चुप!

You are currently viewing चुप!

बोक्सी भनेर मलमुत्र खुवाइयो
बालविवाह गराइयो
दाइजोको निउँमा बुहारी जलाइयो 
इच्छा विपरीत गर्भपतन गराइयो
सामाजिक संकीर्णताको कारण लैंगिक समनाताका नारा चुप लागे!

यौन हिंसा भयो, घरेलु हिंसा भयो
शैक्षिक विभेद भयो, श्रम विभेद भयो
पत्रिकाहरू बोलिरहे, बोल्न खोजिरहे
सामाजिक मुखौटाको कारण परिवार चुप लाग्यो!

छाउपडी प्रथा, देउकी प्रथा, देवी प्रथा…
धर्म दर्शनका कारण नारी स्वतन्त्रताको पर्चा चुपचाप रहे!

प्रजनन अधिकार हनन भयो, शारीरिक यातना दिइएछ
दास बनाइएछ, बलात्कार नै गरिएछ, हत्या नै पो गरिएछ!
अधिकारकर्मीहरूले अन्तरक्रिया गरे, गोष्ठी गरे…
चुपचाप फर्किए!

हलो जोत्नुहुन्न, हवस्।
फर्सी काट्नुहुन्न, हवस्।
मलामी जानुहुन्न, हवस्।
नछुने बार्नुपर्छ, हवस्।
पोथी बास्नुहुन्न, हवस् !
..हवस 
..हव
..ह
..

ओह! म अझै पनि बोलिरहेछु 
म पुरुष आज पनि बोलिरहेछु।

(प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९, ११:५९:५१, सेतोपाटी)

https://www.setopati.com/literature/272176

Leave a Reply