०२, फेव्रुअरी, सन् १८५४ः मोतीहारी, बिहार, भारतमा जन्मिएकी अन्जना बर्माका ‘कोइ रुकता नहीं’, ‘चांद नही रोटी’, ‘तुम भी किसी दिन’ लगायतका कवितासंग्रहहरू प्रकाशित छन् ।
प्रस्तुत छ, द मार्जिनको शुक्रबारीय अंकका लागि उनका तीन कविता
१. तर यो अपराध होइन !
ऊ दिइरहन्छ,
फाइभ स्टार होटलहरूमा लन्च-डिनर,
तर घरको थाल
भान्छामा रित्तो रहीरहन्छ
दिनमा उसको नाम लेखिएको छ,
रात पनि उसको मुठ्ठीमा नै अस्ताउँछ
पत्नी आकुल-व्याकुल छे
घरमा सँगै खाना खानको लागि,
बच्चा खोजिरहेका छन्
आफ्नो पिताको काखमा बसेर खेल्न ,
आमा आकुल-व्याकुल बनिरहेकी छन्
आफ्नो छोरोसँग दुई-चार बात गर्न
आफ्नो घरलाई घर बनाउनको लागि
आफ्नै घरबाट निक्लिन पर्दछ- स्वेच्छाले उसलाई
ऊ कागजको टुक्रा हामीलाई थमाएर
हामीबाट खोसीरहेको छ हाम्रो समय
पैसाको थुप्रोमाथि बसेर पनि
फुर्सदको मामलामा
कंगाल भइसकेका छौं हामी
हामीबाट हाम्रो समय खोसेर
उसले हामीलाई हाम्रो जिन्दगीबाट
बेदखल गर्ने कोसिस गरिरहेको छ
तर यो कुरा आजको दण्ड-संहितामा
अपराध होइन !
२. तिम्रो चन्द्रमा, मेरो चन्द्रमा
तिम्रो झ्यालबाट आकाश देखिन्छ
र, आकाशमा चन्द्रमा देखिन्छ,
जो तिम्लाई निकै प्यारो लाग्ने गर्दछ,
जसलाई देख्दा तिम्लाई
आफ्नो प्रेमीकाको याद आउने गर्दछ
एक चन्द्रमा
मेरो खुल्ला आकाशमा पनि देखिने गर्दछ
तर उसलाई देख्दा
भोकमरीको यस याममा
मेरो मुखबाट
एक मात्र शब्द निक्लन्छ- ‘रोटी’
हो, मलाई रोटी याद आउने गर्दछ !
चन्द्रमालाई नै चन्द्रमा भन्नको लागि
जरुरि हुन्छ- पेटमा रोटी टुक्रा हुनु !
३. परिदृश्य
गाडी जब जाममा रोकिनेछ,
या रातो बत्तीमा
त्यतिबेला
कुनै भुसतिघ्रे केटो सिसा सफा गर्न आइपुग्छ
र, पारदर्शी गाडीको झ्याल बाहिर
खडा रहनेछ दुई क्षण,
पैसा नमिलेपछि गीडगीडाउनेछ,
चिच्याउनेछ,
सानो स्वरमा
जस्तो कि मन्त्र पढीरहेको छ,
र, पनि यदि हामी अन्धो-बहिरो बनि बसिरह्यौं भने
ऊ निक्लिन्छ- चुपचाप
जान्छ फेरी कुनै अर्को गाडीको नजिक
त्यहाँ पुगेर पनि ऊ यहिँ काम दोह्राउनेछ !
एक कमजोर आइमाई आउनेछे,
कम्मरमा दूध चुसिरहेको नाङ्गो बच्चा बोकेर,
आफ्नो मुखमा आफ्नो पाँच औंला जोड्नेछे,
बोल्न जान्दिन मानौं,
बच्चा बोकेर हात सामुन्ने ल्याइरहन्छे
हात पसारीरहन्छे !
बजारमा जाँदै गर्दा,
कुनै बच्चा मिल्नेछन्,
काला, महिला फाटेका र च्यातिएका
भनिरहेका हुनेछन, ‘बाबु, खानाको लागि पैसा देउ !’
अगाडी बढ्दै गर्दा,
फोहोरको डङ्गुर मिल्नेछ,
जहाँ दुई थरि जीव देखिनेछन्,
फोहोर सुघीरहेका कुकुर
र फोहोर चलाईरहेका कलिला बच्चा-बच्चीहरू,
गाडीहरू दौडीरहेनछन्, आ-आफ्नो बाटो
मानिसहरू दौडीरहनेछन्, आ-आफ्नो घर !
बोनस कविताः
४. गुफा आफ्नो लागि
आफ्नो धरातल पहिचान गरिहाल्छे महिला
एक कदम पछाडी रहनेछ ऊ,
अगाडी जाने मौका
पुरुषहरूलाई दिइहाल्छे !
स्वीकार गर्छे हासेरै
आफ्नो लागि जमिन मुनिको गुफा
र, पुरुषहरूको लागि आकाश !
५. फोहोरको डङ्गुरमा
फोहोरको डङ्गुर हुँदै हिँडिरहँदा
हतार नगर्नु, छिटो-छिटो नहिड्नु,
गन्ध भरिएको नाकले घृणा नगर्नु,
डङ्गुरमा फ्याकिएको फोहोरहरूमा
कहिले(कहिले जीन्दगी पनि हुन्छ
जसलाई फ्याकीएको हुन्छ,
मृत्युकहाँ पुग्ने अन्तिम पाइला नजिकै
र, यो निश्चित छ कि
त्यो जिन्दगी एक छोर कै हुने गर्छ
नियालेर हेर्नु कपडाले बाधिएको पोकोलाई,
पोको कहिँ रोइरहेकी नहोस्,
हिँड्ने-डुल्ने गरिरहेकी नहोस्,
पक्का गर्नको लागि
केहि बेर रोकीनु, अझ केहि बेर..!
छोरी बढारिन सक्छे
फोहोरको डङ्गुरबाट
त्यसभन्दा पहिले नै एक नजर त्यहाँ पार्न जरुरि छ १
(अनुः राजु झल्लु प्रसाद)