निकानोर पार्राको कविताः प्रश्नपत्र

You are currently viewing निकानोर पार्राको कविताः प्रश्नपत्र

इस्वीको १९१४ सेप्टेम्बर १५ तारिखमा दक्षिण चिलीको  सान फाबियान दे आलीको’मा स्कुल पढाउने शिक्षक तथा संगीतकार निकानोर सेगुन्दो पार्रा सानदोवाल र दर्जीको काम गर्ने रोसा क्लारिसा सानदोवाल नावार्रेतेको घरमा नवौं सन्तानकोरूपमा निकानोर पार्राको जन्म भएको थियो। संस्कृतिमाथि विशेष जोड दिने यस दम्पतीको बच्चा चिलीका प्रख्यात कलाकार बनेका छन्, जसमा लोकगायिका वीयोलेता पार्रको नाम उल्लेखनीय छ, जसले इस्विको १९६७मा आत्महत्या गरेकी थिइन्।

पार्रा आफ्ना कविताहरूमा बिडम्बनात्मक तथा कमिक प्रभाव पैदा गर्न सिधा, बोलचालको भाषाका लागि प्रसिद्ध छन्।

एक निपुण गणितज्ञ तथा भौतिकशास्त्री पार्रालाई इस्वीको १९५४ मा उनको किताब ‘पोएम्स एण्ड एन्टीपोयम्स’ प्रकाशित भएपश्चात ख्याती मिलेको थियो। पार्रा र पाब्लो नेरुदाबीच घनिष्ठता थियो ।

टाइम्सका लागि इस्वीको १९६८ मा दिएका एक अन्तर्वार्तामा पार्राले भनेका थिए, “ म रोटी कमाउनको लागि फिजिक्स पढाउछु, आफूलाई जिउँदो राखीराख्न कविता लेख्छु ।” प्रस्तुत छ राजु झल्लु प्रसादद्वारा अनूदित उनकाे कविता प्रश्नपत्रः

अकवि को हो ?

ऊ, जो कफन, अस्तु-कलशको दलाली गर्ने गर्छ ?
एक जनरल, जो आफ्नैबारे निश्चिन्त छैन ?
एक पादरी, जसलाई कुनै कुराप्रति पनि रत्तिभर आस्था राख्दैन ?

एक फकीर, जसको लागि हरथोक अजीव छ, वृद्धावस्था र मृत्यु पनि ?

एक व्यक्ति, जसलाई तपाई एक थोपो विश्वास गर्नु हुँदैन ?
ठाडो ठडिएको चट्टानमाथि उभिएकी एक नर्तकी ?

एक आत्ममुग्ध, जो सबैलाई प्रेम गर्छ ?
एक जोकर, जो पतरपतर गरिरहन्छ ?

एक कवि, जो कुर्सीमा सुतिरहने गर्दछ ?
आधुनिक समयको एक कीमियागर (सोनार) ?

एक आराम खोजिरहने क्रान्तिकारी ?

एक पूँजीवादी (पेटीट बुर्जुआ) ?
एक जालसाज ?
एक ईश्वर ?
एक इमान्दार ?
सैण्टियागो, चिलीको एक किसान ?
सही उत्तरलाई रेखांकित गर्नुहोस् ।
अकविता के हो ?
चियाको प्यालामा एक तूफान ?
चट्टानमाथि बरफको एक धब्बा ?
मानव मलले भरिएको एक तावा
स्तो कि फादर साल्वेतियेरा (क्याथोलिक मिसनरी) मान्दथ्यो ?
एक ऐना, जो झुट बोल्ने गर्दैन ?
एक (संगठनको अध्यक्षको गालामा वर्षीएको एक थप्पड ?
ईश्वर उसको आत्मालाई रक्षा गरुन्)
युवा कविहरूको एक चेतावनी ?
जेटले बोकेको एक कफन ?
एक कफन जो बायुमण्डलीय परिधीदेखि बाहिर परिक्रमा गर्दछ ?
एक कफन, जो मट्टीतेलबाट जल्ने गर्छ ?
एक शवदाह (गृह, जहाँ कुनै शव छैन ?
सही उत्तरको अगाडी क्रस (X) चिन्ह लगाउनुहोस्।

Leave a Reply