्तै कामुक लाग्छ) लिएर पेपरको नजिक जान्छु। मलाई लाग्छ, म यो पेनले पेपरलाई होइन, कुनै अर्कै अदृश्य शरीरलाई कडासँग संसर्ग गरिरहेछु।

तर अचानक मेरो हात यसरी लगलग काँप्छ नि ब्रो, मानौँ मेरो औँलाहरूमा कसैले २० वोल्टको नभई सिधै ११ केभीको हाइभोल्टेज करेन्ट लगाइदियो! मेरो भित्री ‘फियर अफ मिसिङ आउट’ (फोमो) र सोसल मिडियाको ट्रोल पेजहरूमा मीम बन्ने डरले मलाई नाङ्गै पारेर गिज्याउन थाल्छ। 

मेरो त्यो ओभरथिङ्किङ गर्ने डिप्रेस्ड एङ्जाइटीले मेरो कानमा आफ्नो चिसो थुक निल्दै आएर भन्छ- “ओई गोल्साक ब्रो, नो! स्टप! यो जात, भात, भोक र वर्किङ क्लासको कुरुप राजनीति, अनि यो जादुई भाइब्स त त्यो दार्जीलिङको बाँसको जङ्गल र टिस्टा नदीको सुसाइमा क्रान्तिको कथा बुन्ने रैथाने आख्यानकारले आफ्नो पहाडी उपन्यासमा पहिल्यै कडासँग निचोरेर सिध्याइसके। अनि यो तल्लो जातको विद्रोह र टाँगा कुदाउने मान्छेको कुरुपता त त्यो ‘लू’ हावा बहने सीमावर्ती गल्लीहरूमा धुलो सुँघ्दै हिँड्ने अधबैँसे  लेखकले बजारमा पहिल्यै हजारौँ प्रति बिकाएर सुपरहिट गराइसकेका छन्। अझ पर, त्यो सात समुद्रपारिको दक्षिण अमेरिकी महादेशको एउटा महान् अनि एक्लो भूत जस्तो लेखकले आफ्नो सय वर्ष पुरानो एकान्तमा यो जादुको बिउ पहिल्यै रोपेर मारिसक्यो। भान्साको रेसिपीमा आँसु र गुलाफको सस मिसाएर मान्छेलाई जङ्गली कामुकताको आगोमा बाल्ने त्यो मेक्सिकन लेखिकाले पनि यो खानाको सारा रोमान्स पहिल्यै चपाइसकिन्। तिमीले यो लेख्यौ भने नि गोल्साक, भोलिपल्टै टिकटक र युट्युबमा ‘कपि…कोपी…चोर लेखक’ भन्दै तिम्रो रोस्ट भिडियो बन्छ। सोसल मिडियामा एउटै भ्यूज र लाइक आउँदैन ब्रो, पूरै क्रिन्ज हुन्छ, छोड्देऊ!”

अनि म डराउँछु ब्रो। म भित्रैदेखि पूरै सेन्टिफ्ल्याट र नपुंसक महसुस गर्छु। मेरो कट्टुको त्यो उत्तेजना अचानक चिसो पानी खसेजस्तै सेलाएर जान्छ। म त्यो कडा आइडियालाई दिमागको रद्दीटोकरीमा फ्याँकिदिन्छु। हि जस्ट ड्रप्स इट! मलाई वाक्कै लाग्छ।

***

तिम्रो तातो र मखमली शरीर मेरो सस्तो कट्टुको ठीक छेउमा यसरी टाँसिएको छ प्रिया, मानौँ यो चिसो कोठामा तिमी मात्र एउटा जीवित प्राणी हौ। अनि ब्रो.., तिम्रो कपालबाट अझै पनि त्यो विलासी, विदेशी र ‘सभ्य’ सहरिया कन्डिसनर मिश्रित स्याम्पुको महँगो सुगन्ध आइरहेछ, जसले यो कोठाको गरिबीलाई गिज्याइरहे जस्तो लाग्छ। तर मेरो थोत्रो र एङ्जाइटीले ग्रस्त नाकमा भने अचानक वाग्मतीको त्यो सडेको हिलो र माइतीघरमा जलेको टायरको कडा, तीखो दुर्गन्धसँगै पुराना रोमान्टिक पुस्तकहरू ओसिँदा आउने मट्टितेलको गन्ध ठोक्किन आउँछ। तिम्रो टाउको मुनि ओछ्याइएको मेरो मैलो सिरानी अचानक एउटा सेनाले भुइँमा गाडेर राखेको, तर पट्किन बाँकी रहेको ल्यान्डमाइन जस्तै भित्रभित्रै तात्न थाल्छ।

म सोच्छु; होइन ब्रो, म त यो देशको ‘पूर्व द्वन्द्व’ र त्यसले मान्छेको रगत र दिमागमा छोडेको त्यो कडा, निको नहुने मानसिक ट्रमा ( can’t escape PTSD) माथि एउटा बबाल विद्रोही महा-आख्यान लेख्छु! एउटा यस्तो पागल र बहुलाउन बाँकी पात्र, जो हिजो सिंगो संसार र व्यवस्था बदल्ने क्रान्तिको कडा, रोमान्टिक सपना बोकेर, रगत र बारुदको गन्धले लतपतिएको बन्दुक आफ्नो गालातिर च्याप्दै जङ्गल हिँडेको थियो। तर आज, त्यो लाजमर्दो र भद्रगोल शान्ति सम्झौतापछि ऊ काठमाडौँको यो कुरुप हिलो, ह्युमिडिटी र धुलोमा एउटा ‘धुवाँ फाल्ने विक्रम ट्याम्पो’ वा ‘चन्द्रशमशेरको पालाको कङ्काल जस्तो रिक्सा’ कुदाइरहेछ।

म यसमा यस्तो बबाल र अतियथार्थवादी म्याजिकल ट्विस्ट हाल्छु कि ब्रो, कि जब-जब ऊ त्यो ट्याम्पोको खिया लागेको स्टेरिङ वा रिक्साको ह्यान्डल समात्छ, उत्सुकताले कामिरहेको उसको हत्केलाका आँख्लाहरूबाट इन्जिनको कालो मोबिल होइन, हिजो युद्धको मोर्चामा कुहिएर मरेका आफ्नै कमान्डरहरूको रगत र पसिना पग्लिएर तप्-तप् चुहिन थाल्छ! उसको ट्याम्पोको लुकिङ ग्लासबाट हिजोका सहयोद्धाहरू भुत बनेर उसलाई हेरिरहन्छन्। उसको वरिपरि क्रान्ति बेचेर मोटाएका दलाल नेताहरूको चिल्ला, करोडौँका गाडीहरू भुइँचालो गम्काउँदै हुइँकिन्छन्, तर उसको कोठाको च्यातिएको जुटको बोरामा भने अझै पनि सुक्खा रोटी र २६ रुपैयाँको नुनको चरम संकट छ। उसले आफ्नो पूरै परिवार, बैँस र सुन्दर सपना सिध्याउने त्यो कुरुप राज्यसत्ता र महलमा बस्ने दलालहरूसँग बदला लिन त चाहन्छ, तर त्यो प्रतिशोधको आगोमा जल्दा-जल्दा उसको आफ्नै मानवीय संवेदना, करुणा र कलेजो कसरी डढेर कोइला भयो, र ऊ कसरी एउटा जिउँदो लास बनेर काठमाडौँका गल्लीहरूमा रगत ओकलिरहेछ, म त्यो चरम एक्लोपन र निस्सारता लेख्छु!

म यो सोच्छदासोच्छदै मेरो कट्टुभित्र फेरि एउटा हिंसक, जङ्गली र कामुक ऊर्जा जाग्छ। म तिम्रो त्यो रसिलो, तातो र बैँसले टिलपिलिएको जाँघलाई बिस्तारै आफ्नो दाँतले टोक्न खोज्छु। तिमी त केही बेरअघि मात्रै मलाई आफ्नो नग्न र कामुक अङ्गालोमा बेरेर, मेरो साप्रोमा आफ्नो खुट्टाले कडासँग घिस्रिँदै, “ओई गोल्साक, कमन सेक्स गरौँ न हो, कस्तो नबुझेको” भन्दै चरम यौनको हुटहुटीले अरठ्ठिरहेकी थियौ। तिम्रो त्यो कामुकताको जङ्गली बाफ र पेटको छालाको मिठो सुगन्ध अझै मेरो सासमा तैरिरहेछ। म त्यो सुगन्ध सुँघ्छु र मेरो टेबलमा रहेको त्यो चिसो कफीको अन्तिम तितो चुस्की लिन्छु। मेरो भित्री औडाह यति कडा लेभलमा बढ्छ कि लाग्छ, मेरो कोठाका यी पुराना, ओसिला भित्ताहरू आफैँ जुरुक्क उठेर हिजोका सहिदहरूको रगत र मसी एकैसाथ ओकल्न थाल्नेछन्!

तर फेरि मेरो ओभरथिङ्किङ, मेरो मेन्टल्ली ड्रेन भइसकेको त्यो कायर भूत फेरि ब्युँझिन्छ। त्यसले मलाई एकदमै कुरुप व्यङ्ग्य कस्दै, मेरो कानको लोतीमा आफ्नो चिसो ओठले टोकेर, घुटुक्क थुक निलीभ्याएर फेरि सुस्तरी भन्छ; “ह्वाट अ जोक गोल्साक ब्रो! कस्तो क्रिन्ज र सस्तो गफ हानेको? युद्धको यो ट्रमा, यो मट्टितेल र पसिनाको गन्ध, अनि बुबा र छोराको त्यो पाठक रुवाउने सम्बन्धको ‘ब्लुज’ त त्यो सुदूर गाउँबाट आएर नेपाली पाठकको आँसु र नाकको सिंगान एकैसाथ निकाल्ने समकालीन आख्यानकारले आफ्नो निलो र फिरफिरे उपन्यासमा पहिल्यै निचोरेर, बजार पिटेर सिध्याइसके! अनि त्यो क्यानभास, पेन्टिङ, युवती, चुरोटको धूवाँ र बन्दुकको रोमान्टिक भाइब्स त त्यो चस्मा लगाउने भूतपूर्व पत्रकार लेखकले कफी शपमा बसेर पहिल्यै नेपाली साहित्यको अल्गोरिदममा फिक्स गरिसके। पर वैश्विक साहित्यकै इतिहास हेर्ने हो भने पनि, रुसी हिउँमा पग्लेर युद्ध र शान्तिको हजारौँ पानाको महा-काव्य लेख्ने त्यो दारीवाला, जुँगावाल महान् दार्शनिकले यो द्वन्द्वको पूरै मनोविज्ञान पहिल्यै चपाइसके। तिमीले लेखेको अब कसले पढ्छ गोल्साक? फेसबुक र टिकटकमा तिम्रो ‘यो लेखक त चोर हो, कपी गर्‍यो’ भन्दै नाङ्गै पारेर रोस्ट भिडियो र मीम मात्र बन्छ। तिम्रो त करियर नै रिलिज हुनुअघि घोस्टेड हुन्छ ब्रो, छोड्देऊ!”

म फेरि रोकिन्छु, मेरै छेउमा आफ्नो चरम यौनको हुटहुटीलाई लत्याउन नसकेर बेलामौका अझै पनि अर्ध-चेतनामा अरठ्ठिरहेकी मेरी कामुक प्रिया। मेरो पूरै जिउ जिरिङ्ग हुन्छ र तिम्रो त्यो तातो, रसिलो र बैँसालु छाती छुँदाछुँदै मेरो हात अचानक मरेको मान्छेको लास जस्तै बरफ जस्तो चिसो बन्छ। मभित्रको त्यो सारा क्रान्तिकारी विद्रोह, त्यो जङ्गली कामुकता पूरै शान्त भएर भुइँमा ढल्छ। हि जस्त क्यान्सिल इट टू! मलाई आफ्नै कायरता र यो डिजिटल युगको फोमोमाथि चरम पश्चाताप र आत्मग्लानि हुन थाल्छ।  

***

तर म हार मान्दिनँ प्रिया, कसम ब्रो म हार मान्दै मान्दिनँ। म तिम्रो त्यो पसिनाले भिजेको तातो र रसिलो गालामा आफ्नो चिसो हत्केला राख्छु, तिम्रो ओठको त्यो गाढा लिपस्टिकको स्वाद आफ्नो जिब्रोले सुस्तरी चाख्छु र सोच्छु- धत्तरी, म त अब यो देशको ३० वर्षको कुरुप राजनीतिक धोकाधडी र गन्हाएको इतिहासलाई नै एउटा यस्तो नयाँ विम्ब दिन्छु नि, जसले बजारमा आगो बाल्दिन्छ!

म सिधै ‘इतिहासको चट्नीकरण’ गर्छु ब्रो! विसं २०७२ को त्यो धरती हल्लिएको भुइँचालोको महा-त्रासदेखि, काठमाडौँका ग्याँस सिलिन्डर र रित्ता भान्साहरू रुवाउने त्यो क्रूर नाकाबन्दी, मान्छेलाई घरभित्रै थुनेर लास गन्ने त्यो त्राशदीपूर्ण कोरोना काल, र यो २०८३ को नयाँ भद्रगोल, सत्ताको फोहोरी लुछाचुँडी र सडकमा उम्लिरहेको यो नयाँ राजनीतिक तमासा… यी सबै कुरुप रियालिटीहरूलाई म एउटा पारदर्शी सिसाको ठुलो बट्टामा जबरजस्ती कोच्छु। अनि, त्यसलाई ‘काठमाडौँको अमिलो-पिरो-डढेको अचार’ शिर्षकमा एउटा यस्तो महा-उपन्यास बनाइदिन्छु, जहाँ हरेक निराश नेपाली नागरिकको आक्रोश, न्यायको खोजी, र भित्रभित्रै मरिसकेको त्यो ‘होप’ (आश) लाई म एउटा जिब्रो नै पड्काउने कडा स्वाद बनाइदिन्छु। यो त पक्का पनि नेपालका यी सुट-बुट लगाउने क्लासिक लेखकहरू कसैले सोचेकै छैनन् होला नि, हैन र प्रिया?

म भित्रैदेखि बबाल रोमान्चित हुन्छु। मेरो कट्टुभित्र फेरि एउटा सिर्जनात्मक र तीव्र कामुक करेन्ट कुद्छ। म जुरुक्क उठेर आफ्नो केरमेट गरिएको डायरी खोल्छु। तर म जस्तै एउटा मानसिक रोग, एङ्जाइटी र ओभरथिङ्किङको ड्रेनले ग्रस्त भएको कायर लेखकले झैँ म पेन समात्नुभन्दा पहिलो आफ्नो मोबाइल अन गरेर फेसबुक र ट्विटर  स्क्रोल गर्न थाल्छु। ओ माइ गड प्रिया! त्यहाँ त म जस्तै डिप्रेस्ड भएका हज्जारौँ ‘जेनजी’ र ‘मिलेनियल्स’ हरू पहिल्यै देशको इतिहास, राजनीति, न्याय र यो सडेको सिस्टमको चट्नी र मीम बनाएर लाखौँ भ्यूज र लाइक बटुल्दै भाइरल भइरहेका रैछन्! मेरो त युनिकनेस नै फ्युज भइदिन्छ।

त्यति मात्र काँ’र ब्रो, म्याजिकल रियलिज्मको अर्को एउटा कडा झट्का लाग्छ मलाई। त्यो सात समुद्रपारिको, आफ्नो टाउको काटेर पनि नढल्ने जस्तो एउटा नामी क्लासिक लेखकको भयानक भूत मेरो ल्यापटपको च्यातिएको स्क्रिनबाट निलो धूवाँ बन्दै बाहिर निस्कन्छ। ऊ मेरो कोठाको भुइँमा छरिएका चाउचाउका खाली प्लाष्टिकहरूमाथि टेक्दै, मलाई हेरेर एकदमै कुरुपसँग हाँस्छ। अनि आफ्नो चिसो, पाको औँलाले मेरो नाकको डाँडीमा कोट्याउँदै भन्छ- “यो इतिहासको चट्नी बनाउने र देशको दु:खलाई अचारमा मोल्ने खतरा आइडिया त मैले सन् १९८१ मै आफ्नो त्यो जुम्ल्याहा बच्चाहरूकोउपन्यासमा फिक्स गरेर संसार जितिसकेको थिएँ बाबु! तिमी त ढिलो भयौ, पूरै आउटडेटेड भयौ।”

त्यो भूतको यो संवाद सुन्ने बित्तिकै मेरो पूरै ‘फ्रीफ’ (क्रिएटिभ फ्रिडम) माथि कसैले बिना लाइसेन्सको गाडीले जस्तो कडा ब्रेक लगाइदिए जस्तो हुन्छ। म पूरै स्तब्ध हुन्छु। म निराश भएर ल्यापटपको स्क्रिन बन्द गर्छु र भन्छु- “हत्तेरी, संसारका सबै लेखकले सबै कुरा पहिल्यै लेखिसकेका रहेछन्। यो कुरुप र डिजिटल संसारमा म जस्तो एउटा कन्फ्युज्ड गोल्साकको कुनै ‘युनिक युएसपी’ नै बाँकी रहेनछ।” म फेरि तिम्रो यो कामुक शरीरको ओत लाग्न आइपुग्छु, तर मेरो दिमाग भने अब अर्को भयानक ऐना हेर्न बाध्य हुँदै छ…।

***

म कति अभागी छु प्रिया, कसम ब्रो, म जस्तो अभागी र मानसिक रूपमा ‘ड्रेन’ भएको प्राणी यो सिङ्गो काठमाडौँमा कोही पनि छैन होला। हेर त, मैले त यो डायरीको पाना पल्टाउनुअघि नै आफ्नो दिमागको यो अँध्यारो मझेरीभित्रै त्यो सुदूर पहाडको रैथाने गरिबी, माटो र मुग्लान भासिएको कारुणिक ‘बसाइँ’ पनि लेखिसकेँ। मैले त्यो प्राचीन युगको लैङ्गिक विद्रोह, देवदासी प्रथाको कुरुपता र महिलामाथि हुने ऐतिहासिक विश्वासघात र माधवीको आँसु पनि सोचेँ। मैले त्यो जङ्गली प्रकृति र खोक्रो आर्य संस्कृतिको चरम ‘ड्यूअलिटी’ (द्वैधता) र भीरबाट खस्ने सुम्निमाको जङ्गली भोक पनि मेरो दिमागमा प्ले गरेँ, र त्यो बैजनी रङको फूललाई कुरुप हत्केलाले मिच्दा निस्कने चरम निस्सारता, अस्तित्ववाद र सुयोगवीरको त्यो विरक्त लाग्दो एक्लोपन पनि यसरी महसुस गरेँ, मानौँ म आफैँ त्यो रक्सीको गन्ध आउने सिपाही हुँ!

तर मेरो यो पागलपन यत्तिमै रोकिँदैन प्रिया, मेरो यो एङ्जाइटी त सिधै सातौँ समुद्रपारि पुगेर विश्व साहित्यका भूतहरूसँग संसर्ग गर्न थाल्छ। मैले त दिमागभित्रै त्यो गङ्गा नदीको किनारमा छरिएका भोक, मैला लुगा र बनारसका गल्लीहरूमा मरेका रैथाने मान्छेहरूको महा-आख्यान पनि लेखिसकेँ। त्यो फ्रान्सेली सहरको ढल र कुरुप समाजले चोर बनाएको एउटा भोको पात्रको विद्रोह, अनि त्यो हिउँले पुरिएको रुसी मझेरीमा बञ्चरोले बुढी आमैको टाउको फुटाएर आफ्नै ‘गिल्ट’ र मानसिक ट्रमाको नरकमा जलिरहेको त्यो बिरामी विद्यार्थीको पूरा मनोविज्ञान पनि मैले  उतारिसकेँ! 

अझ पर, त्यो अमेरिकी महादेशको एउटा बैँसले मात्तिएको आधुनिक सहर, जहाँ एउटा रहस्यमयी धनी मान्छेले हरेक रात रङ्गीचङ्गी बत्ती बालेर मदिरा र सुन्दरीहरूको मेला लगाउँछ, तर भित्रभित्रै एउटी विवाहित आइमाईको प्रेम र नोस्ताल्जियामा पागल भएर मर्दछ… हो, उसको त्यो खोक्रो आधुनिक सपनाको कङ्काल पनि म आफैँ बनेर बाँचिसकेँ। मैले त त्यो अफ्रिकी जङ्गलका रैथाने गोठालाहरू, जसले आफ्नो परम्परा र संस्कृतिलाई गोरा साम्राज्यवादीहरूले सिध्याउँदा हतियार उठाएका थिए, उनीहरूको त्यो ‘थिंग्स फल अपार्ट’ भइसकेको मुटुको धड्कन पनि मेरो छातीको यो लामो रौँहरूभित्र महसुस गरिसकेँ प्रिया! 

मभित्र कस्तो बबाल आगो बलिरहेछ थाहा छ ब्रो? म यो सोचिरहँदा मेरो कोठाका यी पुराना भित्ताहरू अचानक हिउँ जस्तै पग्लिन थाल्छन्। मेरो ल्यापटपको किबोर्डबाट अक्षरहरू होइन, साना-साना विद्रोही सिपाहीहरू बन्दुक बोकेर बाहिर निस्कन्छन् र मेरो कफीको कपभित्र कवाज खेल्न थाल्छन्! मेरो टेबलमा राखिएको त्यो थोत्रो पेन अचानक एउटा जीवित सर्प बन्दछ र तिम्रो यो गाढा म्याक लिपस्टिक लगाएको ओठतिर सुस्तरी सुँघ्दै अघि बढ्छ। 

मैले त दिमागभित्रै संसारकै सबैभन्दा कडा, सबैभन्दा गहिरो र इतिहासकै सबैभन्दा जादुई उपन्यास लेखिसकेँ ब्रो- जसमा यो देशको अमिलो माटोको रैथाने सुगन्ध छ, कुरुप राजनीतिप्रति चरम विद्रोह छ, अदालतको ढोकामा रोइरहेको न्यायको खोजी छ, र मान्छेको ओठमा बाँकी रहेको अन्तिम ‘होप’ (आश) छ। तर यो सबै जादु, यो सबै विराट ब्रह्माण्ड मेरो खोपडीभित्रको एउटा अदृश्य सुरुङमा मात्र घुमिरहेछ, जुन बाहिर निस्कन खोज्दा तिम्रो यो तातो स्तनको राप र मेरो आफ्नै कायरताको बरफमा ठोक्किएर भित्रभित्रै निसासिइरहेछ। मलाई यति बेला कस्तो औडाह भइरहेछ भने प्रिया, तिमीले मेरो छातीमा राखेको यो तातो हात पनि मलाई एउटा जलिरहेको कोइला जस्तो लागिरहेछ! 

***

यही बिन्दुमा मेरो भित्री चेतनाको अँध्यारो कुनाबाट अर्को एउटा कुरुप, खिया लागेको ऐना निस्कन्छ प्रिया, जसलाई म हेर्नै चाहन्नँ, तर त्यो ऐना म्याजिकल तरिकाले मेरो ल्यापटपको स्क्रिनमा आएर टाँसिइदिन्छ। म मेरो ओछ्यानमा अलिकति अमिल्दो गरी पल्टिएकी तिमीलाई हेर्छु र मभित्र एउटा अर्कै, झन् भयानक ‘औडाह’ सुरु हुन्छ; यो मेरो आफ्नै यौन मनोविज्ञानको त्यो डार्क खाडल हो, जसमा कुनै फड्को मार्ने ठाउँ नै छैन।

तिमी नाङ्गै जस्तो भएर, आफ्नो बैँसको त्यो तातो राप, रगतको तीव्र प्रवाह र मदहोश सुगन्ध बोकेर मलाई आमन्त्रण गरिरहेकी थियौ। तिमी “सेक्स गरम गरम, कमन गोल्साक” भन्दा भन्दै थकित भएर, मभित्रको यो चिसोपन देखेर हैरान हुँदै भर्खरै निदायौ। तिमी यो संसारका दलालहरू, यो सहरको धुलो र कोठाको गरिबी सबैसँग दिक्क छौ प्रिया, तर तिमी मभित्र लुकेको यो कडा रहस्यसँग सबैभन्दा बढी दिक्क छौ। र, कसम ब्रो, म आफैँसँग पनि उत्तिकै वाक्क र दिक्क छु!

किन म तिम्रो त्यो जङ्गली र कामुक निमन्त्रणालाई स्वीकार गर्न सक्दिनँ? किन तिम्रो यो ‘फूल जस्तो रसिलो शरीर’ मेरो अगाडि यसरी तल्किँदा पनि मभित्र कुनै पुरुषोचित जैविक हलचल हुँदैन? कतै मेरो अचेतन मनको कुनै अँध्यारो कुनामा अर्कै सत्य त लुकेको छैन? म आफैँलाई थाहा छैन वा म थाहा पाएर पनि अचेतन रूपमा यसलाई डिनायल गरिरहेको छु? मेरो यो अलमलले मेरो कट्टुको इलास्टिक समेत अचानक ढिलो भएर भुइँमा खसेजस्तो महसुस हुन्छ।

“धत्तरी! यो के गफ हानेको गोल्साक?”; अचानक मेरो दिमागको एउटा कुनाबाट उत्तर-आधुनिक पाठकको भूत ब्युँझन्छ र मेरो कोठाको ‘फोर्थ वाल’लाई मार्ताेलले हानेर फुटाइदिँदै भन्छ- “ओई राइटर सम्धी! यो पुराना जमानाको मनोलोग सुनाएर हामीलाई बोर नगराऊ न हो! आजका २०८३ का जेन-जी पाठकहरू यस्तो दिक्कलाग्दो दर्शन पढ्दैनन्। उनीहरूलाई ‘ब्रेक द फोर्थ वाल’ चाहिन्छ, कडा खालको वाद, प्रतिवाद र संवाद (Dialogue) चाहिन्छ! तिम्रो यो परम्परागत न्यारेटिभ स्टाइल त सिधै फ्लप हुन्छ ब्रो। कता छ तिम्रो नयाँ लेखनशिल्प? कता छ ‘स्ट्रिम अफ कन्सिस्नेस’? कता छ न्यारेटिभ विधाको नयाँ अल्गोरिदम? उपन्यासमा अलिकति ‘ब्रीदिङ स्पेस’ त देऊ सम्धी, नत्र पाठकले रील्स स्क्रोल गरे झैँ तिम्रो किताबलाई बन्द गरिदिन्छन्!”

म आफैँ त्रसित हुन्छु। मलाई लाग्छ, म यो उपन्यासको पानाभित्रै कतै हराइरहेको छु। म ओछ्यानमा निदाइरहेकी तिम्रो काँध समातेर जबरजस्ती हल्लाउन थाल्छु र भन्छु- “उठ न प्रिया, उठ न ब्रो! तिमी र म कडा संवाद गरौँ न! तिमी यो न्यारेटिभमा ब्युँझिएर मसँग कडा बहसमा उत्रियौ भने मात्र यो उपन्यासको ‘पेसिङ’ मिल्छ। तिमी मलाई गाली गर, मलाई गिज्याऊ, मेरो यो अलमलिएको यौन पहिचान र कुरुप शिथिलतामाथि कडा व्यङ्ग्य कस, अनि बरु मलाई फेरि आफ्नो त्यो जङ्गली शरीरको तातो रापले उत्तेजित बनाएर मसँग जबरजस्ती सेक्स गर! तिम्रा ती कडा स्तनहरूले मेरो चेतनालाई थिचिदेऊ, तिम्रो जाँघको कम्पनले मेरो यो मानसिक एङ्जाइटीलाई समाप्त पारिदेऊ! अनि त्यसपछि मात्र तिमी सुत्नु। प्लिज उठ न ब्रो, मलाई यो फिक्सन बचाउनका लागि पनि तिम्रो र मेरो बीचमा एउटा अश्लील र दार्शनिक संवाद चाहिन्छ जस्तो लागिरहेछ!”

म तिम्रो ओठको म्याक लिपस्टिकको जङ्गली गन्ध सुँघ्दै चिच्याउँछु। तर तिम्रो शरीर म्याजिकल रियलिज्मको कुनै विम्ब जस्तै झन् गहिरो निद्रामा डुब्दै जान्छ- यति गहिरो कि तिम्रो श्वासबाट निस्केको बाफले कोठामा छरिएका पुराना कागजहरू बिस्तारै अकासिएर छतमा टाँसिन थाल्छन्। कोठाको भित्तामा जंगबहादुर र प्रचण्डको चस्मा लगाएको त्यो नयाँ शासक भूत मेरो यो लाचारी हेरेर मज्जाले हाँस्छ, उसको हाँसोले टेबलको चिसो कफी एक बल्ड्याङ पल्टङ्ग पल्टिन्छ।

…तर, भो छोड प्रिया, तिमी सुत। तिमी मज्जाले निफिक्री सुत ब्रो। किनभने, म यहाँ लेखनशिल्प, फिक्सनका नयाँ तरिकाहरू, फेसनदार शीर्षकहरू र पाठक अल्झाउने ‘अनेकन् प्रपञ्चहरू’ सोचेर जतिसुकै करायो पनि, मेरो ल्यापटपको स्क्रिनमा एउटा ‘ब्ल्याङ्क वर्ड डकुमेन्ट’ बाहेक केही पनि छैन। बिहानको उज्यालोले यो कोठाको मट्टितेलको गन्धलाई भ्यानिस गराउदा सम्म पनि, यही हालत हुन बेर छैन ब्रो। ई..हेर न, मेरो दिमागमा सिङ्गो ब्रह्माण्ड उम्लिरहेछ, तर यो डिजिटल नरकको चक्रव्यूहमा फसेर मैले अहिलेसम्म एउटा सामान्य शब्द पनि त लेख्न सकेको छैन यार! पूरै सफा पानाले मलाई नै निल्न खोज्दै छ!

***

मलाई एक्कासि सिगमन्ड फ्रायड र ज्याक लाकाँको त्यो कडा मनोविश्लेषणको सम्झना आउँछ, जसले मेरो खोपडीको गिदी’ नै खनजोत गरिदिन्छ । फ्रायडले भनेको त्यो पशुवत् आदिम तिर्खा  (Id), समाजको डरपोक ‘इगो’ र नैतिक शासक ‘सुपरइगो’को एउटा हिंसक लडाइँ मेरो मानसपटलमा चलिरहेछ। मेरो अचेतन मन मा कस्तो भयानक ‘दमन’  (रिप्रेशन) छ प्रिया? लाकाँले भने झैँ, म जुन कुराको खोजीमा भाषा र विम्बको सुरुङमा भौँतारिरहेको छु, त्यो हातै नलाग्ने ‘द रियल’  के हो?

यही कुरुप ऐनामा म हेर्छु- मभित्र एउटा यस्तो अमूर्त परिचय लुकेको छ । म यो कुरुप पितृसत्तात्मक समाजको ‘स्ट्यान्डर्ड’ मर्द बन्ने कुरुप नाटक गरिरहेछु, तर मेरो भित्री इच्छाको दिशा, मेरो त्यो जैविक भोकको कम्पास कतै अर्कै मोडिएको छ। म बैँसले मात्तिएकी एउटी नारीको तातो ओछ्यानमा छु, तिम्रो यो रसिलो र नाङ्गो पाखुरा मेरो छातीमा छ, तर मेरो भित्री न्यारेटिभले कुनै अर्कै लैङ्गिक पहिचान र विद्रोही संसर्ग खोजिरहेछ। वा, म मल्टिपल डीसअर्डरबाट ग्रसित छु? ..ठ्याक्कै थाहा छैन यार।

यही पहिचानको अलमलबिच म सोच्छु- आधुनिक विश्व साहित्यमा यो अनौठो पहिचानको प्रतिनिधित्व  कसरी भइरहेछ? के मैले आफ्नै यो अनौठो यौन कुण्ठा र पहिचानको सङ्कटलाई एउटा साहसिक, अश्लील र राजनीतिक उपन्यास बनाउन सक्दिनँ? नेपालको सन्दर्भमा यो विषय कति बोल्ड, कति विवादास्पद र कति विद्रोही हुन्थ्यो होला! तर फेरि मेरो डिजिटल एडिक्टेड दिमागले मलाई रोक्छ- “ओई गोल्साक! तिमी त आफैँ भित्रैदेखि मक्काएको कायर हौ। समाजले के भन्ला, तिम्रा फेसबुकिया पाठकले तिमीलाई कुन नजरले हेर्लान् भन्ने डरको ‘बडी पोलिटिक्स’ (Body Politics) ले तिमी ग्रस्त छौ। तिमी यो विषयमा लेख्नै सक्दैनौ।” 

म कफीको कप भुइँमा राख्छु र तिम्रो यो अर्ध-नग्न शरीरलाई हेर्छु। कस्तो अचम्मको पुस्ता हौँ है हामी प्रिया! हामी इतिहासकै सबैभन्दा बढी नाङ्गो शरीर र ‘हाई-डेफिनिसन’ सेक्स देखेको ‘डिजिटल न्याटिभ’ पुस्ता हौँ। ‘पोर्नहब’ को कडा लत, स्क्रिनभरि तैरिने प्रतिबन्धित अश्लीलता र औँलाको एउटा क्लिकमा उपलब्ध हुने हजारौँ विकृत अङ्गहरू सुँघ्दै हुर्किएको यो पुस्ता जब ओछ्यानको वास्तविक रगत-मासुको संसारमा आइपुग्छ, तब अचानक ‘नपुंसक’ झैँ सेलाएर जान्छ! यो विवाह गर्ने र वास्तविक रोमान्स गर्ने उमेरमा डिप्रेसनको औषधि खाएर हस्तमैथुन मात्र गर्न सक्ने, तर वास्तविक सेक्स गर्न नसकेको एउटा विक्षिप्त पुस्ता हौँ, हामी।

हेर त प्रिया, पर डायस्पोरातिर बढेको त्यो ‘डिभोर्स’ (सम्बन्धविच्छेद) को बाढी, अनि कडा ‘फेमिनिजम’ (नारीवाद) र अनेकन् उत्तर-आधुनिक वादहरूको प्राज्ञिक भारी बोकेर ओछ्यानको वास्तविक राप र जैविकताबाट विमुख भएका विश्वभरका करोडौँ युवाहरू! उनीहरू बाहिर सडकमा प्लेकार्ड बोकेर क्रान्तिको गफ हाँस्छन्, तर राती कोठामा एक्लै भएपछि स्क्रिनमा ‘BDSM’ को क्रूर हिंसक भिडियो हेर्दै आफ्नै मलद्वार र गुप्ताङ्ग चलाएर हस्तमैथुन गरिरहेका हुन्छन्! यो कस्तो सांस्कृतिक र मानसिक विचलन हो ब्रो? 

दक्षिण कोरियाका युवाहरूले रोबोट र भर्चुअल एआईसँग बिहे गरिरहेका छन्, पश्चिमका सडकमा जेन-जी पुस्ताहरू आफ्नो जैविक अस्तित्वकै विरुद्धमा सडक ठटाउँदै अराजक आन्दोलन गरिरहेका छन्। यो सिङ्गो ब्रह्माण्ड नै एउटा ठुलो ‘साइको-यौनिक’ बिरामी भइसकेको छ। मभित्रको यो एङ्जाइटी र यो कुरुप ओछ्यान त केवल त्यसको एउटा सानो काठमाडौँ संस्करण मात्र हो! म यो सब सोच्छु र मेरो टाउको फुट्ला जस्तो हुन्छ। म यो बडी पोलिटिक्स र वैश्विक यौनिक महाव्याधिको कथा लेख्न खोज्छु, तर मेरो हात फेरि चिसो हुन्छ। हि जस्ट क्यान्सिल इट टू! 

! हामी त अब बिस्तारै मान्छेको रगत-मासुको शरीरबाटै विमुख हुँदै गइरहेका छौँ। यो जेन-जी र यसपछिको अल्फा पुस्ता त अब ‘मेटाभर्स’ (Metaverse) का नक्कली कोठाहरूमा डिजिटल अवतारहरू बनाएर, घाँटीमा ‘भीआर हेडसेट’ झुन्ड्याएर साइबर-सेक्सको कुरुप सुरुङमा भासिँदै छ। मान्छेलाई मान्छेसँग छुँदा करेन्ट लाग्ने रोग लाग्दै छ प्रिया!  

भविष्यमा त मान्छेले ‘टेलीडिल्डोनिक्स’ (Teledildonics) जस्ता रिमोट सेक्स टोयहरू शरीरमा फिट गरेर, हजारौँ माइल टाढा बसेर मेसिनको माध्यमबाट आफ्नो यौनाङ्ग उत्तेजित गराउनेछन्। वास्तविक ओछ्यानको त्यो पसिनाको सुगन्ध, त्यो सासको तातो राप, र यो वाग्मतीको सडेको गन्धको बीचमा खेलिने वास्तविक यौनको खेल त अब इतिहासको कङ्काल बन्दै छ। मान्छेले एआई च्याटबोटहरूलाई आफ्नो ‘डिजिटल प्रेमिका’ मानेर उनीहरूसँगै अश्लील संवाद गर्दै रात बिताउनेछन्, र तिमी जस्ती जिउँदी, रसिलो बैँस बोकेकी प्रेमिका छेउमा हुँदा पनि मेरो थोत्रो दिमागले झैँ यस्तै ओभरथिङ्किङ मात्र गरिरहनेछन्! 

यो त ‘यौनिक शून्यवाद’ (Sexual Nihilism) को चरम लेभल होइन र ब्रो? मान्छेहरू अब ‘इको-सेक्शुअलिटी’ (Eco-sexuality) का नाममा रुख, माटो र प्रकृतिका निर्जीव अङ्गहरूसँग संसर्ग गर्ने सनकमा दौडिरहेका छन्। कतिपय देशमा त आफ्नै लास जस्तो देखिने कृत्रिम सिलिकन पुतलीहरू (Sex Dolls) सँग बिहे गरेर रोमान्सको नाटक गर्ने एउटा कुरुप र विक्षिप्त जमात तयार भइसकेको छ। यो कस्तो ‘हाइपर-रियलिटी’ को यस्तो दलदल हो, जहाँ वास्तविक र नक्कली बीचको सिमाना नै पूरै ‘भ्यानिस’ भइसक्यो।  

मैले त मेरो दिमागको यो एङ्जाइटीभित्र भविष्यको त्यो नयाँ महामारी पनि लेखिसकेँ, जहाँ मान्छेहरूले वास्तविक ओछ्यानमा हुने ‘रोमान्स’ लाई समयको बर्बादी र ‘क्रिन्ज’ मान्नेछन्, र केवल स्क्रिनको चौघेराभित्र कडा ‘Altered Reality’ मा आफूलाई बन्धक बनाएर सामूहिक हस्तमैथुनको सामूहिक उत्सव मनाउनेछन्! तर यो सबै डार्क फ्युचर सोच्दासोच्दै मेरो कफीको कचेरामा एउटा साङ्ग्लो आएर हाम्फाल्छ। म फेरि त्रसित हुन्छु। मेरो हात फेरि चिसो हुन्छ। हि जस्ट क्यान्सिल इट टू! 

***

मेरो विचारको यो चक्रव्यूह झन्-झन् गहिरो, कुरुप र विश्वव्यापी बन्दै जान्छ। यो गन्हाएको वाग्मतीको किनारमा रहेको साँघुरो, ओसिलो कोठाबाट मेरो सोच्ने दायरा पूरै संसारको साहित्यिक सिद्धान्त, माटो र दर्शनतर्फ म्याजिकल तरिकाले विस्तारित हुन्छ। म सोच्छु- यार, आजको यो उत्तर-आधुनिक र प्रविधिले ड्रेन गरिसकेको संसारमा एउटा रैथाने लेखकले नयाँ, रअ र कडा कथा कसरी बुन्न सक्छ? 

मेरो यो एङ्जाइटीले ग्रस्त खोपडीमा अचानक एउटा प्राज्ञिक शीर्षक कडासँग बज्छ- ‘The Intersection of Myth and Reality in South Asian Literature’ (दक्षिण एसियाली साहित्यमा मिथक र यथार्थको प्रतिच्छेदन)! 

म सोच्छु, हाम्रा बूढापाकाले त्यो अँध्यारो मझेरीमा आगोको भुङ्ग्रो ताप्दै सुनाउने लोककथाहरू (The influence of folk-tales on modern storytelling) आजको यो डिजिटल र क्रिन्ज युगमा कसरी ब्युँझिन सक्छन् होला? 

जस्तै: एउटा मान्छे रातारात न्याय नपाएर एउटा सुक्खा, डिप्रेस्ड रुख बनेको कथा, वा यो काठमाडौँ उपत्यकाको कलेजो कुहाउने गरी बगिरहेकी वाग्मती+विष्णुमति+हनुमान्ते+धोबी खोला+ अरुअरु खोला/नदीले क्रान्ति बेचेर मोटाएका शासकहरूलाई दिने त्यो कडा र अश्लील श्रापको कथा! यी हाम्रा पौराणिक मिथक, रैथाने भूतप्रेत, र दक्षिण एसियाली दन्त्यकथाहरू एकापसमा मोलेर इतिहासको एउटा नयाँ धार निर्माण गर्नुपर्ने हो। म सोच्छु, पर दक्षिण एसियाको त्यो विराट भूगोलमा बग्ने नदीहरू, जहाँ एउटा हात्तीको टाउको भएको ईश्वर र समुद्र मन्थनबाट निस्कने विषको नीलो गन्ध अझै हावामा तैरिरहेछ, त्यहाँको मिथकलाई यो काठमाडौँको ‘विक्रम ट्याम्पो’ को कालो धुवाँसँग मिक्स गरेर एउटा महा-आख्यान लेखूँ!

म सोच्छु- एउटा यस्तो कथा लेख्छु, जहाँ यो देशका पुराना आन्दोलनमा मरेका सहिदहरूको कङ्काल शहिदगेट जुरुक्क उठ्छन् र सिंहदरबारको ढोकामा आएर म्याक लिपस्टिक लगाएका सुन्दरीहरू र दलाल नेताहरूसँग गुन्द्रुकको अचार माग्दै विद्रोह गर्छन्! यो पौराणिक जादु र आधुनिक कुरुपताको कस्तो कडा ‘क्रसओभर’ हुन्थ्यो होला!  

म यो सोच्दासोच्दै रोमाञ्चित हुन्छु। मेरो सासमा एउटा ‘ब्रीदिङ स्पेस’  आउँछ। म बिस्तारै लामो सास फेर्छु। कोठाको चिसो प्लाइउडको ढोकाबाट आउने त्यो पूर्व-लडाकुको रोदन जस्तो सिरेटो अचानक रोकिन्छ। तिम्रो यो बैँसले टिलपिलिएको तातो जाँघ मेरो खुट्टामाथि अझ कडासँग कसिन्छ। म टेबलको डटपेन उठाउँछु, जसको टुप्पो अझै तिम्रो कामुक निप्पल जस्तै अँध्यारोमा टल्किरहेछ। मलाई लाग्छ, म अब यो ‘मिथक र रैथाने लोककथा’ को जादुई मसीले सिधै पेपरको छाती च्यातिदिन्छु! 

तर, ओ माइ गड ब्रो! मेरो त्यो ओभरथिङ्किङको इन्टरनेट एडिक्टेड भूत फेरि मेरो ल्यापटपको स्क्रिनबाट भाइरस जस्तै ब्युँझिन्छ। त्यसले मलाई गिज्याउँदै भन्छ- “ह्वाट अ जोक गोल्साक सम्धी! यो मिथक र लोककथाको कुरा गर्ने तिमी को हौ? यो साउथ एसियन लिटरेचरको ‘जादुई यथार्थवाद’ र मान्छे रुख बन्ने कडा दर्शन त त्यो वैश्विक साहित्यको नोबेल पुरस्कार जित्ने कोलम्बियाको लेखकले र त्यो भारतको बुकर पुरस्कार जित्ने उपन्यासकार महिलाले आफ्नो ‘गड्स र गल्लीहरू’ को कथामा पहिल्यै निचोरेर सिध्याइसके! तिमीले लेख्यौ भने एकेडेमिक समीक्षकहरूले ‘यो त केवल विदेशी सिद्धान्तको सस्तो नक्कल हो’ भन्दै तिम्रो सिर्जनात्मक फ्रिडम को कलेजो नै निकालेर सामाजिक सञ्जालमा रोस्ट गर्दिन्छन्। तिम्रो त डिजिटल मिडियामा कतै ‘युएसपि’  नै देखिँदैन ब्रो, क्रिन्ज हुन्छ, छोड्देऊ!” 

अनि म फेरि डराउँछु प्रिया। म भित्रैदेखि पूरै फ्रिज हुन्छु। म त्यो मिथक र वाग्मतीको श्राप भएको खतरा आइडियालाई पनि दिमागको रीसाइकल बिनमा हुर्ल्याइदिन्छु। हि जस्ट ड्रप्स इट टू! 

***

तर, ठ्याक्कै त्यहीँ निर मेरो निधारको पसिना कफीको कपमा टप्-तप् चुहिएकै बेला, मलाई त्यो अमेरिकी प्राज्ञिक बुढोको ‘The Anxiety of Influence’ (प्रभावको एङ्जाइटी) ले झ्याप्प समात्छ ब्रो! म जति पनि कडा र नयाँ विम्ब सोच्छु, मलाई लाग्छ कि इतिहासका ती महान् र अजम्बरी लेखकहरूका प्रेतात्माहरूले मलाई पहिल्यै ‘हन्ट’ गरिसके, मेरो सिर्जनाको हत्या गरिसके। मभित्र एउटा यस्तो भयानक, अश्लील डर छ कि मैले कट्टु भित्रको उत्तेजना जस्तै बगाएर जे-जे नयाँ सोच्छु, त्यो यो संसारमा पहिल्यै कसैले न कसैले कडासँग कोरिसकेको छ! यो कुरुप एङ्जाइटीले म जस्ता यो डिजिटल नरकका समकालीन लेखकहरूको मौलिकतालाई कसरी अँध्यारो कोठामा घाँटी थिचेर मारिरहेको छ, म त्यो आफ्नै रगतको गतिमा महसुस गर्छु। 

त्यसपछि म भाग्दै-भाग्दै त्यो फ्रान्सेली दार्शनिकको ‘The Death of the Author’ (लेखकको मृत्यु) सिद्धान्तको फेदमा पुग्छु। म सोच्छु- तैट! यदि एउटा पाठकले नै, त्यो टिकटक र रील्स स्क्रोल गर्ने अल्छी पाठकले नै रचनाको वास्तविक अर्थ र कलेजो निर्धारण गर्ने हो भने, मैले यहाँ यो कालो कफीको हिलो निलिरहनु, र तिम्रो यो बैँसालु शरीरको छेउमा यति धेरै मानसिक सास्ती र ‘औडाह’ भोगेर लेख्नुको के नै अर्थ रह्यो र प्रिया? कृतिको जन्म हुने बित्तिकै त लेखक मरिहाल्छ नि! 

म यसमा The role of irony (व्यङ्ग्यको भूमिका) हेर्छु; कस्तो विडम्बना छ है ब्रो, म एउटा महा-आख्यान लेख्न खोज्दै छु तर म फिक्सन होइन, केवल फिक्सन नलेखिनुको पीडा मात्रै लेखिरहेछु! म The theme of love (प्रेमको कडा थिम) सोच्छु; जहाँ यो ओछ्यानमा तिम्रो र मेरो बीचको प्रेम केवल एउटा ‘हाइपर-रियल’ संसर्ग मात्र हो, जुन बाहिर सडकको कुरुपताबाट बच्नका लागि एउटा कायर ओत मात्रै बनेको छ। म The use of symbolism (विम्बहरूको प्रयोग) र The use of allegory (रूपकको प्रयोग) मा घोत्लिन्छु, जहाँ मेरो यो चिसो कालो कफी सिंगो देशको राजनीतिक गतिरोध र विसङ्गतिको रूपक बनिदिन्छ, अनि तिम्रो यो निदाइरहेको, अर्ध-नग्न शरीर यो कुरुप राज्यसत्ता र इतिहासको मौनताको प्रतीक बनिदिन्छ! 

मेरो यो दिमागको चक्रव्यूह झन् बहुलाउँछ। म रोमान्टिक कविताहरूमा The role of nature (प्रकृतिको त्यो स्वच्छन्द भूमिका) सम्झन्छु, जहाँ ती पुराना गोरा कविहरूले रुख, पात र चराचुरुङ्गीसँग रोमान्स गरेर पाना भरेका थिए। तर आजको यो २०८३ को काठमाडौँमा प्रकृतिको भूमिका कहाँ छ र ब्रो? यहाँ त The impact of environmental issues on literature (साहित्यमा वातावरणीय सङ्कटको कडा प्रभाव) छ, जहाँ  टौदहमा फ्यात्त फ्यात्त्त गर्दै मरेका माछाहरू र चितवन राष्ट्रिय निकुन्जभित्र थुप्रिएको प्लास्टिकको भग्नावशेष नै हाम्रो नयाँ रोमान्टिक विम्ब बन्न बाध्य छ। हामी त Analysing the use of imagery (दृश्य-विम्बहरूको विश्लेषण) गर्दा पनि केवल हिलो, धुलो, मट्टितेलको गन्ध, र सिसाको बट्टामा सडिरहेको इतिहासको अचार मात्रै देख्छौँ! 

म सोच्छु- के म यो कथामा The theme of loyalty (निष्ठाको थिम) लेखूँ? हिजो क्रान्तिमा बन्दुक बोक्नेले आज ट्याम्पो चलाएर सत्ताप्रति देखाएको त्यो दासता र निष्ठा? कि म साहित्यको त्यो कडा  नयाँ इमानदारिताको धारमा जाऊँ, जहाँ उत्तर-आधुनिकताको खोक्रो व्यङ्ग्य र आइरनीलाई त्यागेर म आफ्नो यो अलमलिएको यौन पहिचान, यो  द्वैधताको थिम र आफ्नो कायरतालाई सिधै नाङ्गो पारेर पानामा ओकलूँ? म यो डिप्रेस्ड दिमागभित्रै  जासूसी विधाको विकासक्रमदेखि समकालीन कथावाचनमा ‘एन्टी-हिरो’ वा खल-नायकको महत्त्वसम्मका सबै कुरा चपाइदिन्छु। म आफैँ त यो उपन्यासको सबैभन्दा कुरुप र असफल ‘एन्टी-हिरो’ हुँ, जो एउटी नारीको तातो बैँसको अगाडि केवल एउटा मानसिक रोगी जस्तै कम्प्युटरको किबोर्ड ठटाइरहेछ! कहाँ ठटाइरहेछु, केहि त लेख्न सकेको होइन ! 

The significance of art and aesthetics (कला र सौन्दर्यशास्त्रको महत्त्व) सोच्छु, तर मलाई लाग्छ कला त अब मरिस्क्यो। कला अब केबल टिकटकको १५ सेकेन्डको भिडियो र फेसबुकको लाइक बटनमा कैद भइसक्यो। 

म यो कडा प्राज्ञिक घनचक्कर र सिद्धान्तहरूको भारीले थिचिएर पूरै रक्ताम्मे हुन्छु प्रिया। मेरो डायरीका पानाहरू अचानक आफैँ एउटा भयानक जासूसी उपन्यासको कङ्काल जस्तै ब्युँझन्छन् र कोठामा छरिएका पुराना मोजाहरू आफैँ हिँडेर मेरो ल्यापटपको किबोर्ड माथि नाच्न थाल्छन्! मेरो औडाह यति लेभलमा पुग्छ कि म चिच्याउन खोज्छु। म फेरि पेन समात्छु, तर मेरो हात फेरि चिसो हुन्छ। हि जस्ट क्यान्सिल इट टू! 

***

मेरो चिसो भइसकेको कफीको कपमा कुन्नि के अश्लील कुरा आएर भरिएको छ प्रिया! यो कति बेला साह्रो धेरै बरफ जस्तै चिसो भइदिन्छ, त कति बेला यो काठमाडौँको प्रदूषण र हिंस्रक जलवायुजन्य विपद जस्तै अचानक भित्रभित्रै उम्लेर तातो भइदिन्छ! म्याजिकल तरिकाले त्यो कफीको लेदोबाट साना-साना एसिड रेनका थोपाहरू कोठाको छततिर उडिरहेका छन्।

प्रिया (ए मेरो ओछ्यानमा कन्डिसनरको सुगन्ध छर्दै निदाइरहेकी मेरी कामुक प्रिया!), बाहिरको संसारमा भूमण्डलीकरणको एउटा नयाँ, क्रूर र उपभोगवादी हावा चलिरहेछ। यो कुरुप  भूमण्डलीकरणले गर्दा हाम्रा रैथाने विम्बहरू, हाम्रा पुराना देउराली, चौतारी र माटोका सुगन्धहरू पूरै ‘भ्यानिस’ हुँदै, हराउँदै गएका छन्। त्यसैले त आजको यो २०८३ को समसामयिक आख्यानमा ‘नोस्टाल्जिया’को भूमिका (The role of nostalgia in contemporary fiction) कति भयानक रूपमा बढेको छ! यो सहरका कंक्रिट र एङ्जाइटीका कोठामा थुनिएका मानिसहरू केवल आफ्नो हराएको विगत, आफ्नो भोकले सुकेको गाउँ र आफ्नो कुरुप बाल्यकालको त्यो रैथाने रोमान्स खोज्नका लागि मात्रै यो मोटो-मोटो आख्यान पढिरहेका छन्। उनीहरूलाई पनि डिजिटल स्क्रिनबाट भागेर कतै ओत लाग्नु छ यार.. ब्रो! 

तर म फेरि सोच्छु- के यो नोस्टाल्जिया केवल पाठक अल्झाउने बजारु फन्डा मात्रै हो? म The significance of literary prizes on author recognition (लेखकको पहिचानमा साहित्यिक पुरस्कारहरूको महत्त्व) सम्झन्छु र मेरो ओठ तीतो हाँसोले अलिकति बाङ्गिन्छ। कस्तो विडम्बना छ है! आजको कर्पोरेट बजारमा एउटा लेखक लेखक हुनका लागि उसको फिक्सनको मेरुदण्ड बलियो हुनु पर्दैन, बरु कुनै कर्पोरेट घरानाले दिने करोडौँको त्यो चमकधमकपूर्ण साहित्यिक पुरस्कारको गोटी बन्नुपर्छ। पुरस्कारको त्यो रातो कार्पेटमा नलतपतिईकन यहाँ कुनै लेखकको ‘रिकग्निसन’ नै हुँदैन। यो पुरस्कारको लोभले समकालीन लेखकहरूको ढाड यसरी भाँचेको छ कि उनीहरू केवल जूरी बस्ने बुढाहरूलाई मनपर्ने ‘फर्मुला फिक्सन’ लेखिरहेका छन्। 

म यतिखेर (कुन्नि कति बज्यो!)  साहित्यिक परम्परा र कथावाचनको महत्त्वको चिहानमा उभिएको छु प्रिया। कसरी The Anxiety of Influence (प्रभावको एङ्जाइटी) ले साहित्यिक परम्पराप्रतिको हाम्रो बुझाइलाई पूरै नयाँ आकार दियो, म त्यो मेरो यो च्यातिएको डायरीको पानामा देखिरहेछु। हामी जतिसुकै विद्रोही र मौलिक बन्न खोजे पनि पुराना क्लासिक प्रेतात्माहरूले हाम्रो कलमको अगाडि पहिल्यै एउटा अदृश्य पर्खाल खडा गरिदिइसकेका छन्। हामी त केवल उनीहरूले छोडेका जुठा विम्बहरू चपाइरहेका छौँ। ..म पनि अहिले त्यहि नै गरिरहेछु मेरी च्वाँक बेबी !

डियर, तिमी ब्युझिएँपछि भन्छु भनिरहेको एउटा कुरा-  ‘नयाँ इतिहासवाद’ले त अहिले  साहित्य र इतिहास बीचको सम्बन्धलाई हेर्ने हाम्रो दृष्टिकोण नै पूरै उल्ट्याइदिएको छ नि ! यसले भन्छ- इतिहास कुनै अकाट्य सत्य होइन, बरु सत्तामा हडप्ने जंगबहादुर वा  बालेन जस्ता शासकहरूले आफ्नो अनुकूलताका लागि लेखेको एउटा ‘फिक्सन’ मात्रै हो, र हामीले लेख्ने फिक्सन चाहिँ त्यो इतिहासको भित्री सत्य उघार्ने कडा हतियार हो। तर कस्तो विडम्बना! यहाँ त इतिहास र साहित्य दुवैलाई सिसाको बट्टामा हालेर एउटा कुरुप र अमिलो-पिरो अचार बनाइसकियो।  

म्याजिकल रियलिज्मको चरम डार्क भाइब्स हेर त प्रिया- म यो सोचिरहँदा मेरो कफीको कपबाट अचानक साना-साना मान्छेका हात-खुट्टाहरू निस्कन थाल्छन्। पुरस्कारका राता रिबनहरू सर्प बनेर मेरो ओछ्यानतिर घिस्रिँदै आउँछन् र तिम्रो यो बैँसले टिलपिलिएको तातो जाँघलाई बेर्न खोज्छन्। ल्यापटपको स्क्रिनबाट नयाँ इतिहासवादका पुराना दार्शनिकहरू चिहानबाट ब्युँझिए झैँ निस्केर मेरो कोठाका पुराना मोजाहरूसँग गफगाफ गरिरहेका छन्! मेरो औडाह र यो मानसिक घनचक्कर यति कडा लेभलमा पुग्छ कि म पेन समातेको आफ्नो हत्केलालाई हेर्छु, मेरो हात पूरै हिउँ जस्तै चिसो भइसकेको छ। हि जस्ट क्यान्सिल इट टू! म फेरि एउटा कुरुप कायर बन्छु। 

 ***

म यो भयानक मानसिक औडाह र चक्रव्यूहबाट निस्कन झ्यालको च्यातिएको पर्दा अलिकति पन्छाएर बाहिर टोलाउँछु, र मलाई सिधै  (पर्यावरण-आलोचनाको कडा प्राज्ञिक झल्को आउँछ। कुक्क कुक्क बाडुल्की चल्छ।  यो  अँध्यारो, यो सडेको सिनोको गन्ध, यो केबुलकारले कर्यापझ्याप पारेको चन्द्रागिरीको कुरुप डाँडो, अनि टौदहतिरको त्यो ओसिलो सिमसार; यी केवल भूगोल वा ढुङ्गा-माटो होइनन्  वेबस, यी त हाम्रा समसामयिक पर्यावरणीय साहित्यका जीवित, रक्ताम्मे र रोइरहेका पात्रहरू हुन्!

पुँजीवाद, दलाल इन्जिनियरहरू र सहरिया क्रान्तिकारीहरूको लोभले कसरी यो रैथाने प्रकृतिलाई कंक्रिटको चिहान बनाइदिएको छ, मैले त यसमाथि एउटा कडा ‘इको-क्रिटिकल’ उपन्यास पो लेख्नुपर्ने ! के भन्छौं तिमी ? लेखौं ? भन न मैचा..! लेख्दिऊ ? 

तर, पख ब्रो.मैले एउटा कुरा सम्झीहाले ! यो कुरुप उत्तर-आधुनिक समाजमा त्यो भुइँको ‘वर्किङ क्लास’ (The representation of the working class) को वास्तविक अवस्था कस्तो छ? आधुनिकतावादी साहित्य मा समयको प्रतिनिधित्व (The representation of time) किन यति अमूर्त र भयानक देखिन्छ यार ? म जस्ता श्रमजीवी वर्गका मानिसहरूका लागि समय सधैँ एउटै रफ्तारमा  कुदीहिंडेको होला ब्रो ? समाजको यो विभेदकारी वर्गीय संरचनाले पात्रहरूको आपसी सम्बन्ध र गतिशीलतालाई नियन्त्रण राखेको छ नि बेबी ? छैन त ? 

त्यो कफी शपमा बसेर कार्ल मार्क्स र एङ्गेल्सको ‘दास क्यापिटल’ को गफ हाँक्ने, तर कोठामा आउने बित्तिकै आफ्नी घरेलु बाल-श्रमिकलाई कडासँग गाली गर्ने काठमाडौँका ती खोक्रा ‘फेसबुकिया बौद्धिक’ र सुन्तला रङको चस्मा लगाउने कथित बुद्धिजीवीहरूलाई सम्झँदा मात्रै पनि झनक्क रिस उठ्छ यार ! उनीहरू मण्डला थिएटरको नाटक हेरेर निस्किएपछि वर्किङ क्लासको क्रान्तिमाथि दुई मिनेटको कडा भाषण दिन्छन्, रक्सीको चुस्कीसँगै ‘भू-राजनीति’ को अचार चपाउँछन्, तर आफ्नै घरको भान्सामा पस्ने त्यो तल्लो जातको मजदुरको हात देख्दा उनीहरूको ‘सभ्य’ नाक खुम्चिन्छ। कस्तो कुरुप र पाखण्डी विडम्बना! 

नेपाली साहित्यकै इतिहास हेर न केटि ! त्यो सुदूर गाउँको हली मुने र गोरेको भोक बेचेर काठमाडौँका महलहरूमा कति वटा साहित्यिक पुरस्कार र तालीहरू बजिसके? तर त्यो रोइरहेको वर्किङ क्लासको ‘टाइम’ र कुरुपता आज पनि त्यही च्यातिएको बोरा जस्तै गन्हाइरहेको छ। समकालीन नेपाली लेखनमा यो वर्गीय गतिशीलता  एनजीओको डलर फन्डिङ रिपोर्ट कहिलेसम्म बनिरहने हो ? मलाई त् लाग्छ ब्रो, नेपाली साहित्यकारहरू विपन्नताको ‘पोर्नोग्राफी’ बेचेर आफैँ दलाल पुँजीपति बनिरहेका छन्! 

***

तिमि घुरिरहेकी छौं मेरी प्रिया ! 

म मेरो मोबाइल स्क्रिन अन गर्छु। त्यहाँ सामाजिक सञ्जालमा कुरुप र सतही कविताको बाढी  आएको देखिन्छ। मानिसहरू टिकटक र इन्स्टाग्रामका रिल्समा दुई लाइनका रोमान्टिक ‘इन्स्टा-पोएट्री’ र सस्ता सेन्टिमेन्टल सायरीहरू भट्याएर हजारौँ लाइक र भ्युज बटुलिरहेका छन्। कस्तो कुरुप समय! जहाँ गहिरो साहित्य, प्राज्ञिक चेतना र गहन दर्शन पूरै हराउँदै गएको छ र प्रविधिको यो रजगजले हामीलाई एउटा डिस्टोपियन भविष्यतर्फ धकेलिरहेको छ। मानिस बिस्तारै मेसिन बन्दै गएको छ, र उसको भित्री संवेदना, उसको करुणा, उसको जैविक अस्तित्व र उसको आफ्नो यौन समेत यो कुरुप अल्गोरिदमले नियन्त्रण गरिरहेको छ। 

म यी सबै कुरा सोच्छु र मेरो दिमागमा एउटा यस्तो विराट, सार्वभौमिक र महा-उपन्यासको जन्म गराउँछु, जसमा मानव इतिहासको आदिदेखि अन्त्यसम्मका सारा सिद्धान्त, दर्शन, वर्ग-सङ्घर्ष, पर्यावरणीय सङ्कट र पहिचानको लडाइँ समाहित छ। तर, कसम ब्रो! मेरो यो ओभरथिङ्किङको चक्रव्यूह यत्तिमै रोकिँदैन, यसले त अब ब्रम्हाण्ड र समयको सीमा नै नाघिदिन्छ। 

म सोच्छु- म त अब यो निबन्ध हो कि, उपन्यास हो कि, कथा हो कि, कुन्नि के हो मा-  पुरातत्त्व र अन्तरिक्ष विज्ञान को एउटा यस्तो न्यूरो-फ्युजन गराउँछु नि! जस्तै, लुम्बिनीको पुरातात्त्विक उत्खनन गर्दा जमिनको सात तह मुनि एउटा प्राचीन माटोको भाँडो भेटिन्छ, जसमा इसापूर्व तेस्रो शताब्दीको बुद्धकालीन समयको बुद्धत्व होइन, बरु मंगल ग्रहमा भविष्यमा स्थापना हुने ‘एआई उपनिवेश’का कुरुप साइबर-विद्रोहका कोडहरू कोरिएका छन्! पुरातत्त्व र भविष्यको यो कस्तो अचम्मको अतियथार्थवादी टाइम-लुप हुन्थ्यो होला बेब्स ! हालसालैका क्वान्टम फिजिक्सका रिसर्चहरूले भने झैँ, समय सिधा रेखामा होइन, एउटा चक्रव्यूहमा बग्छ। म इतिहासको त्यो प्राचीन धुलो र भविष्यको डार्क स्पेस टुरिजमलाई एकापसमा मोलिदिन्छु, जहाँ अर्बपतिहरू पृथ्वीको जलिरहेको पर्यावरणलाई हेरेर रमाइलो गर्न स्पेस-क्राफ्टमा चढेर अन्तरिक्षमा ‘डार्क टुरिजम’ मनाइरहेका छन्। 

म यसमा The theme of cosmic isolation (ब्रम्हाण्डीय एक्लोपन) को दर्शन लेख्छु। अनि म यसलाई आजको यो कुरुप बहुराष्ट्रिय ‘सभ्य’ कर्पोरेट संसारमा हुने त्यो हिंसक यौन अत्याचार, त्यो अदृश्य ‘सिन्डिकेट’ र मानव तस्करीको नेक्सससँग कनेक्ट गराइदिन्छु;  जहाँ डायस्पोरामा गएका हाम्रा चेलीहरूको नाङ्गो शरीरलाई एउटा साइबर-ग्याङले कन्डिसनरको सुगन्ध आउने महँगा होटलहरूमा भर्चुअल रियालिटी (VR) मार्फत विश्वभरि लाइभ स्ट्रिमिङ गरेर डलर कमाइरहेछ। म अब यस्तै एउटा ‘हाइपर-डिजिटल’ यौन शोषणको कथा लेख्छु, जसको अगाडि पुराना मार्क्सवादी र नारीवादी सिद्धान्तहरू ठहरै परे नि परिरहून! बालै भएन क्यारे !

यो सोच्दासोच्दै मेरो कट्टुभित्र एउटा हिंसक, अराजक र प्रतिशोधी ऊर्जा ब्युँझन्छ। म ओछ्यानमा निदाइरहेकी तिमीतिर हेर्छु प्रिया, र मेरो मनमा एउटा क्रूर सनक जाग्छ। म तिमीलाई यो मेरो मानसिक नरकको हिस्सेदार बनाउन चाहन्छु, तिमीलाई कडा दुःख दिन चाहन्छु! म मेरो चिसो, मोबिल र मट्टितेल जस्तो गन्हाउने खस्रो हत्केलाले तिम्रो त्यो ‘सभ्य’ सहरिया स्याम्पुको सुगन्ध आउने मखमली कपाललाई जबरजस्ती झ्याप्प समातेर तान्छु। तिमी अर्ध-निद्रामा पीडाले ऐया भन्दै ब्युँझन्छौ, तिम्रा रसिला आँखा अचम्म र त्रासले ओसिला बन्छन्। 

म तिम्रो त्यो बैँसले टिलपिलिएको, तातो र नाङ्गो जाँघमा मेरो डटपेनको तिखो रातो टुप्पोले जबरजस्ती एउटा कुरुप केरमेटको बुट्टा कोर्न थाल्छु, मानौँ म लुम्बिनीको कुनै पुरातात्त्विक साइटमा एउटा क्रूर उत्खनन गरिरहेछु! म तिम्रो ओठको त्यो म्याक लिपस्टिकलाई मेरो थुकले लतपतिएको औँलाले मेटिदिँदै तिम्रो कानको लोतीमा कडासँग चिथोरेर भन्छु- “उठ प्रिया, उठ! यो अल्गोरिदमको जमानामा तिमी यसरी सुखको निद्रा सुत्न पाउँदैनौ! बाहिर मान्छे मेसिन बन्दै छ, अन्तरिक्षमा लासहरू तैरिरहेका छन्, र म यहाँ एउटा अक्षर लेख्न नसकेर आत्महत्याको सँघारमा छु। तिमीले मसँग यो डिजिटल नरकको सास्ती भोग्नैपर्छ!”  

तिमी रुन थाल्छौ प्रिया, तिम्रो छाती त्रास र आक्रोशले ढुकढुक गर्न थाल्छ। तिम्रो यो रोदन, तिम्रो यो पीडा र मेरो यो हिंसक कामुकताको बीचमा म्याजिकल रियलिज्मको अर्को एउटा कडा ब्लास्ट हुन्छ- तिम्रा आँसुका थोपाहरू भुइँमा खस्ने बित्तिकै पुराना धातुका सिक्काहरू जस्तै टङ्ङ-टङ्ङ बज्न थाल्छन्! मेरो ल्यापटपको स्क्रिनबाट मंगल ग्रहको रातो धुलो उडेर यो चिसो कोठाभरि भरिन्छ। 

तर, ओ माइ गड ब्रो! मेरो त्यो ओभरथिङ्किङ र एङ्जाइटीको ट्रोल-भूत फेरि मेरो कानमा आएर एकदमै कडा र अश्लील व्यङ्ग्य कस्दै हाँस्छ- “ह्वाट अ जोक गोल्साक ब्रो! यो स्पेस, स्पेस टुरिजम, पुरातत्त्व र साइबर-यौन शोषणको कुरुप खिचडी त त्यो हलिउडको डिस्टोपियन मुभी डाइरेक्टर र त्यो नेटफ्लिक्सको साइन्स-फिक्सन लेखकले पहिल्यै बजारमा बिकाएर अर्बौँ कमाइसके! . , क्रिन्ज हुन्छ, छोड्देऊ!”

म फेरि डराउँछु प्रिया। मेरो त्यो हिंसक ऊर्जा, मेरो त्यो जङ्गली उत्तेजना अचानक चिसो पानी खसेजस्तै स्खलित भएर जान्छ। म तिम्रो कपाल छोडिदिन्छु र ओछ्यानको कुनामा गुटमुटिएर आफ्नो कायरतामा रुन थाल्छु। म यो आइडियालाई पनि दिमागको रद्दीटोकरीमा फ्याँकिदिन्छु। हि जस्ट ड्रप्स इट टू!  

मलाई आफ्नै कुरुपता र यो नपुंसक पुस्ताको इतिहासमाथि चरम वाक्क लाग्छ। तर यो अँध्यारो कोठाको ‘असह्य साइलेन्स’ र तिम्रो यो सुकसुकाहटको बीचमा, बिहानको ठीक ५ बज्ने तयारी हुँदै छ। 

***

र, अन्ततः… बिहानको ठीक ५ बज्छ।

झ्यालका बुट्टाहरूबाट काठमाडौँको धमिलो कुहिरो चिर्दै सूर्यको पहिलो सुनौलो किरण कोठामा ओर्लिन्छ। ठ्याक्कै त्यही बेला, तिमी निद्राबाट बिस्तारै ब्युँझिन्छौ प्रिया। तिम्रो त्यो मिठो घुराइ र गहिरो अलसमनी अचानक एउटा असीम करुणा र प्रेमको उज्यालोमा बदलिन्छ। तिमीले आँखा खोल्छौ- ती आँखा, जसमा कुनै अल्गोरिदमको कृत्रिमता छैन, केवल एउटा आदिम आत्मीयता छ। तिमीले मेरा यी चिलाउने, काँप्ने र रातभरिको ओभरथिङ्किङले हिउँ जस्तै चिसो भइसकेका हत्केलाहरूलाई आफ्नो तातो, कलिलो हत्केला भित्र च्याप्प समात्छौ। मेरो यो वैचारिक बिरामी र मानसिक चक्रव्यूहलाई तिमीले संसारको कुनै प्राज्ञिक सिद्धान्त वा आलोचनाले होइन, आफ्नो निश्छल र न्यानो सासबटै एकै क्षणमा निको पारिदिन्छौ। तिमी बिस्तारै मतिर सर्छौ, तिम्रो सासमा कन्डिसनर र बैँसको एउटा रैथाने सुगन्ध मिसिएको छ। तिमी मेरो गालालाई सुमसुम्याउँदै भन्छौ, ‘बेबी गुड मर्निङ।’

त्यसपछि सुरु हुन्छ एउटा सुन्दर घटना !

हाम्रो बीचमा कुनै ‘बडी पोलिटिक्स’ हुँदैन, कुनै ‘पोर्नहब’ को विकृत लत हुँदैन, न त फ्रायडको इगो र लाकाँको ‘द रियल’ को कुरुप लडाइँ नै बाँकी रहन्छ। डिजिटल स्क्रिनभरि तैरिने ती करोडौँ नाङ्गो शरीरका भर्चुअल भ्रमहरू बालुवाको महल झैँ एकै क्षणमा ढल्छन्। तिमीले मलाई आफ्नो पाखुराको अङ्गालोमा बाँध्दा, मेरो यो अलमलिएको लैङ्गिक पहिचानको सङ्कट र अचेतन मनको दमन अचानक एउटा पवित्र शान्तिमा विलीन हुन्छ। तिम्रो यो बैँसले टिलपिलिएको, तातो र जग्मगाउँदो नाङ्गो शरीर मेरो छातीसँग ठोक्किँदा मलाई महसुस हुन्छ- वास्तविक ओछ्यानको राप, यो रगत-मासुको जीवन्त संसार र यो दुईवटा हृदयको ढुकढुकी नै ब्रम्हाण्डको सबैभन्दा ठुलो, अकाट्य र एक मात्र ‘द रियल’ (The Real) हो! 

हामी एउटा आदिम र पवित्र लयमा एकापसमा मिसिन्छौँ। मी हल्लिँदा कोठाका भित्ताहरू पग्लिएर वाग्मतीको किनारका बुट्टाहरू जस्तै लावण्यमय बन्छन्, र हावामा तैरिएका चिसो कफीका मसिना कणहरू रैथाने चामलका अक्षता झैँ हाम्रो शरीरमा वर्षिन थाल्छन्। तिम्रो ओठको त्यो म्याक लिपस्टिक मेरो ओठको तिर्खासँग पग्लिँदै र लतपतिँदै जाँदा, संसारका सारा कर्पोरेट पुरस्कार, टिकटकका सस्ता इन्स्टा-पोएट्री र मार्क्सवादका भारी पुस्तकहरू कोठाको कुनामा थुप्रिएको फोहोर जस्तै अर्थहीन बन्छन्। ती सबै सिद्धान्तहरू हाम्रा शरीरबाट निस्केको पसिनाको सुगन्धमा बगेर जान्छन्। 

र, अब जे हुँदैछ, यो ओछ्यानमा जे भइरहेछ प्रिया… यो मेरो बिरामी आत्मालाई ब्युँझाउने एउटा परम सुन्दर कला र कामुक सौन्दर्यशास्त्र भइरहेछ। तिम्रो प्रत्येक तातो सासमा, तिम्रो यो कसिँदै गएको जाँघको मधुर कम्पनमा र मेरो ढाडमा गाडिएका तिम्रा ती तिखा नङका विद्रोही डोबहरूमा मैले साहित्यको एउटा नयाँ इमानदारिता (New Sincerity) को स्वर्गीय स्वाद पाउँदै छु। हाम्रा शरीरहरू यसरी एकाकार हुन्छन्, मानौँ दुईवटा बगिरहेका नदीहरू एउटा  गल्छीमा भेटिएर एउटै विशाल सागरतर्फ दौडिरहेका छन्। यो चरम यौनिक आनन्दको आवेगमा न त कुनै कायरता बाँकी रहन्छ, न त कुनै मानसिक सास्ती। 

हामी जब उत्कर्षको त्यो ब्रम्हाण्डीय एक्लोपन (Cosmic Isolation) लाई तोड्दै एउटै विन्दुमा समाहित हुन्छौँ, तब मभित्रको त्यो कायरताको भूत सधैँका लागि ठहरै परेर मर्छ। सम्पूर्ण भ्रमहरू टुट्छन्। यो काठमाडौँको धूलो, धुवाँ र वाग्मतीको श्रापको बीचमा पनि हाम्रो यो ओछ्यान एउटा ब्रह्माण्डीय स्वर्ग जस्तै पवित्र र सुन्दर बन्छ। 

बिहानको उज्यालो अब पूरै कोठाभरि सुनौलो चिया जस्तै फैलिसकेको छ। ल्यापटपको त्यो ‘ब्ल्याङ्क वर्ड डकुमेन्ट’ अझै सफै छ, निलो प्रकाश फिक्का भइसकेको छ। तर मलाई अब कुनै अफसोस छैन। किनभने मैले इतिहासकै सबैभन्दा बोल्ड, विद्रोही र साहसिक महा-उपन्यास पानाको सेतो मरुभूमिमा होइन प्रिया, तिम्रो यो नाङ्गो छाती र मेरो यो जीवित ब्युँझिएको अस्तित्वको बीचमा पहिल्यै कोरिसकेको छु! 

यसैबीच, आफ्नो लट्टा परेको कपाललाई हल्लाउँदै, बडो कामुक र प्रेमिल भएर तिमी सोध्छौ—:“तिमी आज रातभर सुतेनौ हो  बेबी?..के लेखेर बसेको ?….. भन न, के लेख्यौ? भन न भनेको…!”

‘मैले त केही पनि लेखिनँ प्रिया, केही पनि लेखिनँ। म त केवल मेरो आफ्नै दमित यौन मनोविज्ञान, सामाजिक सङ्कट, र संसारका हजारौँ साहित्यिक सिद्धान्तहरूको चेपुवामा परेर मरेको एउटा मृत लेखक मात्र भएँ। कस्तो औडाह! कस्तो भयानक औडाह!’ 

तर, मैले यी सब केही पनि भनिनँ!  

बस्, मैले तिम्रो त्यो मातलाग्दो ओठ र गालामा च्वाप्प म्वाई खाएँ र खाइरहें !  

Leave a Reply